Friday, October 10, 2025
Homeफिचर४० प्रतिशत कर्जा कृषिमा

४० प्रतिशत कर्जा कृषिमा

- Advertisement -spot_img

तुलसीपुर, १२ साउन ।
कृषि विकास बैंक लिमिटेड तुलसीपुरले आफ्नो ४० प्रतिशत लगानी कृषिमा गरेको छ । शाखा कार्यालयले आर्थिक बर्ष २०७४÷०७५ मा ४० प्रतिशत लगानी कृषिमा भएको जनाएको छ । कार्यालयले लक्ष्यभन्दा उल्लेख्य रुपमा प्रगति गरेको शाखा प्रबन्धक नेत्र थापाले जानकारी दिए ।
उनले आर्थिक बर्ष २०७४÷०७५ मा ८ करोड ५५ लाख कार्यालयले नाफा कमाएको बताए । तुलसीपुर क्षेत्रमा सबैभन्दा बढी नाफा कमाउने बैंकको रुपमा रहेको उनले दाबी गरे । प्रदेश नम्बर ५ मै कृषि विकास बैंकअन्तर्गत सबैभन्दा बढी लगानी रहेको कार्यालय तुलसीपुर नै मानिन्छ, शाखा प्रबन्धक बुड थापाले भने आर्थिक बर्ष २०७३÷०७४ मा भन्दा आर्थिक बर्ष २०७४÷०७५ मा १ सय १९ प्रतिशत बढी प्रगति प्राप्त गरेको छ ।
आर्थिक बर्ष २०७४÷०७५ मा ७९ करोड ६० लाखको लक्ष्य रहेकोमा ९४ करोड ५५ लाख प्रगति हासिल गरेको छ । गत आर्थिक बर्ष २०७३÷०७४ मा ८० करोड ४९ लाख प्रगति भएको थियो । कृषि बिकास बैंक तुलसीपुर शाखाले गत बर्षमा कृषि क्षेत्रको लागि माग उच्च रहेकोमा बितेको आर्थिक बर्ष २०७४÷०७५ मा कूल लगानी रकममा ४० प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेको छ । बुड थापाका अनुसार बैंकमा हाल अहिले कर्जाग्राही १४ सयजना रहेका छन् । ब्याज असुलीतर्फ पनि आर्थिक बर्ष २०७३÷०७४ को तुलनामा आर्थिक बर्ष २०७४÷०७५ मा १ सय १९ प्रतिशतले बृद्धि भएको छ ।

कार्यालयले कृषक तथा व्यापारीहरुको सहुलियतका लागि कृषि, व्यापार तथा घरायसी कारोबार गर्नका लागि धितो राखेर डेढ लाखदेखि करोडौंसम्मको रकम दिँदै आएको शाखा प्रबन्धक बुड थापाले बताए । यस्तै साना–साना परियोजनादेखि अन्य पशुपालन, माछापालनलगायतका कृषकहरुलाई सेवा पु¥याउँदै आएको छ ।


उक्त बैंकको ९ करोड ८२ लाख लक्ष्य रहेकोमा बितेको आर्थिक बर्ष २०७४÷०७५ मा ११ करोड ११ लाख संकलन भएको छ भने गत आर्थिक बर्ष २०७३÷०७४ मा ८ करोड ३२ लाख संकलन भएको थापाले बताए । शाखा प्रबन्धक थापाका अनुसार कार्यालयमा लगानीतर्फ गत आर्थिक बर्ष २०७३÷०७४ को तुलनामा आर्थिक बर्ष २०७४÷०७५ मा ८ प्रतिशतले बृद्धि भएको छ भने निक्षेप रकमतर्फ ८ प्रतिशतले घटेको छ । कृषि विकास बैंक लिमिटेड शाखा कार्यालय तुलसीपुरमा हाल ५ करोड लगानी रहेको  छ । निक्षेप रकम २५ करोड ५० लाख रहेको छ ।
यस्तै २०७३÷०७४ मा भने निक्षेप रकम २७ करोड ५१ लाख थियो । यसैगरी बैंकको खुद नाफातर्फ गत आर्थिक बर्ष २०७३÷०७४ को तुलनामा बितेको आर्थिक बर्ष २०७४÷०७५ मा १०० प्रतिशतले नै बृद्धि भएको कार्यालयका शाखा प्रबन्धकले बताएका छन् । बितेको आर्थिक बर्ष २०७४÷०७५ मा ८ करोड ५५ लाख रहेको छ भने गत बर्ष २०७३ ०७४ मा ४ करोड २७ लाख मात्र रहेको थियो । आर्थिक बर्ष २०७३÷०७४ मा भने निस्कृय कर्जामा ० दशमलव ५ प्रतिशत रहेकोमा बितेको आर्थिक बर्षमा घटेर ० दशमलव ४ प्रतिशत रहेको छ । आर्थिक बर्ष २०७४÷०७५ मा ० दशमलव ८ प्रतिशत रहेको छ ।
बैंकले अत्याधुनिक सम्पूर्ण बैंकिङ सेवाहरु (अनलाइन बैंकिङ, एटिएम, एबिबि एस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एएसबिए) उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ । यसैगरी निक्षेपमा पनि ३ महिने मुद्दतीमा ८ प्रतिशत ब्याज, ६ महिने मुद्दतीमा ९ दशमलव ५ प्रतिशत ब्याज र समयावधि अनुसार बार्षिक रुपमा ११ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आएको छ ।
कार्यालयले कृषक तथा व्यापारीहरुको सहुलियतका लागि कृषि, व्यापार तथा घरायसी कारोबार गर्नका लागि धितो राखेर डेढ लाखदेखि करोडौंसम्मको रकम दिँदै आएको शाखा प्रबन्धक बुड थापाले बताए । यस्तै साना–साना परियोजनादेखि अन्य पशुपालन, माछापालनलगायतका कृषकहरुलाई सेवा पु¥याउँदै आएको छ । उनले बिशेषगरी कृषि विकास बैंक भएकाले कृषि क्षेत्रमा लगानी गर्ने र गरिराखेको पनि बताए ।
बुड थापाका अनुसार बैंकमा हाल अहिले बैंकमा निक्षेप रकम संकलनमा चुनौती रहेको छ । सेवाग्राहीहरुलाई कर्जातर्फ मात्रै लगानी गर्छ भन्ने सोचाईका कारण निक्षेप रकममा कमी भएको हो, उनले भने । कार्यालयको आगामी योजना निक्षेप संकलनमा कमी भएकाले यसको प्रचारप्रसार गरी निक्षेप रकम बढाउने कार्यालयका शाखा प्रबन्धक थापाले बताए  ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here