घोराही,
नेपाल संस्कृत विश्वविद्यालयको परिसरमा रहेको त्रिलोक्यश्वर महादेव मन्दिरमा धर्मसभा सम्पन्न भएको छ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयको सभाहलमा आयोजना भएको कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राध्यापक कुलप्रसाद कोईरालाको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, डिनको कार्यालय, सेवा आयोगको कार्यालय, विश्वविद्यालय विद्यापीठ तथा केन्द्रीय आयुर्वेद विद्यापीठका पदाधिकारीहरु एवं शिक्षक कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा धर्मसभामा कोषाध्यक्ष सन्तोष लम्सालले अर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै दोस्रो बैठकले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसमा अध्यक्ष डाक्टर हिमलाल पन्थी, उपाध्यक्ष डाक्टर रघुनाथ नेपाल सचिव विनय पोख्रेल कोषाध्यक्ष हरिबहादुर डिसी, सदस्यहरुमा भिमप्रसाद न्यौपाने, लालबहादुर डाँगी, टिका गौतम, केशव कुमार दाहाल, टोपबहादुर जनैदार, सीता गौतम, मन सुवेदी, डम्बर बहादुर बुढाथोकी, मंगललाल झाँ, गीता घिमिरे, धनबहादुर खड्का चयन भएका छन भने कार्यक्रमको सहजीकरण कोषाध्यक्ष सन्तोष लम्सालले गरेका थिए ।
Stay Connected
Must Read