Friday, October 10, 2025
Homeखेलकुदकेसीलाई नगरपालिकाको सम्मान

केसीलाई नगरपालिकाको सम्मान

- Advertisement -spot_img

रोल्पा,
रोल्पाबाट प्रतिनिधित्व गर्दै टेबुल टेनिसको माध्यमबाट राष्ट्रिय च्याम्पियनसिप हुन सफल रोल्पा निवासी लोक केसीलाई सम्मान गरिएको छ । रोल्पा नगरपालिकाले खेलाडी केसीलाई सम्मान गरेको हो । नगर प्रमुख पूर्ण केसीले स्थानीय सरकारका तर्फबाट खेल क्षेत्रलाई समृद्धितर्फ जोड्ने खेलाडीलाई प्रोत्साहन दिनका लागि सम्मान गरेको बताए ।
खेलाडि लोक केसीले टेबल टेनिसको माध्यमबाट रोल्पाको नाम उच्च राख्न प्रयास गरेको भन्दै उनलाई धन्यवादसहित खादा ओढाएर सम्मान गरेका हुन् । केसीलाई प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले सम्मान पत्र दिएर फुलमालाद्वारा सम्मान गरेका हुन् । नगर प्रमुख पूर्ण केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कार्यक्रम अधिकृत नवराज रोका क्षेत्रीले गरेका थिए । कार्यक्रममा विभिन्न खेल संगठनका प्रमुख एवं प्रतिनिधि, रेफ्री, पत्रकारहरुको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here