Saturday, October 11, 2025
Homebreaking-newsट्राफिक नियममा कडाइ, सातसय सवारी चालकलाई कारबाहीमा

ट्राफिक नियममा कडाइ, सातसय सवारी चालकलाई कारबाहीमा

- Advertisement -spot_img


सरीता चौधरी
दाङ, १३ कार्तिक ।
दाङमा दशैँको अवधिमा सात सय बढी सवारी चालकलाई कारबाही गरिएको छ । असोजको २८ गतेदेखि दशैँको कोजाग्रत पूर्णिमासम्ममा ७ सय ६२ वटा सवारी चालक कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरण प्रकाश मल्लले जानकारी दिए ।

‘चाडपर्वको समयमा सवारी जाँचलाई तिब्र पारिएको छ’ उनले भने– ‘दशैँको अवधिमा मात्रै ७ सय ६२ सवारी चालकलाई कारबाही गरिएको छ ।’ प्रमुख मल्लका अनुसार ७ सय ६२ वटा सवारी साधन कारबाहीबाट ५ लाख ७० हजार ५ सय रूपैयाँ राजस्व संकलन भएको छ । दशैँको अवधिमा जिल्लामा सरदर दैनिक रूपमा ६० वटा सवारी साधन कारबाहीमा परेका छन् ।

कारबाहीमा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ । दशैँमा मात्रै ३ सय २७ वटा मोटरसाइकल कारबाहीमा परेको छ । जसबाट २ लाख ५० हजार रूपैयाँ राजस्व संकलन भएको छ । हेलमेट नलगाउने, लाइसेन्स नबोेक्ने, दुईजना भन्दा धेरै बोकेर मोटसाइकल चलाउनेलाई कारबाही गरिएको प्रमुख मल्लले जानकारी दिए ।

‘मोटरसाइकल चालक सबैभन्दा बढी कारबाहीमा पर्ने गरेका छन्’ उनले भने– ‘हेलमेट नलगाउने, लाइसेन्स नबोक्ने लगायतका समस्या देखिने गरेका छन् ।’ मोटरसाइकल पछि कारबाहीमा पर्नेमा दोस्रोमा अटोरिक्सा चालकलाई कारबाही गरिएको छ । ट्राफिक नियम विपरीत अटोरिक्सा चलाउने १ सय २४ जना चालकलाई कारबाही गरिएको छ । जसबाट ८५ हजार रूपैयाँ राजस्व संकलन भएको छ ।

नियम विपरीत जीप÷कार चलाउने १ सय ८ जना चालकलाई कारबाही गर्दा ८९ हजार ५ सय रूपैयाँ राजस्व संकलन भएको छ । यस्तै ८७ वटा ट्रक कारबाहीबाट ६२ हजार ५ सय, ७९ वटा बस कारबाहीबाट ५७ हजार ५ सय र ३७ वटा ट्याक्टर कारबाहीमा पर्दा २६ हजार रूपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।

चाडपर्वको समयमा ट्राफिक नियम विपरीत सवारी चलाउनेलाई ट्राफिक प्रहरीले ठाउँका ठाउँ कारबाही गरेको छ । तीव्र गतिमा सवारी चलाउने, सवारी चलाउँदा मादकपदार्थ सेवन गरेको, क्षमताभन्दा धेरै यात्रु बोक्ने, लाइसेन्स नबोक्ने, हेल्मेट नलगाएको, लेनको पालना नगर्ने, जथाभाबी हर्न बजाउनेलाई ट्राफिक प्रहरीले ठाउँका ठाउँका ठाउँ कारबाही गरेको हो ।
चाडपर्वको समयमा हुने सवारी दुर्घटना न्यूनीकरणको लागि सवारी जाँचलाई तिब्रता दिइएको प्रमुख मल्लले बताए । सवारी जाँचका लागि ६९ जना ट्राफिक प्रहरी परिचालन भएको प्रमुख मल्लले बताए ।
दुर्घटनामा परी पा“चको मृत्यु
यसैबीच दाङमा दशैँ अवधिमा सवारी दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ । असोज २८ गतेदेखि कार्तिक १० गतेसम्मको अवधिमा छट्टाछुट्टै दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको हो । दुर्घटनामा परी दुई महिला, दुई पुरूष र एकजना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

‘अरू वर्षको तुलनामा यसवर्षको दशैँमा कम सवारी दुर्घटना भएका छन्’ उनले भने–‘यसवर्ष सवारी दुर्घटनाबाट पाँचजनाको मृत्यु भएपनि अन्य वर्षको तुलनामा कम हो, यसवर्ष सवारी जाँचलाई पनि तिब्र पारिएको छ ।’ चाडपर्वको समयमा हुने दुर्घटना न्यूनीकरणका लागि सवारी जाँचलाई तिब्र पारिए पनि रोक्न भने नसकिएको उनले बताए ।

‘सवारी दुर्घटना न्यूनीकरण गर्ने हो, तर शून्यमा झार्न सकिएन्’ उनले भने– ‘गतवर्षको भन्दा यसवर्ष कम नै भएको छ ।’ यसवर्ष दशैँको अवधिमा सवारी दुर्घटनामा परी एक सय १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ७२ वटा सवारी दुर्घटना हुँदा ८२ जना पुरूष र ३० जना महिला घाइते भएका हुन् । अन्य समयको तुलनामा चाडपर्वको समयमा सवारी दुर्घटना धेरै हुने गरेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here