
निता चौधरी
दाङ, ३ कार्तिक । नेपालीहरूको महान् पर्व बडादशैँ सबैको घरमा भित्रिसकेको छ । सबैजना दशैँ मनाउने तयारीमा छन् । यो समयमा केहीवर्ष अघिसम्म पनि दशैँ सुरू हुनुअघि नै थारू बस्तीमा सखिया नाचको रौनक सुरू हुन्थ्यो । तर पछिल्लो समय थारू बस्तीमा सखिया नाचको धुन बिरलै सुन्न पाइन्छ । सखिया नाचमा युवतीहरू सामूहिक रूपमा नाच्ने र पुरूषहरूले मादल बजाउने गर्छन् ।
थारू समुदायमा यसले आफ्नै ऐतिहासिक विशेषता बोकेको छ । यो नाचमा भगवान् श्रीकृष्णको लिलामा आधारित गीत गाएर शास्त्रीय नृत्य गरिन्छ । गैर थारूहरूको भन्दा फरक संस्कृति बोकेको थारू समुदायमा बाहेक अन्य समुदायमा यो नाच नाचिदैन । पहिले श्रीकृष्ण जन्माष्टमीदेखि नै गाउँभरिका मानिसहरू एक भएर सखिया नाचको तयारी गर्न थाल्थे ।
एक महिनासम्म नाचिने सखिया नाच दिनभरि खेतबारीमा काम गरेर बेलुकी सखियाको रमाइलोले उनीहरू आफ्नो थकाइ मार्थे । बेलुकाको खाना खाइसकेपछि फुर्सदको समय सदुपयोग गरी नाच्ने युवतीहरू, मादल बजाउने युवा र हेर्न जानेहरूले गर्दा बस्ती नै उल्लासमय हुन्थ्यो । बबई गाउँपालिका–७ झारगजेँरीमा पनि सखिया नाच नाच्न छोडेको तीन वर्ष भइसक्यो ।
पहिला–पहिला नाच्ने सखिया नाच पछिल्लो समय नाच्न छोडिसकेको बबई गाउँपालिका–७ झारगजेँरीकी स्थानीय रविता चौधरीले बताइन् । सखिया नाच नाच्न छोडे भन्ने बेला सजिलो भएपनि नाच्न गाह्रो भएको उनको भनाइ छ । ‘सखिया नाच्नलाई गाइने गीतहरू लामो हुन्छ क्रमशः गाउनु पर्ने हुन्छ । गाउने मान्छे नै भेटिदैनन् । यो गीत सबै सबैलाइ गाउन पनि आउँदैन् । कहिले त गीत सिकाउने मान्छे पनि भेटिदैनन्’ उनले भनिन्–‘सखिया नाच त रमाइलो हुन्छ तर आजभोलि प्रविधिको विकास र आधुनिकतासँगै सखिया नाच लोप भइरहेको छ ।’
सामाजिक सञ्जालको कारण पनि सखिया नाचको महत्व कम हुँदै गएको उनको भनाइ छ । ‘अलिकति फुर्सद भयो भने सामाजिक सञ्जालमा जोडिन हतार हुन्छ आजभोलिको युवायुवतीलाई अनि कसले नाचिदिन्छ ?’ उनले भनिन्–‘जसका कारण सखिया नाच देखिन छोडेको छ ।’ दंगीशरण गाउँपालिका–३ चितानपुरमा सखिया नाच नाच्दैनन् । पहिले माइतीमा हुँदा आफै नाच्ने गरेको मान्छे विवाहपछि सखिया नाच नै हेर्न नपाइने गरेको दंगीशरण गाउँपालिका–३ चितानपुरकी मसुरी थरूनीले बताइन् ।
‘नाच हेर्न मन लागे पनि के गर्नु हाम्रो गाउँमा नाच्दैनन्’ उनले भनिन्– ‘हेर्नका लागि अलि टाढा जानुपर्छ, त्यो पनि रातीमा नाचिन्छ कसरी जानु हेर्न पनि ।’ यस्तै तुलसीपुर उपमहानगरपालिका–१० पड्ढामा पनि वर्षौँ दशैँमा नाचिने सखिया नाच यस वर्ष भने नाच्न सुरू भएको छैन् । घटस्थापनादेखि नाच्ने भनिएको नाच अझै सुरू हुन नसकेको तुलसीपुर–१० का लालबहादुर चौधरीले बताए ।
‘अहिलेसम्म सुरू नभएको नाच अब कहिलेदेखि होला र खै नाच्ने जस्तो सम्भावना छैन’ उनले भने– ‘कोही कामको सिलसिला त कोही रोजगारको सिलसिलमा घरदेखि बाहिर रहने र दशैँ दुई÷चार दिन बिदामा घरमा आउने भएको हुनाले पनि विस्तारै नाच्न छोडिरहेको देखिएको छ ।’ यस्तै तुलसीपुर उपमहानगरपालिका–७ मोतीपुरमा पनि दशैँमा नाचिने सखिया नाच नाच्दैनन् ।
धेरै वर्ष पहिले नाच्ने गरेको सखिया नाच अब नाच्न छोडेको मोतीपुरका थारू बुद्धिजीवी छोटीलाल थारूले बताए । पछिल्लो समय रोजगार र पढाइको सिलसिलामा घर बाहिर नै बस्ने हुनाले यस्तो अवस्था सखिया नाच नाच्न छोडेको बताए । ‘हाम्रो संस्कृति हो यसो भन्दैमा लोप हुन दिनुहुँदैन’ उनले भने– ‘सबै मिलेर बचाउनुपर्छ ।’
कतै नाच्न छोडिसकेको गाउँमा पनि अब त संरक्षण गर्नुपर्छ भनेर सखिया गीतहहरू छोट्याएर नाच्न पनि थालेको उनले बताए । यस्तै सखिया नाच हराउनुको कारण थारूहरूमा आफनो लोकनृत्य गीतप्रति बितृष्णा जाग्नु पनि रहेको थारू अगुवाहरू बताउँछन् ।
‘पुराना पुराना पहिलेका पुरूषहरूले बजाएता पनि अहिलेका युवा पुस्तालाई सखिया नाच्दा बजाइने मादल नै बजाउन आउँदैन, कारण सिक्न नचाहने’ उनले भने– ‘आफ्नो मौलिक पहिचानप्रति चासो नदिनु, विभिन्न कारणले घरदेखि टाढा बस्ने आदि विभिन्न कारणहरू रहेका छन्, यस्तै हो भने हाम्रो सखिया नाच त के मौलिक पहिचान नै हराएर जानकुनै बेर छैन् ।
यो थारू समुदायको लागि चिन्ताको विषय बन्न थालेको छ ।’महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख कल्पना केसीका अनुसार ‘क’ वर्गका ३८, ‘ख’ वर्गका ९९, ‘ग’ वर्गका २८ र ३० जनाले ‘घ’ वर्गको परिचयपत्र प्राप्त गरेका हुन् । यस्तै राप्ती गाउँपालिकामा ३३४ जनाले अपाङ्गताको परिचयपत्र प्राप्त गरेका छन् । जसमा १३७ जना महिला र १९७ जना पुरूष रहेको पालिकाले जनाएको छ ।
महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख जिवन कुमारी जिसीका खनुसार पालिकामा ६६ जनाले ‘क’ वर्गको परिचयपत्र प्राप्त गरेका छन् । जसमा २४ जना महिला र ४२ जना पुरूष रहेका छन् । पालिकामा १६१ जनाले ‘ख’ वर्गको परिचयपत्र प्राप्त गरेको प्रमुख जिसीले