Friday, October 10, 2025
Homeमुख्य खबरगोरखामा मानव वेचविखनविरूद्ध सचेतना

गोरखामा मानव वेचविखनविरूद्ध सचेतना

- Advertisement -spot_img


दाङ, १४ साउन ।
दाङको घोराहीमा रहेको गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलमा सचेतनामूलक कार्यक्रम गरिएको छ । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरूद्धको दिवसको अवसरमा आइतबार जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

‘बेचबिखनका हरेक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौँ’ भन्ने नाराका साथ यसवर्षको दिवस मनाउन लागिएको यस वर्षको अन्तर्राष्ट्रिय मानव बेचबिखन विरूद्धको दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न विद्यालयमा विद्यार्थीका लागि सचेतनामूलक कार्यक्रम गरेको हो ।

सचेतनामूलक कार्यक्रममा जिप्रका दाङका इन्सपेक्टर मिरा खड्काले मानव बेचबिखनकाका बारेमा जानकारी गराएकी थिइन् । साथै इन्सपेक्टर खड्काले मानव बेचबिखन कसरी हुन्छ ? कुन प्रयोजनका लागि हुन्छ ? विभिन्न प्रलोभनमा पारी कहाँ पु¥याइन्छ ? कस्ता–कस्ता यातना दिइन्छ ? भन्ने विषयमा जानकारी गराएकी थिइन् ।

दाङमा मानव बेचबिखनको वस्तुस्थितिका बारेमा समेत इन्सपेक्टर खड्काले जानकारी गराएकी थिइन् । सचेतनामूलक कार्यक्रमकै अवसरमा इन्सपेक्टर खड्काले विद्यार्थीहरूलाई मानव बेचबिखन तथा ओसारपसारबाट कसरी वचन सकिन्छ ? भन्ने विषयमा पनि सूचित गराएकी थिइन् ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल मानसिं घर्ती, व्यवस्थापन समूह दिवा सत्रका संयोजक शंकर धिताललगायतले विचार राखेका थिए । कार्यक्रममा कक्षा ११ र १२ का व्यवस्थापन समूहका दिवा सत्रका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१३ देखि हरेक वर्षको जुलाई ३० मा यो दिवस मनाउन सुरू गरिएको हो । दिवसको अवसरमा विश्वभर मानव बेचबिखनविरूद्ध जनचेतचना जगाउने र बेचविखनमा परेका व्यक्तिको मानवअधिकार संरक्षण गर्ने कार्यलाई प्रचारप्रसार तथा प्रतिवद्धता व्यक्त गरिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here