Friday, October 10, 2025
Homebreaking-newsलुम्बिनी प्रदेशलाई साक्षरता घोषणा गरिने

लुम्बिनी प्रदेशलाई साक्षरता घोषणा गरिने

- Advertisement -spot_img

दाङ, १४, साउन ।
लुम्बिनी प्रदेश पूर्ण साक्षरता घोषणा गर्ने तयारी गरिएको छ । २०६४ सालदेखि सुरू भएको साक्षरता घोषणा गर्ने अभियानअन्तर्गत नेपालमा हालसम्म ६४ जिल्ला पूर्ण साक्षर घोषणा भएका छन् । तीमध्ये लुम्बिनी प्रदेशका १२ वटै जिल्ला साक्षर घोषणा भएपछि प्रदेशलाई नै औपचारिक रूपमा साक्षरता घोषणा गर्ने तयारीमा प्रदेश सरकार लागिरहेको छ ।

नेपाल सरकार, शिक्षा मन्त्रालयका सूचना अधिकारी शंकर अधिकारीले अहिलेसम्म मन्त्रालयमा प्राप्त रेकर्डअनुसार ६४ जिल्ला साक्षर घोषणा भएको बताए । अझै १३ जिल्ला साक्षर घोषणा हुन सकेका छैनन् । शिक्षा मन्त्रालयका अनौपचारिक शिक्षा शाखाका अधिकृत वैकुण्ठ आचार्यका अनुसार लुम्बिनी प्रदेशका जिल्लाहरू साक्षर घोषणा भएकाले अब प्रदेशलाई नै साक्षर घोषणा गर्न सकिने बताए ।

यस अघि साक्षरता प्रदेशको रूपमा बागमती, गण्डकी र कोशी घोषित भइसकेका छन् । मधेस प्रदेशका कुनै पनि जिल्ला साक्षर भएका छैनन् भने कर्णाली प्रदेशका पाँच जिल्ला पनि साक्षर घोषणा हुन बाँकी छन् ।

स्वास्थ्य संस्था स्थापनासम्बन्धी विधेयक
यसैबीच लुम्बिनी प्रदेश सभाले स्वास्थ्य संस्था स्थापनासम्बन्धी विधेयक पारित गरेको छ । प्रदेशसभा दोस्रो अधिवेशनको २३औं बैठकले स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो ।

सामाजिक विकास समितिको तर्फबाट अघिल्लो बैठकमा प्रतिवेदनसहितको विधेयक सभामा प्रस्तुत गरिएको थियो । प्रदेश सभा बैठकमा स्वास्थ्य मन्त्री राजु खनालले स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन २०७६, लाई संशोधन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् ।

सभामुख तुलाराम घर्तीले विधेयकलाई सभामा निर्णयार्थ प्रस्तुत गर्दै विधेयक सर्वसम्मतले पारित भएको घोषणा गरे । आगामी २४औं बैठक सूचना टाँस गरेर जानकारी दिने गरी बैठक सम्पन्न भएको छ । हिजोकोे बैठकमा बिशेष समयमा बोल्दै प्रदेश सभा सदस्यहरूले कर्मचारी विधेयकमाथि गम्भीरतापूर्वक छलफल गरेर टुंगोमा पु¥याउनुपर्ने बताएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here