Friday, October 10, 2025
Homeमुख्य खबरसग्राम ब्यारेकको अवलोकन

सग्राम ब्यारेकको अवलोकन

- Advertisement -spot_img
तुलसीपुर, १४ साउन । 
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले तुलसीपुर–१९ स्थित संग्राम ब्यारेकको अवलोकन गरेका छन् । शनिबार मन्त्री मास्कीसहितको टोलीले उक्त ब्यारेकको अवलोकन गरेको हो । प्रदेश सरकारले जनयुद्ध, जनआन्दोलनका घाइते स्याहार केन्द्रको अध्ययन तथा निर्माणका लागि दुई करोड बजेट छुट्याएको छ । सोही स्याहार केन्द्र निर्माणका लागि संग्रहालयको अवलोकन गरिएको मन्त्री मास्कीले बताए ।
शान्ति प्रक्रियापछि भएको सेना समायोजनसँगै खाली भएको सक्राम ब्यारेक संरक्षण र प्रयोग नहुँदा जीर्ण बन्दै गएका छ । यसलाई उचित संरक्षण दिन सकेको छैन । पटक–पटक उक्त ब्यारेकलाई संग्रहालय बनाउन माग उठेपनि त्यो अनुसार काम अघि बढ्न सकेको छैन ।
केही वर्षअघि सोही स्थानलाई क्रान्ति संग्रहालय बनाउने गरी चर्चा पनि गरिएको थियो । तर, त्यो काम पनि अगाडि बढ्न सकेको छैन । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष ०७६÷७७ को नीति तथा कार्यक्रममा ब्यारेकलाई क्रान्ति संग्रहालय बनाउने कुरा उल्लेख गरेको थियो । तर, त्यो नीतिमा मात्रै सीमित भयो । सरकारी लगानीमा शिविरका लागि निर्माण गरिएका करोडौंका पूर्वाधार जीर्ण भइसकेका छन् ।
परेका बजेटको पनि कार्यान्वयन हुन सकेको छैन । तुलसीपुर उपमहानगरपालिकाले २०७४ मै ४० लाख बजेट हालेको थियो । तर, त्यो बजेट कार्यान्वयन हुन सकेन् । आर्थिक वर्ष ०७८/०७९ मा लुम्बिनी प्रदेश सरकारले २५ लाख बजेट हालेको थियो । त्यो पनि कार्यान्वयन हुन सकेन् । त्यहाँ दुईवटा सामुदायिक वनको विवादले गर्दा पनि परेका बजेटहरू कार्यान्वयनमा समस्या आउने गरेको थियो ।
क्रान्ति संग्रहालय उपभोक्ता तदर्थ उपसमिति संयोजक देवराज वलीका अनुसार संग्रहालय रहेको लामाखोला सामुदायिक वन र नजिकै रहेको रानी सामुदायिक वनबीच सीमा विवाद थियो । त्यसले गर्दा पनि आवश्यक प्रक्रिया अगाडि बढाउन समस्या हुँदा आएका बजेट पनि कार्यान्वयनमा समस्या हुने गरेको थियो । तर, अहिले भने त्यो समस्या समाधान भएपछि चालु वर्षमा प्रदेश सरकारबाट आएको १० लाख बजेटबाट काम भइरहेको छ ।
‘यसअघि वनको विवादले पनि कसले सिफारिस गर्ने भन्ने कुराले विवाद उत्पन्न थियो’, उनले भने– ‘अब भने त्यो समस्या हटेर गएको छ, काम अघि बढिरहेको छ ।’ अहिले १० लाखले चिल्ड्रेन पार्क, पिङ, चिप्लेटीलगायतका संरचना निर्माण भइरहेको र काम अन्तिम चरणमा पुगेको अध्यक्ष वलीले बताए ।
त्यहाँ पाँच लाखको लागतमा तुलसीपुर उपमहानगरपालिकाले डीपीआर पनि तयार गरेको छ । क्रान्ति संग्रहालय बनाउने भन्दै बनाएको डीपीआर अनुसार १६ करोड लागत अनुमान गरिएको छ । त्यहाँ एक ब्रिगेडका ५ सय ३४ लडाकु बस्ने गरी पूर्वाधार तयार पारिएको थियो । ब्यारेकमा प्रयोग भएका एक क्षेत्रका दुई/चारवटा पूर्वाधार मात्रै शिविरको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीले केही समय अघिसम्म प्रयोग गरेको भए पनि सशस्त्रले पनि ब्यारेक छाडिसकेको छ ।
तत्कालीन अवस्थामा ब्यारेक निर्माणका लागि राज्यले ४ करोड खर्च गरेको थियो । ब्यारेककै लागि विद्युत्, खानेपानी र सडकमा समेत लगानी गरेको थियो । हाल शिविरको स्वामित्व तुलसीपुर उपमहानगरलाई हस्तान्तरण गरिएको छ । ब्यारेक १० बिघा क्षेत्रफलमा बनेको छ । लामाखोला महिला सामुदायिक वन क्षेत्र, नर्सरी र केही खेत ब्यारेकका लागि प्रयोग भएको छ ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here