Friday, October 10, 2025
Homeमुख्य खबरखुल्ला ब्याडमिन्टन र माविस्तरीय कविता वाचन प्रतियोगिता

खुल्ला ब्याडमिन्टन र माविस्तरीय कविता वाचन प्रतियोगिता

- Advertisement -spot_img


गमानसिङ घर्ति मगर
दाङ, १४ साउन ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ राष्ट्रसेवक कर्मचारीहरू बीच खुल्ला ब्याडमिन्टन प्रतियोगिता भएको छ । सहिद मनोज, भूपेन्द्र, सुरेन्द्रको स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति दाङकोले सहिद सप्ताहको अवसर पारेर राष्ट्रसेवक कर्मचारीबीच खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो ।

पहिलो खेल घोराही उप(महानगरपालिका टिम र कोष तथा लेखा नियन्त्रण कार्यालयको टिमबीच खेल भएको थियो । कार्यक्रमको प्रमुख अतिथि घोराही उपमहानगरपालिका नगर प्रमुख नरूलाल चौधरीले राष्ट्रसेवक कर्मचारीको हैसियतमा जनताको सेवामा रहदै गर्दा ज्यान गुमाउनु हुने सहिदहरूप्रति माल्यार्पण गर्दै स्वास्थ्यका लागि खेल आवश्यक रहेको बताउँदै यस आयोजनाले खेलको माध्यमबाट स्वस्थ्य रहने र खेलमा युवाहरूलाई प्रेरित गर्न भूमिका खेल्ने बताए ।

बयाडमिन्टन प्रतियोगितामा १७ टिमको सहभागिता रहेकोमा घोराही उपमहानगरपालिकाको कर्मचारीको टिम प्रथम विजेता भएको छ भने नेपाल विद्युत प्राधिकरण घोराहीको टिम उपविजेता भएको छ । प्रथम विजेतालाई स्वर्ण पदक, शिल्ड र नगद रू. ६ हजार प्रदान गरिएको थियो भने उपविजेतालाई मेडल, शिल्ड र नगद रू. ४ हजार पुरस्कृत गरिएको नेपाल निजामती कर्मचारी संगठन जिल्ला समिति दाङले जनाएको छ । खेलमा सहभागी भएका ९ सय ३४ जना प्रतियोगीहरू र एम्पाएरहरू ९३ जनालाई कदरपत्र गरिएको थियो ।

साथै संगठनले सहिद सप्ताहको अवसर पारेर माविस्तरीय खुल्ला कविता वाचन प्रतियोगिता आयोजना गरेको छ । राप्ती साहित्य परिषद् दाङ शाखासँगको समन्वयमा भएको खुल्ला कविता वाचन कार्यक्रममा जिल्ला विभिन्न सामुदायिक र संस्थागत विद्यालयहरूका छात्रछात्राहरूको सहभागिता रहेको थियो ।

कविता वाचन प्रतियोगितामा सहभागीमध्ये प्रथम गोरखा मावि घोराहीका आयुष देवकोटा, द्वितीय जनकल्याण मावि दुधरासका विक्रम ओली, तृतीय माउन्ट भ्यू आवासीय मावि घोराहीकी अतिशा पोखरेल, सान्त्वता दीपशिखा आवासीय माध्यमिक विद्यायलकी स्वइच्छा योगी भएकी थिइन् । कविता वाचनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वता हुनेले क्रमश नगद ५ हजार, ३ हजार, २ हजार, १ हजार नगदसहित प्रमाणपत्र हात पारेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक वीर बहादुर ओली, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज गोकर्ण वली, केन्द्रीय सदस्य तथा रूपन्देही जिल्ला इन्चार्ज नारायण भण्डारी, लुम्बिनी प्रदेश सचिव राम वलीलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता नेपाल निजामती कर्मचारी संगठन दाङ शाखाका अध्यक्ष शेर बहादुर केसीको रहेको थियो भने स्वागत मन्तव्य भूप बहादुर मल्लको रहेको थियो भने सहजीकरण दाङ शाखाका सहसचिव मोहन सिंह सुनारले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here