Friday, October 10, 2025
Homebreaking-newsदेउरानी जेठानीको लोभलाग्दो बाख्रा फर्म

देउरानी जेठानीको लोभलाग्दो बाख्रा फर्म

- Advertisement -spot_img


हिमाल शर्मा
सल्यान, १३ साउन ।
गाउँघरतिर हिजोआज निराशाजनक र उदेकलाग्दो खबर बढी सुनिन्छ । गाउँ रित्तिएको छ । गाउँमा सम्भावना छैन । गाउँमा केही गर्ने वातावरण छैन । धेरैजना यस्तै भन्छन् तर, यथास्थिति यस्तै मात्र पनि होइन । विभिन्न पेसा, व्यवसाय र उद्यम गरेर आत्मनिर्भरताको गतिलो उदाहरण दिएका थुप्रै गाउँलेलाई पनि भेट्टाउन सकिन्छ ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ पानीखोलाका दुई दिदीबहिनी (देवरानी जेठानी)ले व्यावसायिक बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आइरहेका छन् । विगत पाँच वर्षदेखि व्यावसायिक बाख्रापालन गर्दै आएका आशा बुढामगर र दीपा मगरले वार्षिक पाँच लाख बढी आम्दानी गर्दै आएका छन् । नवीन बाख्रापालन फर्म दर्ता गरेका उनीहरूसँग अहिले ६५ बाख्रा र २० खसी बोका रहेका छन् ।

बाख्रापालन व्यवसायलाई व्यवस्थित व्यावसायिक बनाउँदै लगेपछि आर्थिक रूपमा सबल बनेको आशा बुढामगरको भनाइ छ । पछिल्लो समय बाख्रा नै आम्दानीको मुख्यस्रोत भएको उनको भनाइ छ । उनले भनिन्– ‘महिलाले घरभित्रको मात्र काम गर्नुपर्छ भन्ने छैन । आर्थिक रूपमा लाभ लिन सकिने काम पनि गर्न सक्छन् भन्ने समाजमा उदाहरण देखाउन दिदीबहिनी मिलेर बाख्रापालन गरेका हौँ ।’

आर्थिक उपार्जनसित जोडिदै आत्मनिर्भर हुन सकिन्छ भनेर व्यावसायिक बाख्रापालनमा लागेको दीपा मगरको भनाइ छ । उनले भनिन्– ‘आफू वा परिवारलाई आवश्यक पर्ने सामान्य खर्च जुटाउन श्रीमानसँग मात्र आश्रित हुनुपर्ने अवस्थाको अन्त्य गर्न दिदीबहिनी मिलेर बाख्रापालनमा जुटेका हौँ ।’

गाउँ नजिकै वनजंगल हुँदा खासै घाँसको समस्या नहुने र बजारीकरणको समस्या नभएकाले बाख्रापालनलाई व्यावसायिक रूपमा अघि बढाउन सहज भएको उनले बताइन् । सुरूवाती चरणमा थोरै संख्याबाट व्यवसाय थालेपनि आम्दानी राम्रो हुन थालेपछि बाख्राको संख्या बढाउँदै लगेको आशाको भनाइ छ । हालसम्म ३० लाख बराबरको लगानी लागेको उनको भनाइ छ ।

समाजमा उदाहरणीय कार्य गरेको भन्दै पछिल्लो समय उनीहरूलाई विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले सम्मान समेत गर्दै आइरहेका छन् । पछिल्लो समय मुख्यमन्त्री उत्कृष्ट कृषकबाट पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले सम्मानसमेत गरेको छ । दुबै दिदीबहिनीका श्रीमान्ले जिल्लामा नै गाडी चलाउँदै आइरहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here