Saturday, October 11, 2025
Homebreaking-newsज्यान लिदै जंगली च्याउ, जथाभावी नखान आग्रह

ज्यान लिदै जंगली च्याउ, जथाभावी नखान आग्रह

- Advertisement -spot_img

उमा भण्डारी
दाङ, १ साउन ।
असार २८ गते दाङको राजपुर गाउँपालिकामा च्याउ खाँदा एकजना बिरामी परे । जंगलमा भेटिएको च्याउ खाँदा ६८ वर्षिय महननाथ कँवर बिरामी परेका हुन् । सोही दिन अन्य चारजना समेत विरामी परेका थिए । च्याउ खाँदा गम्भीर बिरामी परेका उनीहरूलाई उपचारलागि अस्पताल नै पु¥याउन प¥यो ।

बंगलाचुली गाउँपालिकामा पनि असार २९ गते शुक्रबार जंगली च्याउ खाँदा दुईजना बिरामी परे । जंगलमा भेटाएको च्याउ खाँदा बंगलाचुली गाउँपालिका–१ स्युजाका ३८ वर्षीया यमाकुमारी कँवर वली र उनका १२ वर्षिय छोरा यकीन वली बिरामी परेका थिए ।

साँझ खाना खाएसँगै पेट दुख्न थालेपछि दुबैलाई प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा लगिएको थियो । दुवैजनालाई पछि थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएकोे थियो । स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा उनीहरूको राप्ती प्रादेशिक अस्पतालमा उपचार भएको थियो । अहिले उनीहरूको स्वास्थ्य सुधार हुँदै गएको छ ।

एकै परिवारका तीनजनाको मृत्यु
रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । असार २८ गते जंगलबाट ल्याएको च्याउ खाँदा रोल्पामा एकै परिवारका तीनजनाको मृत्यु भएको हो । जंगली च्याउ खाएका कारण दुई बालक र उनीहरूकी आमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

लुंग्री गाउँपालिका–५ कालापोखरा घर भएका ३३ वर्षीया भीमा गुरूङ उनका ११ वर्षका छोरा सुशील गुरूङ र ६ वर्षका छोरा प्रेम गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिए । जंगली च्याउ खाई बिरामी परेपछि उनीहरूलाई उपचारका लागि सुलीचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

तर त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । उनीहरू तीनैजनाको बुटवलमा उपचारका क्रममा मृत्यु भएको भुसालले जानकारी दिए । यस्तै लुंग्री गाउँपालिका–५ बुझिङमा जंगली च्याउ खाएका कारण पाँचजना बिरामी परेका छन् । उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

सोही मितिमा वडा नं. १ मा पनि जंगली च्याउ खाएर ६ जना बिरामी परेका थिए । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले बताएको छ । वर्षायामको समयमा जंगलमा भेटिएका जथाभावी च्याउ टिपेर अकालमै ज्यान जाने गरेको प्रहरीले बताएको छ ।

दाङमा मात्रै आर्थिक वर्ष ०७९/८० मा ३७ जना विषालु च्याउ खाँदा गम्भीर बिरामी परेका छन् । बिरामी परेकामध्ये केहीको स्वास्थ्य अवस्था अझै जटिल रहेको छ भने केहीको स्वास्थ्यमा सुधार देखिएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

जथाभावी रूपमा नचिनेका च्याउ खाँदा अकालमा ज्यान जान सक्ने भन्दै प्रहरी च्याउ नखान अनुरोधसमेत गरेको छ । आर्थिक वर्ष ०७८÷७९ मा तुलसीपुर उपमहानगरपालिका–३ भट्टे बस्ने ५७ वषर््ािय दानवीर खड्कासहित १८ जना बिषालु च्याउ खाँदा गम्भीर बिरामी परेका थिए । बर्सेनि च्याउ खाँदा बिरामी पर्नेहरूको सँख्या बढ्दै गएपछि प्रहरीले च्याउ नखान सबैमा अनुरोध गरेको हो ।

प्रहरीले एक सूचनासमेत जारी गर्दै जंगली च्याउ खाँदा स्वास्थ्यमा पर्ने जटिलतालाई ख्याल गर्न अनुरोध गरेको हो । यसैबीच वर्षाको समयमा आफैं उम्रिएका च्याउ नखान विज्ञहरूले सुझाव दिएका छन् । वर्षायाममा उम्रिएका च्याउ विषालु हुनसक्ने भएकाले जथाभावी नखान विज्ञले सुझाव दिएका हुन् । नेपालमा विषालु च्याउ खाएर प्रत्येक वर्ष मानिसहरूको मृत्यु हुने गरे पनि यकिन तथ्याङ्क कुनै निकायसँग छैन ।

तर वर्षातको समयमा आफै उम्रिएका च्याउ खान मिल्ने वा नमिल्ने भनेर छुट्याउन नसक्दा मृत्युसम्म नै हुने गरेको विज्ञले बताएका छन् । च्याउ विज्ञ गोपालप्रसाद पराजुलीले रातो, सेतो, प्याजी, गुलाबी गाढा रङका तथा धेरै चम्किलो च्याउ खान नमिल्ने जानकारी दिएका छन् ।

खैरो धर्सो भूत च्याउ, सेतो भूत च्याउ, सेतो कत्ले भूत च्याउजस्ता अत्यधिक विषालु च्याउले ज्यान नै जान सक्ने भएकाले पहिचान नगरी च्यान नखान उनको सुझाव छ । नेपालमा १ हजार ३ सय प्रकारका च्याउ पाइने र तीमध्ये करिब १ सय प्रकारका अत्यन्त विषालु हुने नेपाल कृषि अनुसन्धान परिषद्ले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here