Saturday, October 11, 2025
Homeमुख्य खबरविद्यार्थीद्वारा पावर टिलर खरिद

विद्यार्थीद्वारा पावर टिलर खरिद

- Advertisement -spot_img


तुलसीपुर, ३१ असार ।
तुलसीपुर बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरूले पावर टिलर मेसिन खरिद गरेका छन् । शिक्षालयमा कृषि तथा वन विज्ञानमा अध्ययनरत विद्यार्थीहरूले फूलखेतीलाई विस्तारित गर्नका लागि पावर टिलर खरिद गरेका हुन् ।

गतवर्ष गरेको फूलखेतीबाट बचेको रकमबाट उनीहरूले पावर टिलर खरिद गरेका हुन् । कृषिलाई प्रविधिसँग जोडेर उत्पादन बढाउनका लागि विद्यार्थीले नै बनाएको कोषबाट किनिएको विद्यार्थी सन्दिप मल्लले बताए । यसवर्ष अलि धेरै विस्तार गरेर फूलखेती गर्ने सोचमा रहेको उनले बताए ।

गतवर्षभन्दा यो वर्ष धेरै मात्रामा फूलखेती गरिने विद्यार्थी स्पन्दन भुसालले बताइन् । उनले यो वर्ष फूलमात्रै नभएर विरूवा पनि बिक्री गरिने बताइन् । ‘हामी अहिले विरूवा उत्पादनमा लागेको उनले बताइन् । उनले यो वर्ष फूलखेतीलाई सजावटपूर्ण ढंगले गर्ने पनि बताइन् ।

शिक्षालयको सहयोगमा पछिल्लो समय विभिन्न प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीहरूले पढ्दै कमाउँदै गरिरहेको शिक्षालय प्रमुख वसन्त आचार्यले बताए । शिक्षालय प्रमुख आचार्यले विद्यार्थीहरूले फूलखेतीबाट आर्जन गरेको पैसाले विद्यार्थीहरूले नै कोष बनाउनेसमेत जानकारी दिए । गतवर्ष विद्यार्थीहरूले फूलखेती गरेर चार लाख आर्जन गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here