Saturday, October 11, 2025
Homeमुख्य खबरधारापानीमा महात्म्य शृङ्गारिक महोत्सव हुने

धारापानीमा महात्म्य शृङ्गारिक महोत्सव हुने

- Advertisement -spot_img

दाङ, ३१ असार ।
दाङको धारापानी मन्दिरमा पुरूषोत्तम महात्म्य एवं शृङ्गारिक आरती बोलबम मासिक महामहोत्सव सञ्चालन हुने भएको छ । अधिक मलमासका समयमा मात्र सञ्चालन गर्न मिल्ने महामहोत्सव घोराही उपमहानगरपालिका–५ धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा सञ्चालन हुन लागेको हो ।

मन्दिरको प्रचार प्रसार तथा धर्म र धार्मिक आस्था थप सुदृढ बनाउने उद्देश्यले साउन २ गतेदेखि ३१ गतेसम्म सञ्चालन गरिने भएको हो । पुरूषोत्तम महात्म्य एवं शृङ्गारिक आरती बोलबम मासिक महामहोत्सवको साउन २ गते दिउँसो उद्घाटन गरिने महामहोत्सव मूल व्यवस्थापन समितिका संयोजक गणेश कुमार अधिकारीले जानकारी दिए ।

महामहोत्सवमा अन्तर्राष्ट्रिय स्वर्णपदक विभूषित पण्डित अमृतशरण देवाचार्यले पुरूषोत्तम महात्म्य प्रवचन दिने कार्यक्रम रहेको छ भने वाराणसी समूहले प्रत्येक दिन बेलुकी ६ बजेदेखि ७ बजेसम्म वैदिक शृङ्गारिक गंगा आरती गर्ने संयोजक अधिकारीले जानकारी दिए ।

उनका अनुसार महामहोत्सव अवधिभर बिहान ६ बजेदेखि ७ सम्म पतञ्जलि योग घोराही नगरसमितिको सहयोगमा योग प्रशिक्षण, ७ देखि ९ बजेसम्म मण्डव पूजा तथा हवन सञ्चालन, ९ देखि ११ बजेसम्म पुरूषोत्तम महात्म्य पाठ पारायण, ११ देखि दिउँसो ४ बजेसम्म संगीतमय लिलामय पुरूषोत्तम महात्म्य प्रवचन, बेलुही ६ देखि ७ बजेसम्म पुरूषोत्तम एवं बोलबम महाआरती र बेलुकी ७ देखी ९ बजेसम्म संगीतमय लिलामय प्रवचन तथा भजन सञ्चालन हुनेछ ।

महामहोत्सव सभ्य, भव्य र व्यवस्थित बनाउन शंकर गौतमको संयोजकत्वमा २२ सदस्यीय उपसमिति गठन गरिएको छ । यसैबीच करिव एक महिनासम्म सञ्चालन हुने महामहोत्सवमा सहभागी भई वैदिक शृङ्गारिक गंगा आरती तथा प्रवचन सुन्न मन्दिर व्यवस्थापन समितिले सवै भक्तजनमा अनुरोध गरेको छ ।

मूल समितिका अध्यक्ष गणेश कुमार अधिकारीले सबै भक्तजनलाई जिल्लामै पहिलो पटक हुन थालेको पुरूषोत्तम महात्म्य एवं शृङ्गारिक आरती बोलबम मासिक महामहोत्सव सहभागी हुन अनुरोध गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here