Thursday, October 2, 2025
Homebreaking-news२८० घरलाई जस्तापाता

२८० घरलाई जस्तापाता

- Advertisement -spot_img


हिमाल शर्मा
सल्यान, ८ बैशाख ।
सल्यानको कालिकाटी गाउँपालिकाले फुसको छानोमुक्त पालिका अभियान सञ्चालन गरेको छ । पालिकाभित्र बसोबास गर्ने विपन्न तथा गरिब घरपरिवारको फुसको छानो विस्थापित गरी जस्तापाता वितरण गर्नेगरी उक्त अभियान सुरू गरेको हो ।

पालिकाले उक्त अभियान दुईवर्ष पहिलेदेखि नै सञ्चालन भएको थियो । उक्त अभियानलाई थप प्रभावकारी बनाउन पालिकाले जस्तापाता व्यवस्थापन गर्न नसक्ने विपन्न २ सय ८० घर परिवारलाई जस्तापाता वितरण गरेको गाउँपालिका अध्यक्ष दान बहादुर केसीले बताए ।

सात वडा रहेको पालिकामा प्रत्येक वडाबाट ४० घर गरी २ सय ८० घरलाई पाता वितरण गरिएको उनको भनाइ छ । ‘चालु आर्थिक वर्षको पहिलो चरणमा २ सय ८० घरधुरीलाई जस्तापाता वितरण गरेका छौँ । यो तेस्रो वर्ष हो’ उनले भने– ‘दुई वर्ष अघिदेखि निरन्तर रूपमा फुसका छाना हटाउने अभियानमा लागि रेका छौँ ।’

पालिकाले निश्चित मापदण्ड बनाएर जस्तापाता विरतण गर्दै आएको छ । सरकारी जागिर नखाएको, आफ्ना छोराछोरीलाई निजी विद्यालयमा नपढाएको र जनप्रतिनिधि नभएकोलाई मात्र जस्तापाता वितरण गर्ने गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालले बताए । उनले वडा कार्यालयको सिफारिस अनुसार पहिलो चरणमा लक्षित समुदायलाई जस्तापाता वितरण गरेको जानकारी गराए ।

बढ्दो सुख्खा खडेरीका कारण आगलागीको प्रकोप बढिरहेको, जङ्गली जनावरबाट बच्न फुसका छाना विस्थापनमा जुटेको कालीमाटी गाउँपालिका–३ का वडा अध्यक्ष शिव कुमार खत्रीको भनाइ छ । फुसको छानो भएर जस्तापाता लगाउन नसक्ने गरिब, विपन्न परिवारलाई निःशुल्क जस्तापाता वितरण गरिएको खत्रीले बताए ।

गाउँपालिकाबाट जस्तापाता पाउँदा निकै खुसी लागेको वडा नम्बर ३ किमिरेकी तुल्सा डाँगीले बताइन् । ‘पहिले खरको छाना हुँदा वर्षामा पानी चुहिएर हैरान हुन्थ्यो अब त्यो समस्याबाट मुक्ति पाइने भयो’ उनले भनिन्– ‘आजभोलि खर छुवाउन खर पाइँदैन, छुवाउने मान्छे पाउन गाह्रो छ । खडेरीमा कहीँ कतैबाट आगलागी भएर घर खरानी हुन्छ की भन्ने डरले सताइ रहन्थ्यो तर टिन पाएपछि निकै खुसी लागेको छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here