Thursday, October 2, 2025
Homebreaking-newsबेमौसमी तरकारी खेतीबाट आम्दानी गर्दै किसान

बेमौसमी तरकारी खेतीबाट आम्दानी गर्दै किसान

- Advertisement -spot_img


हिमाल शर्मा
सल्यान, ७ बैशाख ।
देशका युवाहरू विदेशिने क्रम बढिरहेको समयमा सल्यानका केही युवाहरू भने मौसमी तथा बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आइरहेका छन् । किसानहरूले तरकारी खेतीमार्फत वैदेशिक रोजगारीबाट हुने भन्दा धेरै आम्दानी गरी उदाहरणीय कार्यसमेत गर्दै आइरहेका छन् ।

तरकारी खेतीबाट हुने आम्दानीले परिवारको खर्च चल्नु साथै आत्मनिर्भर बनाउन सफल भएको शारदा नगरपालिका–६ बरलाका कृष्ण बस्नेतले जानकारी दिए । आफ्नो १० र लिजमा ५ गरी १५ रोपनीमा व्यावसायिक तरकारी खेती गर्दै आएका बस्नेतले सबै खर्च कटाएर वार्षिक ५ देखि ६ लाख आम्दानी हुँदै आइरहेको बताए । उनले भने, ‘मौसमी तरकारीभन्दा बेमौसमी तरकारीको बजार माग धेरै हुने गर्छ । त्यसकारण बाह्रै महिना तरकारी खेती गर्ने गरेता पनि बेमौसमी तरकारीलाई बढी जोड दिने गर्छौँ ।’

प्रतिवर्ष १५ हजार भाडा दिने गरी ५ रोपनी खेत भाडामा लिएर तरकारी खेती गर्दै आइरहेको उनको भनाइ छ । गाउँका एकाधले मात्र खेती गर्दा बजारीकरणमा समस्या हुने बताउँदै धेरैले थोरै–थोरै मात्र उत्पादन गरे पनि बजारीकरणमा समस्या नहुने उनको भनाइ छ । ‘धेरै किसानले आफूले उत्पादन गरेको वस्तु नै बिक्री भएन उनले भने, ३०/४० किलो मात्र खरिद गर्न त को व्यापारी आउँछ र धेरैले फरक–फरक तरकारी उत्पादन गर्न सके बजारीकरणको खासै समस्या त देखिन्न ।’

त्रिवेणी गाउँपालिका–२ काभ्राका ४२ वर्षीय कर्ण बहादुर थापाले तरकारी खेतीबाट वार्षिक ७ लाख बढी आम्दानी गर्दै आएका छन् । प्रत्येक वर्ष खाद्यान्न बाली उत्पादनमा गिरावट आउन थालेका कारण घरपरिवारको गुजारा चलाउन कठिनाइ भएपछि अन्नबाली त्यागेर तरकारी खेतीमा लागेको थापाको भनाइ छ । छ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका थापाले चारजनाको परिवार पाल्न मात्र होइन एउटा छोरालाई फार्मेसीसमेत पढाइ रहेका छन् ।

त्रिवेणी गाउँपालिका–४ फलाबाङ्गका ५० वर्षीय चेतबहादुर रावतले पनि खाद्य बालीबाट जीविकोपार्जनमा कठिनाइ भएकै कारण अरूको सिको गर्दै १० रोपनी जग्गामा विभिन्न जातका तरकारी खेती गर्दै आएका छन् । तरकारीबाट उनले अहिले वार्षिक आठ लाख आम्दानी गर्दै आएको बताए । तरकारीबाट आम्दानी भएको रकमले सातजनाको परिवार पालेर बचत भएको रकम अन्यत्र सदुपयोग गर्दै आइरहेको रावतको भनाइ छ ।

उनले भने ‘बजारमा के को मा बढी छ त्यस अनुसार तरकारी खेती गर्ने हो भने बिक्री भएन भनेर बस्नुपर्ने अवस्था नआउने रहेछ ।’ तरकारी खेतीलाई विस्तार गर्न जग्गा भाडामा लिने योजना बनाएको उनको भनाइ छ । यसका लागि उपयुक्त जग्गाको खोजीमा रहेको समेत बताए ।

भारतीय तरकारीको निर्भरता कम गर्न आन्तरिक उत्पादनलाई बढाउनुपर्ने उनको सुझाव छ । यसका लागि किसानलाई आधुनिक तरिकाले खेती गर्नका लागि तालिमसँगै आधुनिकयन्त्र, उपकरण, बीउबिजन, विषादी, मलखादका लागि अनुदानको व्यवस्था गरिनुपर्ने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here