Saturday, October 11, 2025
Homebreaking-newsदोषीलाई कारबाहीको माग गर्दै अनिश्चितकालिन कार्यालय बन्द

दोषीलाई कारबाहीको माग गर्दै अनिश्चितकालिन कार्यालय बन्द

- Advertisement -spot_img

शान्तिनगरमा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई दुव्र्यवहार


दाङ, २१ फागुन ।
दाङको शान्तिनगर गाउँपालिकाले पालिकाबाट हुने सबै कामकाज अनिश्चितकालिन बन्द गरेको छ । गाउँपालिकामा कार्यरत कर्मचारीहरूले गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतमाथि वडा अध्यक्षबाट भएको दुव्र्यवहारको घोर भत्र्सना गर्दै दोषीलाई कारवाही र कार्यालयमा सुरक्षित वातावरण निर्माण नभएसम्म गाउँपालिकाका सबै कामकाजहरू बन्द गरेका हुन् ।

शनिबार नेपाल निजामति कर्मचारी युनियन स्थानीय कार्यसमिति, नेपाल राष्ट्रिय कर्मचारी संगठन स्थानीय कार्यसमिति, नेपाल निजामति कर्मचारी संगठन स्थानीय कार्यसमितिले संयुक्त विज्ञप्ति जारी गरी अत्यावश्यकीय कामबाहेक सबै कामकाज अनिश्चितकालिन बन्द गरिएको जानकारी गराएका छन् ।

फागुन १९ गते बिहान ११ बजे शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको कार्यकक्षमा गाउँपालिका अध्यक्ष बस्नेत र प्रमुख प्रशासकीय अधिकृति डिल्ली खड्कालाई शान्तिनगर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष सुनिल वलीसहितका अन्य केही युवाहरूले अमर्यादित र अभद्र व्यवहार तथा दुव्र्यवहार गरेका थिए ।

योजनावद्ध रूपमा अध्यक्षको कार्यकक्षमै प्रवेश गरी वडा अध्यक्षले गरेको दुव्र्यवहारप्रति जनप्रतिनिधि र कर्मचारीहरूले भत्र्सना गरेका छन् ।

गाउँपालिकाको निर्णयबमोजिम बौलाह घाटमा नदीजन्य पदार्थको उत्खननको लागि ठेक्का लगाइएकोमा निज वडा अध्यक्षले ठेक्कामार्फत नभई अमानतबाट नदीजन्य पदार्थ उठाउन आफूले पाउनुपर्ने भन्दै बारम्बार दवाव दिएको साथै सो क्षेत्रमा आफू निकटका व्यक्तिहरूलाई गाउँपालिकामार्फत तलबभत्ता खानेगरी नियुक्त गर्न दवाव दिइरहेकोमा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले कानुन विपरीत काम गर्न नसकिने जानकारी गराए पछि वडा अध्यक्षले आक्रमणमा समेत उत्रिएको पालिकको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सोही कारण देखाई गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतिमाथि असभ्य, अभद्र तरिकाले गालीगलौच, सार्वजनिक सम्पत्तीको तोडफोड, हातपात र आक्रमणको प्रयास भएको र यसअघि पनि कर्मचारीहरूमाथि पटक–पटक दुव्र्यवहार गर्ने गरेकोले यस कार्यप्रति शान्तिनगर गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ ।

‘यसरी नागरिकको सेवामा अरोरात्र खटिरहदा कर्मचारीमाथि कार्यलयको अभिभावकजस्तो जनप्रतिनिधिले पटक–पटक यस्तो आक्रमणको प्रयास गर्न सिंगो गाउँपालिका माथिको आक्रमण हो । यस्तो घृणित, अमर्यादित, असभ्य र निन्दनीय कार्यको घोर भत्र्सना गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ । दोषीलाई कानुनबमोजिम तत्काल कारबाही गरी कार्यलयमा सुरक्षित र भयरहित रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछौँ ।

गाउँपालिकाको उपाध्यक्ष र प्रवक्ताले पनि घटनाको घोर भत्र्सना गरेका छन् । शनिबार संयुक्त रूपमा विज्ञप्ति सार्वजनिक गर्दै पालिका उपाध्यक्ष प्रेमा कुमारी बुढाथोकी र प्रवक्ता मिन बहादुर केसीले यस्तो बताएका हुन् । जनताको प्रतिनिधिमाथि हुने यस्ता क्रियाकलाप सिंगो नागरिकमाथि आक्रमण भएको भन्दै धोर भत्र्सना गर्दछौ जारी विज्ञप्तिमा भनिएको छ ।

आफ्नो निजी स्वार्थलाई लिएर सिंगो गाउँपालिकामाथि नै आक्रमण वडा अध्यक्षले गर्ने घृणित कार्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा तत्काल दोषी उपर कारवाही गरी कानुनी दायरामा ल्याउनसमेत भनिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here