Saturday, October 11, 2025
Homebreaking-newsतुलसीपुर अग्रणी पालिका

तुलसीपुर अग्रणी पालिका

- Advertisement -spot_img


पालिकामा अहिले जनप्रतिनिधि आएसँगै विकास निर्माणका काम अघि बढ्न थालेका छन् । करिब तीन वर्षअघि नेपालमा संघीय व्यवस्था लागू भएसँगै देशमा तीन तहका सरकार सञ्चालनमा रहेका छन् । तीन तहका सरकारमध्ये जनताको नजिकको सरकार भनेको स्थानीय सरकार हो । स्थानीय सरकारले जनताका समस्यालाई पहिचान गरी चुनावका समयमा गरिएका प्रतिवद्धता पूरा हुन थालेका छन् ।

दाङको तुलसीपुर उपमहागरपालिका पनि देशभरकै अग्रणी स्थानीय तहको रूपमा परिचित छ । पालिका हाँक्नका लागि र संघीय संरचनापछि दोस्रो पटक जनप्रतिनिधिको नेतृत्वमा पालिका रहेको छ । हामी निर्वाचित भएर आएपछि स्वास्थ्य, शिक्षा पहिलो प्राथमिकतामा राखेर योजना निर्माणका काम सुरू गरेका छौँ ।

त्यसैलाई दृष्टिकोण राख्दै जसरी संघ, प्रदेशका आफ्नै अस्पतालहरू छन् त्यस्तै हाम्रो पनि सुविधा विशेषज्ञसहितको अस्पताल निर्माणको लागि मेट्रो अस्पताल सञ्चालनमा ल्याएका छौँ । जनशक्ति अभाव थियो । हामी निर्वाचित भएर आएपछि त्यहाँ दरबन्दी सिर्जना गरेर जनशक्ति व्यवस्थापन गरेका छौँ ।

विशेषज्ञसहितको दरबन्दी संघीय सरकारबाट समेत माग गरेर कार्यान्वयनमा ल्याएका छौँ । अब हाम्रा योजनाहरू सीमित वडा वा पालिकाभित्र मात्रै सीमित हुनुहुँदैन । यसैलाई मध्यनजर गर्दै हामीले नै नेतृत्व लिएर बबई करिडोरका लागि दाङ उपत्यकाका घोराही, तुलसीपुर उपमहानगरपालिका र बबई र दंगीशरण गाउँपालिकाबीच अन्तरपालिका बैठक आयोजना गरेर विस्तृत विवरण प्रतिवेदनका लागि माग गरेका छौँ ।

त्यस्तै सडक सञ्जाल निर्माणका क्रममा समेत अन्तर जिल्ला जोड्ने सडक निर्माणका लागि समेत योजना बनाएका छौँ । बिजौरी–रोल्पा दहवन सडक क्षेत्र कालोपत्रेको काम भइरहेता पनि ग्वारखोलामा पुल नभएका कारण वर्षायाममा उक्त सडक बन्द हुने गर्दछ । त्यसैलाई मध्यनजर राख्दै पुल निर्माणका लागि माग गरिएको छ ।

त्यस्तै तुलसीपुरसहित शान्तिनगर, बबई र दंगीशरण गाउँपालिकाबीच र नागरिकको समेत सहभागितामा अत्याधुनिक बधशाला निर्माण गर्ने योजना बनाएका छौँ । जुन बधशाला निर्माण भएपछि पशुपालन गर्ने किसानहरूका लागि फाइदा पुग्ने छ । थारू राजाको राज्य सुकौराकोटका लागि स्थानीय सरकारबाट पहिलो पटक बजेट व्यवस्थापन गरेर योजना कार्यान्वयनको चरणमा पुगेका छौँ ।

त्यसका साथै प्रत्येक सामुदायिक विद्यालयहरूमा कम्प्यूटर, फोटोकपी व्यवस्थापनको काम सुरू गरेका छौँ । सामुदायिक विद्यालयका भौतिक संरचना व्यवस्थापनको कामलाई समेत प्राथमिकतामा राखेका छौँ । त्यस्तै पालिकाभित्रको आन्तरिक चक्रपथ निर्माणको चरणमा रहेको छ भने बाह्य चक्रपथ निर्माणका लागि काम अघि बढाएका छौ । ग्वारखोलाको कटान क्षेत्रमा तटबन्धनका लागि काम अघि बढाएका छौ ।

आर्थिक समृद्धिका लागि उत्पादनमै जोड दिनुपर्छ । हामीले बजारको मागअनुसार उत्पादनलाई जोड्न सक्यौँ भने त्यो सबैभन्दा ठूलो आर्थिक समृद्धिको आधार हो । किसानले उत्पादन गरेका वस्तुहरूले बजारमा मूल्य नपाउने अवस्था छ । उत्पादनकर्ता र उपभोक्ताबीचको मूल्यमा आकाश पाताल सधै फरकपन देखिन्छ । अब बजारको माग अनुसार उत्पादन हुनुपर्छ । हामीले औद्योगिक ग्राम स्थापनाका लागि काम अघि बढाएका छौँ ।

औद्योगिक ग्राम स्थापना गर्नका लागि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ मा जग्गा व्यवस्थापन भएको छ । उक्त जग्गालाई तारबार गरेर छुट्याउने काम गर्दैछौँ । त्यस्तै अत्याधुनिक बधशाला निर्माण, किसानहरूहको उत्पादन बजारीकरणमा ध्यान दिनुपर्छ । किसानहरूलाई यान्त्रीकरणमा जोड दिने र लागत खर्च घटाउन सकियो भने समृद्ध हुन्छ ।

हामी आएपछि सडक कालोपत्रे, मेट्रो अस्पतालमा जनशक्ति व्यवस्थापन, मेट्रो कलेजमा पढ्दै कमाउँदै अभियान, टरिगाउँ विमानस्थलको डिपिआर पूरा, नेपाल आयल निगम डिपोमा पुग्नका लागि सडक निर्माण जो कालोपत्रेका लागि काम अघि बढेको छ । तुलसी ट्रेड हाउसको निर्माण सुरू ।

शिक्षा क्षेत्रमा स्थानीय पाठ्यक्रम निर्माण भई पाठ्यपुस्तक लेखन प्रक्रिया सुरू, जग्गाको वर्गीकरणको काम गरेका छौ । कृषि र आवासीय क्षेत्र निर्धारण नक्सांकन प्रक्रियाबाटै गरेका छौँ । त्यसका साथै हामीले अन्तरपालिका समन्वय, सहकार्यलाई अघि बढाएका छौँ । कम्तिमा नागरिकले स्वास्थ्य उपचार पाउनुपर्छ । त्यसका लागि विपन्न नागरिकलाई उपचारका लागि खर्चको व्यवस्थापन गरेका छौँ ।


सुरक्षित गन्तव्य

टिकाराम खड्का
नगर प्रमुख
तुलसीपुर उपमहानगरपालिका


 

 

  • मतदाताका अपेक्षा कसरी समेट्नु भएको छ ?
    स्थानीय तहमा सीमित साधनस्रोतका बीच असीमित योजना, मागहरू छन् । हामीसँग बजेट सीमित छ । अधिकारका क्षेत्रसमेत सीमित छन् । नागरिकको नजिकको सरकार स्थानीय सरकार हो । संघ र प्रदेश सरकारसँग नागरिकको प्रत्यक्ष सम्पर्क हुन सक्दैन । मतदाताहरूका अपेक्षाहरूलाई क्रमशः पूरा गर्दै जाने योजनामा छौँ । मतदातालाई प्रत्यक्षरूपमा लाभ मिल्ने खालका योजनाहरू समेट्दै आएका छौँ ।

हामी निर्वाचित भएर आएपछि पहिलो निर्णय नै भूमिहीन सुकुम्बासीहरूका लागि गरेका थियाँै । यो कार्यान्वयनका लागि संघ र प्रदेशको निर्वाचनका कारण समस्या सिर्जना भयो । फेरि सुरूवात् गर्ने योजनामा थियौँ । राष्ट्रिय परिचयपत्र वितरणको कामले गर्दा केही ढिलाइ भएको छ । अब हामीले विगतमा संकलन गरिएका निवेदनमा केही अपुग भए थप्नका लागि समय दिएका थियौँ त्यो पूरा भएको छ ।

आयोगबाट पालिकामा जनशक्तिसमेत पठाइसकिएको अवस्था छ त्यो कामलाई वडास्तरमा वडास्तरीय समिति गठन गरेर नाप नक्सांकनका क्रममा कुनै समस्या सिर्जना भए समाधानार्थ उक्त समितिले काम गर्नेछ । हामी निर्वाचित भएर आएपछि २२ वटा सडक कालोपत्रे गर्ने काम सुरू भएको छ । जाडो मौसम सुरू भएका कारण केही सडकमा काम रोकिएको थियो त्यो फेरि सुरू भएको छ ।

यसका साथै मतदाता अपेक्षा अनुरूप काम गरिरहेका छौँ । देशको अर्थतन्त्रमा परेको प्रत्यक्ष प्रभाव हाम्रो स्थानीय सरकारमा समेत परेको छ । संघीय सरकारले केही दिन अघि मात्रै २० प्रतिशत बजेट कटौती गर्न निर्देशनसमेत दिएको छ । मतदाताहरूका अपेक्षा सडक, खानेपानी, विद्युत, सिचाइँलगायतका पूर्वाधार निर्माणमा अघि बढेका छौ ।

  • उपमहानगरका प्राथमिकताका योजना के–के हुन् ?
    स्वास्थ्य, शिक्षा पहिलो प्राथमिकता हो । त्यसैलाई दृष्टिकोण राख्दै जसरी संघ, प्रदेशका आफ्नै अस्पतालहरू छन् । त्यस्तै हाम्रो पनि सुविधा विशेषज्ञसहितको अस्पताल निर्माणको लागि मेट्रो अस्पताल सञ्चालनमा ल्याएका छौँ । जनशक्ति अभाव थियो । हामी निर्वाचित भएर आएपछि त्यहाँ दरबन्दी सिर्जना गरेर जनशक्ति व्यवस्थापन गरेका छौँ ।

विशेषज्ञसहितको दरबन्दी संघीय सरकारबाट समेत माग गरेर कार्यान्वयनमा ल्याएका छौँ । अब हाम्रा योजनाहरू सीमित वडा वा पालिकाभित्रमात्रै सीमित हुनुहुँदैन । यसैलाई मध्यनजर गर्दै हामीले नै नेतृत्व लिएर बबई करिडोरका लागि दाङ उपत्यकाका घोराही, तुलसीपुर उपमहानगरपालिका र बबई र दंगीशरण गाउँपालिकाबीच अन्तरपालिका बैठक आयोजना गरेर विस्तृत विवरण प्रतिवेदनका लागि माग गरेका छौँ ।

त्यस्तै सडक सञ्जाल निर्माणका क्रममा समेत अन्तर जिल्ला जोड्ने सडक निमार्णका लागि समेत योजना बनाएका छाँै । बिजौरी–रोल्पा दहवन सडक क्षेत्र कालोपत्रेको काम भइरहेता पनि ग्वारखोलामा पुल नभएका कारण वर्षायाममा उक्त सडक बन्द हुने गर्दछ । त्यसैलाई मध्यनजर राख्दै पुल निर्माणका लागि माग गरिएको छ ।

त्यस्तै तुलसीपुरसहित शान्तिनगर, बबई र दंगीशरण गाउँपालिकाबीच र नागरिकको समेत सहभागितामा अत्याधुनिक बधशाला निर्माण गर्ने योजना बनाएका छौँ । जुन बधशाला निर्माण भएपछि पशुपालन गर्ने किसानहरूका लागि फाइदा पुग्नेछ ।

  • आर्थिक समृद्धिको आधारहरू के हुन् ?
    आर्थिक समृद्धिका लागि उत्पादनमै जोड दिनुपर्छ । हामीले बजारको मागअनुसार उत्पादनलाई जोड्न सक्यौँ भने त्यो सबैभन्दा ठूलो आर्थिक समृद्धिको आधार हो । किसानले उत्पादन गरेका वस्तुहरूले बजारमा मूल्य नपाउने अवस्था छ । उत्पादनकर्ता र उपभोक्ताबीचको मूल्यमा आकाश पाताल सधै फरकपन देखिन्छ । अब बजारको माग अनुसार उत्पादन हुनुपर्छ । हामीले औद्योगिक ग्राम स्थापनाका लागि काम अघि बढाएका छौ ।

औद्योगिक ग्राम स्थापना गर्नका लागि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ मा जग्गा व्यवस्थापन भएको छ । उक्त जग्गालाई तारबार गरेर छुट्याउने काम गदैछौँ । त्यस्तै अत्याधुनिक बधशाला निर्माण, किसानहरूहको उत्पादन बजारीकरणमा ध्यान दिनुपर्छ । किसानहरूलाई यान्त्रीकरणमा जोड दिने र लागत खर्च घटाउन सकियो भने समृद्ध हुन्छ ।
देखिने गरी भएका कामहरू के छन् ?

हामीले आएपछि सडक कालोपत्रे, मेट्रो अस्पतालमा जनशक्ति व्यवस्थापन, मेट्रो कलेजमा पढ्दै कमाउँदै अभियान, टरिगाउँ विमानस्थलको डिपिआर पूरा, नेपाल आयल निगम डिपोमा पुग्नका लागि सडक निर्माण जो कालोपत्रेका लागि काम अघि बढेको छ । तुलसी टे«ड हाउसको निर्माण सुरू । शिक्षा क्षेत्रमा स्थानीय पाठ्यक्रम निर्माण भई पाठ्यपुस्तक लेखन प्रक्रिया सुरू, जग्गाको वर्गीकरणको काम गरेका छौँ ।

कृषि र आवासीय क्षेत्र निर्धारण नक्सांकन प्रक्रियाबाटै गरेका छाँै । त्यसका साथै हामीले अन्तरपालिका समन्वय, सहकार्यलाई अघि बढाएका छौ । कम्तिमा नागरिकले स्वास्थ्य उपचार पाउनुपर्छ । त्यसका लागि विपन्न नागरिकलाई उपचारका लागि खर्चको व्यवस्थापन गरेका छौँ ।

  • पालिकाले कुन क्षेत्रमा सम्भावना बोकेको छ ?
    हाम्रो पालिका कृषि, उद्योग, पर्यटन, शिक्षा क्षेत्रमा निकै सम्भावना बोेकेको क्षेत्र हो । यस क्षेत्रमा सिचाइँ सुविधा पु¥याउन सकियो भने खेतीयोग्य जमिन छ । कृषि क्षेत्रका लागि बबई र ग्वारखोला करिडोर निर्माण गर्न सक्याँै भने हजारौ बिघा खेतीयोग्य जग्गा आउँछ नै बर्सेनि कटानी हुने कृषियोग्य क्षेत्रसमेत सुरक्षित रहन्छ । पहाडी क्षेत्रमा फलफूल र जडीबुटी खेतीका लागि निकै उर्वरक्षेत्र हो । हामीले यस क्षेत्रका पर्यटकीय क्षेत्रको विकास गर्न सक्यौँ भने निकै सम्भावना रहेको छ । थारू राजाको क्षेत्र सुकौराकोट, छिल्लीकोटे राजाको छिल्लीकोट, थर्कोट, चमेरे गुफा, शान्तिपार्क, नेपाल संस्कृत विश्वविद्यालय, आयुर्वेद अस्पतालहरू यही क्षेत्रमै छन् । योग संस्कृतिको विकास, संस्कृतप्रति आम नागरिकको चासो छ ।
  • पाँच वर्षको गन्तव्य कति सुरक्षित देख्नुभएको छ ?
    चुनौतीका बाबजुद गन्तव्य सुरक्षित नै छ । हाम्रासामु राजस्व संकलनमा चुनौती छन् । करको दर होइन दायरा बढाउनुपर्छ भन्ने योजनामा छौँ । नागरिकका असीमित मागहरूलाई सीमित बजेटबाट पूरा गर्नु मुख्य चुनौती हो । संघ र प्रदेशअन्तर्गतका योजनाहरूमा समेत स्थानीय तहबाट काम गर्नुपर्ने बाध्यता छ । जस्तो कि राप्ती राजमार्ग वर्षायाममा पहिरो गयो भने हामीले हटाउनुपर्छ । त्यो हाम्रो बजेट खर्च हुन्छ । यद्यपि त्यो हाम्रो कार्यक्षेत्र होइन तर हाम्रा नागरिकले अनाहकमा दुःख पाउने अवस्थाको अन्त्य त गर्नुपर्छ ।
  • कानुन निर्माण प्राथमिकतामा परेको छ कि छैन ? अहिलेसम्म कति कानून निर्माण भए ?
    हामी करिब पाँच दर्जन बढी कानुन बनाएका छौँ । जो समाजबाट हेपिएका दबिएका आवाज छन् दलितसम्बन्धी सशक्तीकरण विधेयक ल्याएका छौँ । त्यसका साथै कानुन निर्माणमा हाम्रा प्राथमिकता क्षेत्र नै । त्यस्तै कार्यविधिसमेत बनाएका छौँ । पटक–पटक समस्या सिर्जना हुँदै आएको मेला महोत्सवलाई मध्यनजर राख्दै कार्यविधि निर्माण गरेका छौँ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here