Saturday, October 11, 2025
Homeमुख्य खबरमेट्रोमा स्वागत तथा सम्मान

मेट्रोमा स्वागत तथा सम्मान

- Advertisement -spot_img

तुलसीपुर, २४ जेठ ।
दाङको तुलसीपुर उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत तथा सम्मान गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेजमा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत तथा सम्मान गरिएको हो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रूपमा विकास गर्ने बताएका छन् । समयसापेक्ष शिक्षाका रूपमा प्राविधिक शिक्षाको विकास अपरिहार्य भएको हुँदा स्थानीय सरकार प्रमुखका रूपमा आफूले विशेष भूमिका बहन गर्ने उनको भनाइ थियो ।

तुलसीपुर मेट्रो कलेजले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै कलेजका अध्यक्षसमेत रहेको खड्काले कलेजलाई नमुना बनाउनका लागि सबैको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिए । निम्नवर्गका जनतालाई प्राविधिक शिक्षाको पहुँचमा ल्याउनका लागि पालिकाले विशेष कार्यक्रम सञ्चालन गर्ने समेत उनले बताए ।

कार्यक्रममा उपप्रमुख स्यानी चौधरीले प्राविधिक शिक्षालाई निःशुल्क बनाउने प्रतिवद्धता व्यक्त गरिन् । ‘सामान्य जनताका छोराछोरीहरू आर्थिक अभावमा पढ्न नसक्ने वातावरण हाम्रो नेतृत्वमा हुँदैन’ चौधरीले भनिन् । कलेजको उपाध्यक्षसमेत रहेकी चौधरीले मेट्रो कलेजको गरेको कामको प्रशंसासमेत गरिन् ।

सो अवसरमा निवर्तमान मेयर घनश्याम पाण्डेले जनताको साथ र सहयोगले कलेज स्थापनाको सपना पूरा भएको बताए । ‘कलेज सञ्चालनका क्रममा केही भ्रम सिर्जना भएको थियो तर जनतालाई हामीले बुझाउन सफल भएका छौँ’ पाण्डेले भने । उनले कलेजलाई विश्वविद्यालयस्तरमा लैजाने आफ्नो सपना भएको पनि बताए ।

प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले प्राविधिक शिक्षाको विकासमा कलेजले विशेष भूमिका वहन गरेको बताए । सो अवसरमा वडा अध्यक्ष खुसीराम चौधरी, मानबहादुर रावत र धर्म वलीले शुभकामना व्यक्त गरेका थिए । पूर्व वडा अध्यक्ष सूर्यबहादुर डाँगीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सुधासुमन ढकालले गरेकी थिइन् भने कार्यक्रमको सभापतित्व कलेज प्रमुख वसन्त आचार्यले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here