Saturday, October 11, 2025
Homeमुख्य खबरछसय विद्यार्थीको ब्लडग्रुप पहिचान

छसय विद्यार्थीको ब्लडग्रुप पहिचान

- Advertisement -spot_img

दाङ, २३ जेठ ।
हाम्रो पहुँच सेकेन्डरी स्कुलका विद्यार्थीको निःशुल्क रक्त समूह अर्थात् ब्लडग्रुप परिक्षण गरिएको छ । ब्लड बैंक तुलसीपुरमा ल्याब ईन्चार्जको रूपमा कार्यरत रहेका नरेश चौधरीले हाम्रो पहुँच माध्यमिक विद्यालयमा कक्षा ३ देखि १० कक्षासम्म अध्ययनरत करिब ६ सय विद्यार्थीको निःशुल्क रक्त समूह परिक्षण गरेका हुन् ।

आफू सो विद्यालयको पूर्व विद्यार्थी रहेको भन्दै सो विद्यालयमा अध्ययनरत अन्य विद्यार्थीलाई थोरै भएपनि राहत मिलोस् भनेर आफूले निःशुल्क रक्तसमूह परिक्षण गरिदिएको उनको भनाइ छ । उनले यसअघि पनि मावि कालाखोला लगायतका विद्यालयमा विद्यार्थीको पनि निःशुल्क रक्तसमूह परिक्षण गरिदिएको पनि उनले बताए ।

रक्तसमूह अर्थात् ब्लडग्रुप परिक्षण गर्दा समूहगत रूपमा प्रतिव्यक्ति एक सय लाग्ने गरेपनि पूर्णरूपमा निःशुल्क गरेको उनको भनाइ छ । विद्यार्थीले भने निःशुल्क सेवा पाउँदा खुसी भएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here