Saturday, October 11, 2025
Homebreaking-newsकेन्द्रीय सरकारको अनुदान, दाङका स्थानीय सरकारलाई पाँच अर्ब

केन्द्रीय सरकारको अनुदान, दाङका स्थानीय सरकारलाई पाँच अर्ब

- Advertisement -spot_img

दाङ, २२ जेठ ।
संघीय सरकारले बजेट सार्वजनिक गरेसँगै जिल्लास्तरमा आउने अनुदानको पनि निर्काेल भएको छ । देश भरका ७ सय ५३ स्थानीय सरकारलाई संघीय सरकारले कार्यसम्पादनको आधारमा अनुदान बजेट व्यवस्थापन गरेको छ ।

संवैधानिक ब्यवस्थाअनुसार जेठ १५ मा बजेट घोषणा गरेको संघीय सरकारले प्रदेश र स्थानीय सरकारका लागि अनुदान बजेट व्यवस्थापन गरेको हो । अब प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गतेभित्र आफ्नो बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ । संघको अनुदान बजेटलाई समेत समेटेर तल्लो तहका सरकारले आफ्नो बजेट तथा कार्यक्रम ल्याउने छन् ।

त्यसैअन्तर्गत दाङका दश स्थानीय सरकारलाई केन्द्रीय सरकारले सरकारी वित्तीय हस्तान्तरण मार्फत विभिन्न शीर्षकमा ५ अर्ब २ करोड ५ लाख रूपैयाँ अनुदान बजेट पठाएको हो । दाङमा चालु तर्फ ४ अर्ब २७ करोड ५२ लाख र पूँजीगत तर्फ ७४ करोड ५३ लाख रूपैयाँ बजेट आएको छ ।

समानिकरण अनुदानअन्तर्गत न्यूनतम अनुदान ४४ करोड २५ लाख, सुत्रमा आधारित अनुदान १ अर्ब १९ करोड ६१ लख, कार्यसम्पादनमा आधारित अनुदान ५ करोड ९ लाख गरेर कुल १ अर्ब ६८ करोड ९५ लाख अनुदान आएको छ ।

सशर्त अनुदानतर्फ चालु बजेटमा २ अर्ब ५७ करोड ५७ लाख, पुँजीगततर्फ ५५ करोड ३३ लाख गरी जम्मा ३ अर्ब १२ करोड ९० लाख अनुदान रहेको छ । त्यस्तै दाङ जिल्लाले विशेष अनुदानतर्फ ७ करोड ४० लाख प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

जिल्लाका दश पालिकामध्ये सबैभन्दा बढी केन्द्रीय सरकारको अनुदान घोराही उपमहानगरपालिकाले प्राप्त गरेको छ । उसको अनुदान १ अर्ब माथि रहेको छ भने तुलसीपुरले ९१ करोड अनुदान प्राप्त गरेको छ । सबैभन्दा कम शान्तिनगर गाउँपालिका र राजपुर गाउँपालिका रहेका छन् । दुबै पालिकाले २७ करोड बढी अनुदान पाएका छन् ।

समानीकरण अनुदानतर्फ घोराही उपमहानगरपालिकाले ८ करोड ७५ लाख, तुलसीपुर उपमहानगरपालिकामा ८ करोड २५ लाख, लमही नगरपालिकामा २ करोड ७५ लाख, गढवा गाउँपालिकामा ३ करोड ५० लाख, दंगीशरण गाउँपालिकामा ३ करोड २५ लाख, बंगलाचुली गाउँपालिकामा ३ करोड २५ लाख, बबई गाउँपालिकामा ३ करोड २५ लाख, राजपुर गाउँपालिकामा ३ करोड २५ लाख, राप्ती गाउँपालिकामा ३ करोड ७५ लाख र शान्तिनगर गाउँपालिकामा ३ करोड ७५ लाख अनुदान आएको छ ।

सुत्रमा आधारित अनुदानतर्फ घोराही उपमहानगरपालिकाले २६ करोड ६७ लाख, तुलसीपुरले २४ करोड ८१ लाख, लमहीले ११ करोड ७० लाख, गढवाले ९ करोड २५ लाख, दंगीशरणले ६ करोड ७२ लाख, बंगलाचुलीले ६ करोड ९० लाख, बबईले ७ करोड २५ लाख, राजपुरले ७ करोड १३ लाख, राप्तीले १० करोड ५३ करोड र शान्तिनगर गाउँपालिकाले ७ करोड ४५ लाख अनुदान प्राप्त गरेका छन् ।

त्यस्तै कार्यसम्पादनमा आधारित अनुदानतर्फ घोराहीमा ५३ लाख, तुलसीपुरमा ५६ लाख लमहीमा ३५ लाख, गढवामा ४२ लाख, दंगीशरणमा ५२ लाख, बंगलाचुलीमा ४७ लाख, बबईमा ५१ लाख, राजपुरमा ४० लाख, राप्तीमा ६२ लाख र शान्तिनगरमा ६१ लाख अनुदान आएको छ ।

सशर्त अनुदानतर्फ घोराहीमा ६२ करोड ७२ लाख, तुलसीपुरमा ५६ करोड २८ लाख, लमहीमा २१ करोड १४ लाख, गढवामा १९ करोड ४१ लख, दंगीशरणमा १२ करोड ५ लाख, बंगलाचुलीमा १ करोड ५२ लाख, बबईमा १६ करोड ७ लाख, राजपुरमा १५ करोड १४ लाख, राप्तीमा १८ करोड २४ लाख र शान्तिनगरमा १६ करोड २० लाख अनुदान पठाइएको छ ।

पुँजीगततर्फ घोराही उपमहानगरपालिकामा ७ करोड ३० लाख, तुलसीपुर उपमहानगर–पालिकामा ६ करोड ६३ लाख, लमही नगरपालिकामा १६ करोड ९१ लाख, गढवा गाउँपालिकामा २ करोड ६७ लाख, दंगीशरणमा ४ करोड ३७ लाख, बंगलाचुलीमा ३ करोड ४५ लाख, बबई गाउँपालिकामा २ करोड ३९ लाख, राजपुरमा ४ करोड २६ लाख, राप्ती गाउँपालिकामा ४ करोड ८१ लाख र शान्तिनगर गाउँपालिकामा २ करोड ४५ लाख अनुदान आएको छ ।

विशेष अनुदानतर्फ बबई गाउँपालिकाले १ करोड अनुदान पाएको छ भने पुँजीगत प्रकृतितर्फ घोराही उपमहानगरपालिकाले २ करोड, तुलसीपुर उपमहानगर–पालिकाले १ करोड ३० लाख, लमही नगरपालिकाले ३ करोड, गढवा गाउँपालिकाले २ करोड, बंगलाचुलीले १ करोड ५० लाख, राप्ती गाउँपालिकाले १ करोड र शान्तिनगर गाउँपालिकाले १ करोड अनुदान पाएका छन ।

त्यस्तै समपुरक अनुदान– पुजीगत प्रकृतितर्फ घोराहीमा १ करोड, तुलसीपुरमा १ करोड ६० लाख, लमहीमा २ करोड, बंगलाचुलीमा ९० लाख, राप्तीमा ५० लाख र शान्तिनगरमा १ करोड ४० लाख अनुदान आएको छ ।

कुनमा कति अनुदान

– घोराही उपमहानगरपालिकाः १ अर्ब ३ करोड ५५ लाख,
– तुल्सीपुर उपमहानगरपालिकाः ९१ करोड ५८ लाख,
– लमही नगरपालिकाः ४४ करोड ६९ लाख,
– बबई गाउँपालिकाः ३३ करोड १६ लाख,
– गढवा गाउँपालिकाः ३६ करोड ९५ लाख,
– शान्तिनगर गाउँपालिकाः २७ करोड ९१ लाख,
– दंगीशरण गाउँपालिकाः २५ करोड २४ लाख,
– बंगलाचुली गाउँपालिकाः ३२ करोड ०६ लाख,
– राजपुर गाउँपालिकाः २७ करोड ५३ लाख,
– राप्ती गाउँपालिकाः ३३ करोड ४० लाख ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here