Saturday, October 11, 2025
Homeसम्पादकीयजल पर्यटनको सम्भावना

जल पर्यटनको सम्भावना

- Advertisement -spot_img

नेपालमा पर्यटकीय सम्भावनाहरू अत्यधिक छन् । विषयगत पर्यटकीय क्षेत्रले नेपाललाई सुशोभित बनाएको छ । प्रकृतिले नै पर्यटकीय विविधता प्रदान गरेको देश हो । त्यसको सदुपयोग, चिनारी र व्यवस्थापनमा मात्रै हामी चुकेको र ध्यान दिन नसकेको अवस्था छ ।

यो अवस्थालाई हटाएर नेपाललाई पर्यटनको केन्द्र बनाउन राज्य नै अग्रसर हुनुपर्छ । पछिल्लो समय नेपालका प्रदेश सरकारहरूले आफ्नो प्रदेशभित्रको पर्यटकीय सम्भावनाको खोजी गरिरहेका छन् । प्रदेशमा भएको संरचना र स्रोतलाई परिचालन गरेर पर्यटनलाई आयआर्जनसँग जोड्ने प्रयास पनि देखिन्छ । लुम्बिनी प्रदेशले प्रदेशमा पर्यटकीय संरचना नै निर्माण गरेर पर्यटन गतिविधि सुरू गरिरहेको छ । पछिल्लो समय लुम्बिनी प्रदेशले जल पर्यटनलाई महत्व दिएर सम्भव भएका नदीहरूमा जल पर्यटनको सुरूवात गरेको छ । यो प्रदेश पर्यटनको लागि प्रभावकारी कार्य हो ।

लुम्बिनी प्रदेश पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयले प्रदेश पर्यटन बोर्ड बनाएर विभिन्न गतिविधिहरू समेत बढाइसकेको देखिन्छ । नेपालमा पर्यटन क्षेत्रको विकास र विस्तार–विस्तारै बढ्दै पनि गइरहेको छ । मन्त्री डिल्लीबहादुर चौधरीको सक्रियतामा अहिले राप्ती नदीमा जल पर्यटनको सुरू भएको छ । प्रदेशमा पाँच स्थानमा जलयात्राको अवधारणा सार्वजनिक गरेर जललाई पर्यटन र आम्दानीसँग जोड्न खोज्नु राम्रो काम हो । त्यसलाई निरन्तरता पायो भने यसको सार्थकता अझ बढेर जाने निश्चित छ ।

पहिलो चरणमा राप्ती नदीको बाँके क्षेत्र कुसुक–अगैयामा जलयात्रा सुरू भएको छ । भने केही दिनमा बड्डाँडा प्यूठान–भालुवाङको जलयात्रा तयारी छ । बबईको पुरन्धारा क्षेत्रलाई पनि जल पर्यटनसँग जोड्ने तयारी प्रदेश सरकारको हुने पर्यटनको विकास र पर्यटन व्यवसायको विकास हुने् पक्का छ । सबै हिसानले उपयुक्त जलयात्रालाई स्थानीय सरकारको समन्वयमा व्यवस्थापन गर्नुपर्ने देखिन्छ । स्थानीयको अग्रसरताले मात्रै यो व्यवसायलाई आर्थिक विकाससँग जोड्न सकिन्छ ।

नेपालमा पाइने प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जैविक तथा अन्य विभिन्न विविधताहरूले संसारका मानिसलाई आकर्षित गरेका छन् । जसका कारणले पर्यटन व्यवसायको विकासको सम्भावना निकै बढिरहेको छ । नेपालको पृथक भौगोलिक बनावट, शृंखलावद्ध हिमालहरू, झरनाहरू, पाखा, पखेरा, टाकुरा, जंगल झाडी, यहाँ नदीनालाहरू, कला संस्कृति, भेषभूषा, रितिरिवाज पाहुनाको आतिथ्यता सत्कारको शैली पर्यटनको मुख्य क्षेत्र हुन् । सांस्कृतिक विविधता, जातजाति, भेषभूषा, कला संस्कृतिलाई पर्यटन व्यवसायसँग जोड्न सकेमा थप प्रभावकारिता हुने देखिन्छ । यसले नागरिकहरूको आर्थिक सुधारको अपेक्षा सहजै गर्न सकिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here