Wednesday, October 1, 2025
Homeविचारदललाई चुनावी चटारो

दललाई चुनावी चटारो

- Advertisement -spot_img

बैशाखमा ३० मा स्थानीय निर्वाचनको मिति तोकिएको छ । निर्वाचन आयोगले निर्वाचनको तयारी अन्तिम चरणमा पु¥याउँदै गर्दा राजनीतिक दलहरूमा पनि चुनावी सरगर्मी बढाएका छन् । राजनीतिक तलका शीर्ष नेताहरू चुनावी सभा र योजनाहरूको उद्घाटन समारोहमा ब्यस्त भएका छन् । निर्वाचनको मिति नजिकिदै गर्दा दलहरूमा देखिएको सरगर्मीले देश नै तताएको छ । निर्वाचन प्रक्रिया सुरू भएसँगै राजनीतिक दलहरूले प्रचार अभियानको नाममा विभिन्न क्षेत्रमा बहानागत रूपमा शक्तिसमेत देखाइरहेका छन् । माओवादी अध्यक्ष प्रचण्ड रोल्पामा केही दिन अघिमात्र सभा समारोहमा सहभागी भए भने सोही दिन एमाले अध्यक्ष ओली कपिलवस्तुमा उर्लिए । लुम्बिनी प्रदेशका एकैदिन दुई जिल्लामा ठूलै सभा गरे यसले पनि दललाई चुनाव लाग्यो भन्ने देखाएको छ ।

नेपालमा पनि निर्वाचनमा गठबन्धनको अभ्यास देखिन्छ । गएको स्थानीय र केन्द्रीय, प्रदेश निर्वाचनमा फरक–फरक गठबन्धनमा रहेर निर्वाचन भए । नतिजा त्यहिअनुसार आयो । तर त्यो गठबन्धन टिक्न सकेन दुवैतर्फको गठबन्धन फरक–फरक अवस्थामा पुगेको छ । अहिले पनि पुनः निर्वाचनमा गठबन्धनको चर्चा सुरू भएको छ । सत्ता गठबन्धन र विपक्षमा रहेका पार्टीको गठबन्धन हुने चर्चा सबै राजनीतिक दलमा रहेको छ । निर्वाचन लोकतन्त्रको आधार स्तम्भ हो । लोकतन्त्रको स्थायीत्वको लागि निष्पक्ष निर्वाचन आवश्यक हुन्छ । जनताले आफ्ना प्रतिनिधिको छनौट गर्ने प्रद्धति पनि यहि नै हो । तर निर्वाचनको नाममा नकारात्मक कार्यले बढवा पाइरहेका हुन्छन् । यस्ता कार्यलाई नियमन र निस्तेज गरिनुपर्छ । लोकतान्त्रिक पद्धतिको सबैले सम्मान गर्नुपर्छ । स्थानीय निर्वाचनमा त्यो अवस्था आउनु जरूरी छ । राजनीतिक दलले गालीगलौज गरेरभन्दा पनि मुद्दा निर्माण गरेर निर्वाचन आफ्नो पक्षमा पार्न तर्फ लाग्नुपर्छ ।

नियमित रूपमा संविधानले तोके अनुसार निर्वाचन हुनु राम्रो पक्ष हो । विगतमा जस्तो लामो समय स्थानीय सरकार जनप्रतिनिधिविहीन बनाउनुभन्दा समयमा निर्वाचन गरेर जनप्रतिनिधिमय स्थानीय सरकार बनाउनतर्फ अग्रसर हुनुपर्छ । निर्वाचन यो वा त्यो बहानामा सारिनु हुँदैन । समयमा निर्वाचन गराएर नागरिकको मत हाल्ने अधिकार सुनिश्चित हुनपर्छ । नागरिकले आफूले रोजेका उम्मेदवारलाई सहज र सुरक्षित रूपमा मतदात गर्न पाउनुपर्छ । दलहरूले चुनावी सभामा बोल्ने गरेको स्वच्छ, निष्पक्ष र धाधलीरहित निर्वाचनको नारालाई व्यवहारमा कार्यान्वयन गराउनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here