जीतसागर जी.एम.
संस्थापक जनप्रतिनिधिको कार्यकाल अन्तिम चरणमा पुगेको छ । सरकारले वैशाख ३० गते नयाँ निर्वाचन मिति घोषणा गरेर चुनावको तयारी बढाई रहदा संस्थापक जनप्रतिनिधिहरूले पनि आफ्नो कार्यकालको अन्तिम घडीमा छन् । उनीहरूले आफ्नो कार्यकालको समीक्षा गर्न सुरू पनि थालेका छन् । कार्यकाल सकिदै गर्दा कति जनप्रतिनिधिहरू पूर्णरूपमा सफल भएका छन् भने कति पूरै कार्यकाल असफल जस्तो पनि देखिन्छन् । संघीय संरचनाअन्तर्गत स्थानीय सरकारमा संस्थापक जनप्रतिनिधिहरूले आफूलाई यो कार्यकालका कसरी समीक्षा गर्दछन् ? के कति गर्नसके कति गर्न चाहेर पनि बाँकी रहने अवस्था आयो तथा जनतासँगको सामीप्यता कति रह्यो ? यसै विषयमा रहेर संस्थापक वडा सरकारका अध्यक्षहरूलाई प्रदेश टुडे राष्ट्रिय दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा ल्याएका छौं । – सम्पादक
बिरामीलाई डोकोमा बोक्नुपर्ने अवस्था छैन्
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ तराई र पहाडी भेग दुवै भूभाग भएको ठाउँ हो । यस वडामा विकास निर्माण गर्न अन्य वडामा जस्तो सहज छैन् । तर पनि मैले निर्वाचनको समयमा सक्ने जतिमात्रै प्रतिवद्धता गरेको थिए । त्यसकारण पनि गरिएका प्रतिवद्धतामध्ये करिब ९० प्रतिशत प्रतिवद्धता पूरा गरेको छु । वडामा करिब ६ किलोमिटर कालोपत्रे गरेका छौँ भने पहाडी भेगमा सडकको नयाँ ट्रयाक खोलेका छौँ । सल्यानमा जोडिएका बस्ती हुँदै मोटरबाट राप्ती राजमार्गसँग जोडेका छौँ । नगरको विकास प्राधिकरणमार्फत करिब १ हजार २ सय मिटर कालोपत्रे गरेका छौँ ।
वडा नम्बर १ मा पाँच वर्षको अवधिमा विद्युत विस्तारदेखि सडकको पहुँच विस्तार सबै ठाउँमा पु¥याएका छौँ । वडाले आर्थिक वर्ष ०७४÷०७५ देखि आर्थिक वर्ष हालसम्म नागरिकलाई विद्युत, सडक खानेपानी, सिचाइँ, शिक्षालगायतका क्षेत्रको पहुँचमा जोड्न सफल भएको छ । जनप्रतिनिधिविहीन अवस्थामा विकास पाउन नसकेका नागरिकलाई आफूहरू आएसँगै स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, विद्युतको पहुँच विस्तार गरिएको हो । भौगोलिक हिसाबले केही भूभाग विकट भएपनि विकास निर्माणका काम सकेजति गरेका छौँ । वडाले जनप्रतिनिधि पाएपछि बयाले, दमारगाउँ, ठाँटीगाउँ र काठेखोली लगायतका ठाउँमा विस्तार गरेको छ ।
वडाले च्युरीको बोटदेखी मख्खन टाकुरी हुँदै कर्णाली प्रदेशको सल्यानको लुहामसम्म नयाँ सडक विस्तार गरेको छ । सडकको विस्तारसँगै बिरामीलाई डोकोमा बोक्नुपर्ने बाध्यता अन्त्य भएको छ । त्यस्तै कोइलाखानीदेखि अविधारा हुँदै शान्तिनगर गाउँपालिकाको बाघखोर विद्यालयसम्म पनि नयाँ सडक विस्तार गरिएको छ । त्यसैगरी महादेव गिरीको घरदेखि शान्तिनगर गाउँपालिका जोड्न नयाँ सडक विस्तार गरेकाछौँ । त्यसैगरी हापुरकोटदेखि अल्छीकोटसम्म नयाँ सडक विस्तार, गैरीखेतदेखि डुडेखोला जोड्ने नयाँ ट्रयाक, झरना टोल विकास संस्थाको फुर्सामाटादेखि च्युरीडाँडा हुँदै सल्यानी डाँडासम्म पनि नयाँ सडक विस्तार गरिएको छ ।
यस्तै विभिन्न स्थानमा सडकको स्तरोन्नतीका लागि ग्राभेल पनि गरिएको छ । वडाले ग्रावेल गरिएका सडकमा ५ हजार ९ सय ५ मिटर पक्की नाला पनि निर्माण गरेको छ भने कालोपत्रे सडकमा २ हजार ३ सय मिटर पक्की नाला निर्माण गरेको छ । वडाले ‘एक घर एक धारा’ भन्ने उद्देश्यका साथ खानेपानीको योजनालाई पनि प्राथमिकतामा राखेको छ । पाँच वर्षको अवधिमा सुन्धारा भगवती टोल विकास संस्थाबाहेक अन्य सबै २० वटा टोलमा खानेपानी पु¥याएको छ ।
वडाले रामनगर टोल विकास संस्थामा सुविधा सम्पन्न ज्येष्ठ नागरिक भवन निर्माण गरेको छ । त्यस्तै उपकार टोल विकास संस्थामा योगा भवन, वडा कार्यालको वडा भवन र पर्खाल, उत्तर कुमार वाटिका, मनकामना मन्दिर, बाखखोरमा नेपाल दुरसञ्चार प्राधिकरणअन्र्तगत नमस्तेको टावर निर्माण गरेको छ । यस्तै वडाका विभिन्न सडकहरूमा सातवटा कल्भर्ट र झरना टोलमा खोप क्लिनिकको भवन निर्माण गरेको छ । यस्तै वडामा गौरवका आयोजना–अन्तर्गत मदन भण्डारी रंगशाला र मनकामना मन्दिरदेखि पश्चिमतर्फ वनभोज स्थल निर्माणाधिन अवस्थामा रहेको छ ।
वडा नम्बर १ ले सिचाइँको योजना निर्माणमा पनि प्राथमिकता दिएको छ । पाँच वर्षको अवधिमा वडा सिचाइँका लागि छोटेकुलो ३१५ मीटर पक्की बनाएको छ । त्यस्तै सिरकट्टी सिचाइँ कुलो २ हजार ८ सय ७० मीटर पक्की बनाएको छ । वडाले खेलकुदका संरचना निर्माणलाई पनि जोड दिएको छ । चार वर्षको अवधिमा वडाले झरना टोल विकास संस्थामा खेलमैदान सम्पन्न गरेको छ भने मदन भण्डारी खेलमैदान निर्माणका साथै सुविधा सम्पन्न ट्वाइलेट र बाथरूम निर्माण सम्पन्न गरेको छ । यस्तै युवा तथा बालबालिकालाई खेलकुद सामग्री वितरण गरेको छ ।
वडाले शिक्षातर्फ वीरेन्द्र मावि भ्यूडर सुनपुर र आधारभूत विद्यालय छोटेमा सुविधासम्पन्न अपाङ्गमैत्री शौचालय निर्माण गरेको छ भने प्रावि कुमाल गाउँमा स्वच्छ पिउने पानीसहित पर्खाल निर्माण गरेको छ । पाँच वर्षको अवधिमा वडाले विपन्न नागरिकलाई उन्नत जातका बंगुर र बाख्राका पाठापाठी वितरणदेखि खरको छानो विस्थापित गर्ने काम गरेको छ । यस्तै वडाले कृषितर्फ कृषकलाई तालिमदेखि विभिन्न कृषि सामग्री अनुदानमा दिएको छ । वडाले कृषकहरूलाई स्प्रे टंकी बीउबिजन आधुनिक कृषि सामग्री वितरण, बेमौसमी कृषि खेतीका लागि कृषकहरूलाई तालिम तथा टनेल वितरण, कृषकहरूलाई फलफूल खेतीमा आकर्षण गर्ने उद्देश्यले विभिन्न जातका फलफूलका विरूवा पनि वितरण गरेको छ ।
९० प्रतिशत प्रतिवद्धता पूरा
वडामा अध्यक्ष निर्वाचित भएर आएको करिब पाँच वर्ष पूरा हुनै लागेको छ । यस अवधिमा म आफूले गरेका प्रतिवद्धता सकेजति धेरै गर्ने कोसिस गरेको छु । तर भनेजति गरेको छैन् । प्रतिवद्धताको सवालमा मभन्दा पनि नागरिक सन्तुष्ट हुनुपर्छ भन्ने हो । मैले सकेजति गर्दा नागरिकले अपेक्षाकृत विकास पाउन सके कि सकेनन् भन्ने कुरा नै प्रमुख हो । तर मलाई लाग्छ नागरिकले भनेजति सबै प्रतिवद्धता पूरा पाउन नसकेपछि अधिकांश गरिएका प्रतिवद्धता नागरिकले पाएका छन् । सबैकुरा भनेजति नहुँदो रहेछ । गरेका प्रतिवद्धता पूरा गर्नलाई सबै कुरा मिल्नुपर्दो रहेछ । सबैभन्दा प्रमुख कुरा आर्थिकको कुरा आउँछ । आर्थिकको अभाव हुँदा विकास गर्न सकिँदैन् । विषेशगरी कोरोना महामारीका कारण आर्थिक समस्या पनि नदेखिएको होइन् ।
शुरूका दुई वर्ष कानुन नीति निर्माणमा अल्झियौँ । त्यसपछि फेरि कोरोना महामारी आएपछि आर्थिक धेरै संकट प¥यो । विकास निर्माणका लागि आएको रकम कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा खर्च गर्नुप¥यो । जसका कारण विकास निर्माणका काममा प्रत्यक्ष असर प¥यो । तर पनि कोरोनाले विकास निर्माणका काम हुँदै नभएको भने होइन् । विकास निर्माणका काम पनि थुप्रै भएका छन् । जनप्रतिनिधि नहुँदा र हुँदा धेरै फरक भएको नागरिकले अनुभूति गरेका छन् । करिब २० वर्षसम्म जनप्रतिनिधि नहुँदा नागरिकले विकास निर्माणका लागि थुप्रै संकट झेल्नुपरेको अवस्थामा जनप्रतिनिधि आएपछि धेरै सहज भएको छ ।
सबैभन्दा महत्वपूर्ण कुरा त विकासका लागि गुरूयोजना बनाउनुपर्छ । गुरूयोजना निर्माण नगरी विकास सम्भव हुँदैन् । हामीले वडा नम्बर ४ को विकासका लागि गुरूयोजना निर्माण गरेका छौँ । वडा नम्बर ४ को विकासका लागि गुुरूयोजना बनाउन मात्रै हामीले करिब ८५ लाख खर्च गरेका छौँ । गुरूयोजना अनुसार धेरै काम गर्न बाँकी छ । तर गुरूयोजनामा भएका केही काम हामीले गरिसकेका पनि छौँ । गुरूयोजना बनाएको हुँदा अब आउने जनप्रतिनिधिलाई विकास निर्माणका लागि सहज नै हुन्छ । अब आउने जनप्रतिनिधिले फेरि पनि गुरूयोजना बनाउनुपर्ने आवश्यकता छैन् । सोहि अनुसार नै अब आउने जनप्रतिनिधिले काम गर्नुभयो भने नागरिकले परिवर्तनको अनुभूति गर्नेछन् ।
वडामा आएको बजेटलाई पारदर्शी ढंगले खर्च गरियो भने नै विकास देखिने हो । हामीले पनि अहिलेसम्म पारदर्शी ढंगले वडामा आएको बजेटलाई खर्च गरेका छौँ । त्यसैले पनि नागरिकले वडा नम्बर ४ मा देखिने गरी विकास पाएका छन् । खुमखानीबाहेकका लगभग सबै ठाउँमा सडक पुगिसकेको छ । विद्युत पनि पुगिसकेको छ । खानेपानी, शिक्षा, स्वास्थ्यको पनि पहुँच सहज बनाएका छौँ । वडा नम्बर ४ का नागरिकले विकासको अनुभूति गर्ने गरी काम गरिरहेका छौँ ।
चार वर्षको अवधिमा नागरिकले सबैभन्दा बढी सडकको विकास मागेका छन् । खुमखानीमा बाहेक अन्य ठाउँमा सडकको विकास पु¥याएका छौँ । खुमखानीमा पनि छिट्टै सडकको ट्रयाक खोल्ने गरी डिपिआर तयार गरिसकेका छौँ । करिब चार करोडको लागत लाग्ने अनुमान गरिएको छ । मेरै पालामा खुमखानीले सडक पाउँथ्यो तर केही कानुनी बाधा अड्चनले खुमखानीमा विकासको उल्लेख्य प्रगति पुग्न सकेको छैनन् । खुमखानीसम्म पुग्नका लागि बीचमा बन पर्ने भएकाले रूख काट्न समस्या प¥यो । यसले गर्दा सडक विस्तारमा निकै समस्या परेको छ ।
त्यसबाहेक अन्य सडक घोराही–रक्षाचौर सडक, बम्नै चमेरेगुफा, खाद्रे बम्नै सडकको स्तरोन्नतीको काम पनि गरेका छौँ । नागरिकको विकासप्रति तिब्र आंकाक्षा छ, त्यसकारण पनि उनीहरूले भनेको जस्तो जादुको छडीजस्तै परिवर्तन त हुन नसक्ला तर हामीले स्रोत साधनले भ्याएजति काम गर्न सफल भएका छौँ ।
वडा नम्बर ४ ले किसान आत्मनिर्भरदेखि प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गरी नागरिकलाई आर्थिकसँग सक्षम बनाउनका लागि काम गरिरहेका छौँ । स्वास्थ्यको क्षेत्रमा पनि उल्लेख्य प्रगति भएको छ । हलवार स्वास्थ्य चौकीलाई सुविधासम्पन्न बनाएर वर्थिङ सेन्टर सञ्चालन गरेका छौँ । स्वास्थ्य चौकीमा महिनामा एक पटक भएपनि विषेशज्ञ जाँच सेवा दिने गरेका छौँ । यस्तै साविकको वडा कार्यालयलाई समुदाय स्वास्थ्य केन्द्र सञ्चालन गरेका छौँ । यसले पनि केही भएपनि स्वास्थ्य सेवाको पहुँचलाई सहज बनाएको छ । संघीय र प्रदेश सरकारले सहयोग गरेका काम पनि भइरहेका छन् ।
शिक्षा, स्वास्थ्य, सडकको समान विकास
वडामा म जनप्रतिनिधि भएर आएपछि अहिलेसम्म करिब ९० प्रतिशत गरिएका प्रतिवद्धता पूरा गरेको छु । चुनावका समयमा गरिएका प्रतिवद्धता सबै पूरा गर्ने कोसिसमा छु । तर अब समय निकै छोटो भएकोले पनि सबै प्रतिवद्धता पूरा हुँदैनन् कि भन्ने लाग्छ । सकेजति गरेका छौँ । स्रोत साधनले भ्याएजति वडामा विकास गरेका छौँ । यो कुरा मैलेभन्दा पनि नागरिकले भन्ने कुरा हो । मैले त धेरै काम गरेको छु भनौँला तर नागरिकले बाहिरबाट कति काम भएको छ भन्ने कुरा उहाँहरूले नै मूल्यांकन गरिरहनुभएको छ । जनप्रतिनिधि भएर आउँदै गर्दा नागरिकले थुप्रै आशा राख्नुभएको थियो, हामीले पनि निर्वाचन हुँदा ल्याएका एजेण्डालाई जतिसक्दो धेरै कार्यान्वयन गर्ने पक्षमा छौँ । कोरोना महामारी र केही नयाँ शिराबाट काम गर्नुपर्ने भएकाले पनि हामीले नागरिकबाट गरिएका आशा सबै पूरा गर्न नहुन सक्छ । तर पनि यति भन्दै गर्दा कामहरू भने भएका छन् ।
जनप्रतिनिधिको रूपमा आएपछि हामीले वडामा करिब नौ किलोमिटर सडकस्तरोन्नती गरेका छौँ । अरू थुप्रै ठाउँमा नयाँ ट्रयाक पनि खोलिएका छन् । विकासमा नागरिकले सबैभन्दा बढी सडक नै माग गरेका थिए । सोहि अनुसार मैले पनि वडाका सबै घरधुरीलाई सडकको पहुँचसँग जोड्नका लागि वडा, नगर, प्रदेश र संघको सहयोगमा सडक विस्तार गरेको छु । सडक वडाका सबै ठाउँमा विस्तार गरेका छौँ । अब ति सडकको स्तरोन्नती आवश्यक छ । सडकको स्तरोन्नतीको लागि पनि कोशिस गरिरहेका छौँ । तर अहिले मेरो समयमा सबै सडकको स्तोरन्नती हुन्छ भन्ने छैन् । बजेट अभावका कारण सबै सडकको विकास हुन सकेको छैन् ।
यसैगरी वडाले शिक्षाको क्षेत्रमा पनि विभिन्न काम गरेको छ । वडा नम्बर ७ मा अशक्त बालबालिकाले गर्ने विद्यालय छ । त्यस विद्यालयमा पढ्ने बालबालिकाका लागि बस्ने छात्रबासको भवन निर्माण गरेका छौँ । नगर र प्रदेश सकारबाट बजेटबाट यो भवनको निर्माण गरिएको हो । अबको केही समयमै त्यो भवन उद्घाटन पनि हुनेछ । लामो समय भाडाको घरमा बस्दै आएका बालबालिकालाई अबको केही समयभित्र आफ्नै सुविधासम्पन्न भवनमा बसाउने छौँ ।
यसैगरी मावि कालाखोलामा पनि विभिन्न काम गरेका छौँ । कालाखोला माविमा हामी आइसकेपछि खानेपानीको धारा निर्माण गरेका छौँ । विद्यालयमा ल्यावको पनि व्यवस्था गरिएको छ । वडाकै पहलमा खानेपानी, ल्यावको व्यवस्था भएपछि अहिले पठन पाठनमा सहज हुन थालेको छ । यसैगरी प्राथमिक विद्यालय सबैमा अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था पनि गर्न सफल भएका छौँ । यसले गर्दा वडामा शैक्षिक सुधार हुने अपेक्षा गरिएको छ ।
स्वास्थ्यको क्षेत्रमा वडाले धेरै कामहरू गरेको छ । पर्सेनी नगर स्वास्थ्य केन्द्रको नयाँ भवन निर्माण गरेका छौँ । कृषिमा पनि वडाले विषेश ध्यान दिएको छ । कृषिजन्य वस्तुको उत्पादन तथा बजारीकरणका लागि वडाले किसान र व्यवसायसँग समन्वय गरिरहेको छ । यसैगरी वडाले अन्य भौतिक निर्माणलाई पनि तिब्रता दिएको छ । वडाको समन्वयमा पातुखोलामा शवदाह स्थलमा जग्गा प्राप्ती गरेका छौँ शवदाह स्थलसम्म पुग्नका लागि चारवटा ठाउँमा कल्भर्ट राखेका छौँ ।
यस्तैगरी बेत्रावती घाटमा पुल बन्न लागेको छ । प्रदेश सरकारको सहयोगमा बेत्रावतीमा पुल निर्माण हुन लागेको छ । यस्तै वडा नम्बर ७ मा अर्को गौरब के हो भने राप्ती शान्ति उद्यान पार्क वडाकै गौरब हो । यसको स्तरीकरण र व्यवस्थापनका लागि वडाले आर्थिकरूपमा विभिन्न समयमा सहयोग गरिरहेको छ । यसबाट धेरैले रोजगारी पनि पाएका छन् । अझै प्रमुख पर्यटकीयस्थलको रूपमा विकास गरेर वडाको आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
विद्युत र सडक नपुगेको बस्ती छैन्
म जनप्रतिनिधि भएर आएपछि धेरै काम भएका छन् । आफूले गरेका कामप्रति केही भएपनि सन्तुष्ट छु म । काम गर्दै जाँदा चुनौती धेरै भएपनि ति चुनौतीलाई अवसरको रूपमा लिएर काम गरेको छ । पाँच वर्षको अवधिमा गरिएका प्रतिवद्धता करिब सबै पूरा गर्ने कोशिसमा छु । कामहरू त धेरै गर्न बाँकी छ, तर स्रोत साधनले सकेजति काम गरिरहेको छु । अहिलेसम्म वडा नम्बर ९ मा विषेशगरी अव्यवस्थित अटो ग्यारेजलाई व्यवस्थित रूपमा सञ्चालन गरेका छौँ । म वडा अध्यक्ष भएर आइसकेपछि पातुखोलाको आरसीसी वाल निर्माण गरी तटबन्ध व्यवस्थित बनाएका छौँ ।
यसैगरी दोघरे विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गरिएको छ । विद्यालयमा नयाँ दुई तले भवन निर्माण गरेका छौँ । भवनमा साइन्स ल्याव सञ्चालन भएको छ । यस्तै आधारभूत विद्यालय सल्लीवनलाई पनि विकास गरेका छौँ । मावि दोघरेलाई कृषि क्याम्पस बनाउने लक्ष्यका साथ अघि बढेका छौँ । वडाकै लगानीमा अहिले मेट्रो कलेजमा चारजनाले कानुन पढिरहेका छन् । विपन्न समुदायका आर्थिक अभावकै कारण विद्यालय जान नपाएका बालबालिकालाई वडाले सम्पूर्ण प्रकारको सहयोग गरी शैक्षिक सिकाइलाई निरन्तरता दिएको छ ।
वडामा सडक नपुगेको कुनै बस्ती छैन् । सबै बस्तीमा सडकको विस्तार गरेर पक्की नाला र ग्राबेलिङको काम लगभग सबै वडामा गरेका छौँ । सकेसम्म सबै सडकलाई कालोपत्रे गर्ने योजना हो तर सोचेजस्तो सजिलो छैन् । यसैगरी अंगेरीको मसानघाट जाने बाटो पनि विस्तार गरेका छौँ । अहिलेसम्म शवदाह स्थलसम्म पुग्न मोटरबाटो थिएन् । हामीहरू आएपछि शवदाह स्थलसम्म पुग्नका लागि सडकको ट्रयाक खोलेका छौँ । नवदुर्गा ग्रीन पार्कलाई पनि स्तरोन्नती गरेका छौँ ।
पार्कमा वनभोजका लागि ट्रस्ट निर्माण गरिएको छ । प्रदेश सरकारको करिब ३० लाखको लागतमा ट्रष्ट निर्माण भएपछि वनभोज खान सजिलो भएको छ । पार्क वरपर फूलहरूको बगैचा निर्माण गरी आकर्षक केन्द्रको रूपमा विकास गर्दैछौँ । वडामा विद्युत पनि सबै टोलमा पुगेको छ । चार घरधुरी भएको अंगेरी गाउँमा पनि फलामको पोल विस्तार गरी विद्युत विस्तार गरेका छौँ ।
यस्तै वडा नम्बर ९ मा करिब १४ वटा टोल खोलाको बगरक्षेत्रमा पर्छ । ति टोलमा खानेपानी विस्तार गर्न सकिएको थिएन् । हामीहरू आएपछि करिब २ हजार १ सय घरधुरीमा अमृतपुर खानेपानी संस्थामार्फत खानेपानीको धारा विस्तार गरेका छौँ । यस्तै कट्कुइयाँ थारूगाउँ सिचाइँ कुलो पक्की बनाउन सफल भएका छौँ । कामका आधारमा नगरका १९ वटा वडामध्ये वडा नम्बर ९ उत्कृष्ट वडा हो । हामीले भौतिक, आर्थिक, सामाजिक सुधार गरेका छौँ ।
किसानलाई गोठ सुधारमा अनुदान, विपन्न नागरिकलाई बाख्रा, बंगुरका पाठापाठी अनुदानमा वितरण गरेका छौँ । कोरोना महामारीको समयमा उखु खेर जाने स्थिति आएपछि वडाको सहयोगमा उखु पेल्ने मेसिन ल्याएपछि किसानले जुस बनाएर बिक्री गरे । यस्तै वडाले फर्म दर्ता गरेर व्यावसायिक कृषि तथा पशुपालन गरिरहेका किसानलाई अनुदानमा च्यापकटर पनि वितरण गरेको छ । वडाले दलित महिला, युवा लक्षित कार्यक्रम पनि अघि सारिरहेको छ । म जनप्रतिनिधि भएर आइसकेपछि मैले पाएको बाइक चढेन । म अहिलेसम्म पनि वडाको लगानीमा मोटरसाइकल चढेको छैन् । चिया नास्तामा वडाको बजेट खर्च गरेनौँ । वडामा धेरै काम गर्न बाँकी छ । पार्टीले विश्वास गरी टिकट दिएमा फेरि पनि निरन्तता दिएर बाँकी कामहरू पूरा गर्नेछु ।