Saturday, October 11, 2025
Homeसम्पादकीयदिवसको सार्थकता

दिवसको सार्थकता

- Advertisement -spot_img

सबैका आफ्ना क्षेत्रगत दिवस हुन्छन् । दिवसलाई आफ्नै तरिकाले मनाउने प्रचलन पनि सतहसम्म नै पुग्ने गरेका छन् । दिवसमध्येकै महत्वपूर्ण दिवस श्रमिक महिला दिवस हो । हरेक वर्ष श्रमिक महिलाहरूको नाममा मार्च ८ भब्यरूपमा मनाइदै आइएको छ । यो वर्षको दिवसलाई पनि केही दिन अघिदेखि नै सन्दर्भ जोडेर मनाउन र अधिकारका विषयमा छलफल गर्नसमेत थालियो र मार्च ८ मा औपचारिक रूपमा नै गरिए । महिलाका हकअधिकार र सम्मानको नारा लगाउँदै यो वर्ष पनि विविध गतिविधि सञ्चालन हुनु स्वभाविक छ ।

यस वर्षको दिवस साता दिनदेखि सुरू भएका छन् । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाउँदै गर्दा अहिलेसम्म पनि अधिकार सुरक्षा, समानताको विषय निरन्तर उठान भइरहेको छ । अहिले पनि नेतृत्व र अधिकार न्यून मात्र देखिन्छन् । तर नाम श्रमिकको भए पनि दिवसमा भने अधिकार स्थापितका लागि श्रमिक महिलाहरूको सहभागिता शुन्य प्राय देखिन्छ ।

महिलाहरूमा समानता आउनुपर्छ । समानताका लागि सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका पनि खेल्न सक्नुपर्छ । तर पछि परेका विपन्न र खास श्रमिकलाई बेवास्ता गरेर अधिकार स्थापित हुन सक्दैन । दिवसका नाममा हुने विकृतिले पछिल्लो समय अराजकता बढाउदै गएको अवस्था पनि देखिन्छ । दिवस मनाउने सुकिला–मुकिला महिलाहरूको सक्रियता बढ्दै जादा श्रमिकहरूका आउने हरेक अवसर गुमिरहेको र दिवसहरूले पनि प्रभावकारिताको आवश्यकता महसुस गर्न नसक्ने अवस्था बढिरहेको छ ।

त्यो अवस्थालाई समयमै सोच्न सक्ने हो भने यस्ता दिवसहरूको उद्देश्य पूरा हुनेछ । दिवसको नाममा ठूला–ठूला भाषण गर्ने तर खास श्रमिक महिलाहरू दिवसको अनुभूति नै गर्न नपाउने अवस्था आएको छ । तर उनका नाममा भएको दिवस अरूले मनाउने हुनुहुदैन । श्रमिकहरूको सम्मान हुने गरी दिवसहरू मनाउन र श्रमिकहरूलाई अधिकारको सुनिश्चिततातर्फ लाग्नुपर्छ । महिलाका लागि विशेष महत्वपूर्ण मानिने दिवसले सार्थकता पाउनुपर्छ । सबैलाई अधिकार र सम्मानजनक वातावरणको व्यवस्था गर्नुपर्छ ।

सबै वर्ग, सबै स्तरका महिलाहरूमा समानताको वातावरण सिर्जना हुदैन तबसम्म नारी दिवस मनाउनुको कुनै अर्थ राख्दैन । दिवसलाई सार्थक बनाइने हो भने श्रमिकका बस्तीमा, गाउँ र कार्यथलोमा गएर उनीहरूको सहजता र योग्यताअनुसारको कामको व्यवस्था गरी मनाउन सक्नुपर्छ । राज्यले त्यसतर्फ सोचेर बढेमा मात्रै हुँदा खादाहरूको जीवनमा परिवर्तन आउन सक्नुपर्छ । दिवसलाई सार्थक बनाउनका लागि प्रत्येक महिलाहरूको आत्मविश्वास, क्षमता विकास, स्वाभिमानका लागि सबै सरोकारवाला निकाय, महिला अधिकारकर्मीहरू समयमै लाग्नुपर्दछ । सबै तहमा महिलाको नीतिगत नेतृत्व पुग्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here