Saturday, October 11, 2025
Homeसम्पादकीयउद्यमीलाई प्रोत्साहन गरौं

उद्यमीलाई प्रोत्साहन गरौं

- Advertisement -spot_img

आफूलाई उद्यमशीलतासँग जोड्न सीप सिकेर उद्यमी भन्नेहरू अहिले बढिरहेका छन् । स्थानीय, प्रदेश र संघीय सरकारले नागरिकहरूलाई सीपसँग जोड्ने र उद्यमी बनाउने प्रयास पनि त्यत्तिकै गरिरहेको देखिन्छ । सीप सिकाउने उद्यमी बनाउने तर उनीहरूको सीप बिक्रीमा भने चासो नदिने गुनासो उद्यमीहरूले प्रसस्त रहेको छ । तुलसीपुरमा स्थानीयस्तरको स्रोत साधनको प्रयोग गरी विभिन्न सामग्री निर्माण गर्न महिलालाई उद्यममा जोड्ने कोसिस भएको छ ।

पालिकाका करिब ५० जना महिलाले विभिन्न प्रकारका सीप सिकेका छन् । आर्थिक विकासका लागि स्थानीयस्तरमा पालिकाले महिलालाई विभिन्न सीप सिकाएर उद्यममा जोडेको हो । तालिमपश्चात् अहिले महिलाले काठ तथा काँसलाई प्रयोग गरी विभिन्न सामग्री बनाउनु र त्यसबाट आयआर्जन गर्नु राम्रो पक्ष हो । तर यो सँग जोडिएका केही विषय र पक्षमा भने स्थानीय सरकार गम्भीर हुनुपर्छ ।

स्थानीयस्तरमा सीप सिकेर उद्यमी बन्न खोज्नु आर्थिक समृद्धिको बाटोमा लाग्नु हो । यस्तो कार्य गर्दै गर्दा विभिन्न समस्या आउनु पनि स्वभाविक रहन्छ । सुरू–सुरूमा सीपले बजार नपाउँदा, कच्चापदार्थको सहज आपूर्ति र व्यवस्थापन नहुँदा जटिलता त अवश्य नै आउँछ । महिलालाई उद्यमी बनाए पनि सोचेजस्तो आम्दानी नहुँदा निराशा हुनुपर्ने स्वभाविक पनि हो ।

कच्चापदार्थ जिल्ला बाहिरबाट ल्याउनुपर्ने अवस्थाले महिलाको परिश्रमअनुसार लगानी उठ्न सकेको छैन् । कच्चापदार्थ जिल्लामै भएका सामग्रीको पनि बजारीकरण हुन सकेको छैन् । सीप सिकेर उत्साहित हुनुपर्ने महिला उद्यमी आफैले उत्पादन गरेका वस्तुले बजारभाउ पाउन नसक्दा विचलितसमेत हुने अवस्था आउनु हुँदैन । स्थानीय स्रोत साधनको प्रयोग बढाउने र बजारीकरणलाई सहज बनाउने बाटोतर्फ लाग्नुपर्छ । कतिपय सामग्रीको लागि आवश्यक कच्चापदार्थ जिल्ला बाहिरबाट ल्याउनुपर्दा परिश्रमअनुसारको लगानी उठ्न सकेको छैन भने कतिपय महिलाले उत्पादन गरेका सामग्रीका बजारीकरण नै छैन् । बनेका सामग्रीको बजारीकरण र जिल्ला बाहिरबाट ल्याउनुपर्ने कच्चापदार्थ पालिकामै उत्पादनको व्यवस्था मिलाउनुपर्ने जिम्मेवारी पालिकाको हो ।

यसका लागि उद्यमीसँग आवश्यक समन्वय गरेर अघि बढ्नुपर्छ,महिला उद्यमीलाई स्थापित गराउन सरोकारवालाको चासो र चिन्ता हुनुपर्छ । सीप सिकाइएर मात्रै भन्दा पनि उनीहरू संस्थागत नहुँदासम्ममा बजारीकरणको सहजता पनि ल्याइदिनुपर्छ । उत्पादनलाई चिनाउने र बढवा दिने काम स्थानीय सरकारकै हो त्यसतर्फ पनि सोच्नु आवश्यक छ । सीप सिकाउन लागि गरिएको लगानीलाई सुरक्षित गर्नलाई भन्दा पनि नागरिकको जीवनस्तर उठाउन र आर्थिक विकासको दिगो लक्ष्य प्राप्तिका लागि उद्यमीका लागि आवश्यक कुराहरूको व्यवस्थापन नै उत्तम पक्ष रहन सक्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here