Wednesday, October 1, 2025
HomeUncategorizedकाम पछि आराम

काम पछि आराम

- Advertisement -spot_img

            श्रीराम दहित


नियमित कर्म गरी थकित व्यक्ति यदि आराम गरेन भने थरीथरीका शारीरिक तथा मानसिक समस्याको सिकार बन्न विवश हुनुपर्ने हुन्छ । विशेषज्ञ तथा विभिन्न अनुसन्धानबाट विश्राम नगरी परिश्रम गर्ने व्यक्तिहरूको ग्रन्थी जोर्नीहरूमा एक प्रकारको अम्ल उत्पन्न भइ दीर्घकालिन शारीरिक मानसिक रोग लाग्ने गर्दछ ।

आज बिदाको दिन । खबरले मात्र जुनसुकै व्यक्तिलाई तनावमुक्त गर्दछ । मनलाई चिन्तामुक्त भारमुक्त गराई तन तथा मनमा छिन् मै शक्ति सञ्चित हुन्छ । बिदाको समयमा दवाव तनावरहित कार्य तथा आवश्यक नियमित आराम गर्नुपर्ने हुन्छ । बिदाको समय व्यक्तिले नितान्त व्यक्तिगत रूपमा प्रयोगमा ल्याउन चाहन्छ । तर बिवदाको पूर्ण आनन्द व्यक्तिले तब मात्र लिएको महसुस गर्छ जब उसले शारीरिक तथा मानसिक श्रम तन मनपूर्वक गरी वास्तविक थकित हुन्छ ।

नियमित कर्म गरी थकित व्यक्ति यदि आराम गरेन भने थरीथरीका शारीरिक तथा मानसिक समस्याको सिकार बन्न विवश हुनुपर्ने हुन्छ । विशेषज्ञ तथा विभिन्न अनुसन्धानबाट विश्राम नगरी परिश्रम गर्ने व्यक्तिहरूको ग्रन्थी जोर्नीहरूमा एक प्रकारको अम्ल उत्पन्न भइ दीर्घकालिन शारीरिक मानसिक रोग लाग्ने गर्दछ । युनिभर्सिटी अफ पोट्सर्माउथका वैज्ञानिक पाउला राब्सनका अनुसार– जब हाम्रो मस्तिष्कमा ‘इन्टरक्युलिन ६’ नामको रासायनिक तत्वले मस्तिष्कलाई ढिलो चल्ने संकेत पठाउँछ ।

उक्त संकेत गर्नुको कारण हुन्छ मांसपेशीहरू पूर्णरूपमा निष्क्रिय शक्तिहीन भइसकेका छन् । राब्सनका अनुसार लामो समयसम्म शारीरिक मानसिक गतिविधि गर्दा रक्तसञ्चार सामान्यतया ६० देखि १०० गुना वृद्धि हुँदा विश्राम एकमात्र उपचार झै विकल्परहित विश्राम हो । हाम्रो शरीरको कार्यक्षमता एक निश्चित हदसम्म हुन्छ । त्यसैगरी परिस्थिति अनुसारको दवाव तनाव खेप्न सक्ने निश्चित तह मनको हुने गर्दछ ।

थकित तन र मनलाई पुनर्ताजगी खाना पौष्टिकको तुलनामा विश्रामले चौगुणा बढी प्रदान गर्दछ । बिदा अथवा विश्राम हरेक क्षेत्रमा कार्यरत मानिसको आधारभूत आवश्यकता हो । यसैलाई मध्यनजर राखी श्रम ऐनअनुसार आवश्यक नियम निर्माण गरिएको मानिन्छ । कर्मचारीलाई पुरस्कर स्वरूप बिदा दिँदा कम्पनीको प्रगतिमा ३० प्रतिशतले बृद्धि भएको एक अमेरिकन सर्वेक्षणले देखाएको छ । सर्वेक्षणअनुसार कर्मचारीले थकित अवस्थामा बिदामा बिन्दास स्वतन्त्र समय व्यतीत गर्न पाउनु सबैभन्दा ठूलो उपहार पुरस्कर लाग्ने सर्भेले देखायो, भने सहभागी ९३ प्रतिसत कर्मचारीले पुरस्करको रूपमा बिदा रोजाई बनाए ।

व्यस्त थकित जीवनशैलीले विश्राम नपाउँदा स्वयम्लाई खास मानवीय मूल्य, मान्यताअनुसारको दिनचर्या गरे नगरेको नियालेर मूल्यांकन गर्नसमेत सकेका हुँदैनौ । विभिन्न पक्षबाट विश्लेषण अनुसन्धान सर्भे गर्दासमेत बिदा शरीर विज्ञानअनुसार अत्यावश्यक रहेको पुष्टि हुन्छ । अस्वस्थ प्रतिस्पर्धाको अवस्थामा मानव जीवनलाई निर्जिव वस्तुझैँ प्रयोग हुँदै आउँदा अमुल्य जीवन सदुपयोग गर्न सकिएको देखिदै्न ।

जसरी मेसिनरी वस्तुलाई नियमित मर्मत सम्भार गरिन्छ त्यसैगरी बिदा विश्राम अति जरूरी छ । जुनसुकै पेसा व्यवसायमा संलग्न व्यक्तिले थकित जीवनलाई महसुस गरेझैँ बिदालाई सदुपयोग गर्ने गरिन्छ त ? सवाल तथा जवाफ स्वयम्सँग खोजौं । बिदा दैनिक कर्मबाट विश्राम छुट्कारा स्वतन्त्र रूपमा प्राप्त समयमा कसरी सदुपयोग विन्दास अथवा कसैको अधीनमा नरहि शक्ति सञ्चित गर्ने विशेष पर्व हो ।

हामीले छोटोे लामो समयका लागि बिदा विश्राम अवस्थाअनुसार प्राप्त गरेका हुन्छाँै । जीवनशैलीसँग प्रत्यक्ष जोडिएको शक्ति सञ्चित गर्ने वा शक्ति क्षय गरी पुनः पेसा व्यवसायमा जीर्ण तन र मन लिई फर्किने समयमै चिन्तन मनन् गरौं । बिदालाई शक्ति सञ्चित गर्नुको साटो संसारबाट एकलौटी बिदा लिइ जाने गतिविधि त्याग गर्नसमेत बुझ्न बुझाउन अत्यावश्यक छ ।

प्रायः व्यक्तिले बिदालाई सुतेर बिताउने गरेका हुन्छन् । केहिले अधुरा कार्य सप्पन्न गर्दछन् । जनशक्तिलाई विश्राम बिदा एउटा पाटो हुन सक्छ भने सरकारी गैरसरकारी संघसंस्थाहरूमा कार्यरत कार्यालयमा प्रयोग हुने स्रोत साधनसमेतको बचत मर्मत, सम्भार संञ्चितिकरण हुने तथ्यांकले देखाउने गरेको छ । बिदा यसकारण दिने प्रचलन ऐन कानुनमा व्यवस्था गरिएको हो राष्ट्रका थकित जनशक्ति आ–आफ्नो पेसा, व्यवसायमा उर्जाशील भई फर्किउन भन्ने हो, त्यसैले बिदालाई सदुपयोग गर्दै राष्ट्र निर्माणमा शक्ति सञ्चित गरौं ।

बिदाको खास अर्थ हो जसरी हाम्रो चलिरहेको छ । त्यसमा थप सुन्दर उत्साही क्रियाशीलता कर्ममा प्रदर्शन गर्नु दैनिक जीवनमा उत्सव महसुस गर्नु रचनात्मक गतिविधिमा प्रगती हुनु अस्वस्थ प्रतिस्पर्धा भागदौडको अवस्थालाई आँकलन गर्दै प्राथमिकता निर्धारणका आधारमा अगाडि बढ्ने बिदाको सञ्चित शक्तिले प्राप्त हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here