Saturday, October 11, 2025
Homeसम्पादकीयल्याङ–ल्याङ विकास

ल्याङ–ल्याङ विकास

- Advertisement -spot_img

दाङको घोराही उपमहानगरपालिकाको मुख्य सडक कटुवाखोला तुलसीपुर चौक विकासको नाममा पटक–पटक चर्चामा आइरहन्छ । समयमा विकास नभएको योजना कालोपत्रेको भए पनि धुलो पत्रेले कहिलै नछोड्ने अवस्थामा अहिले घोराहीको सडक र चौकहरू रहेका छन् । सडकको विकास निर्माणको विषयलाई लिएर जिल्लाका उपमहानगरहरूका चर्चा कम छैन । उपमहानगरको चासो र समन्वयकारी निकायले भूमिका प्रभावकारी घोराहीका सडक विकासमा देखिएन । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले गर्ने विकास निर्माणका काममा गुणस्तरको अभाव पनि देखिन्छ । गुणस्तरीय काम नहुदा विकासले पनि धेरै टिक्न नसकेको देखिन्छ । भने योजना सुरू भएको ५/७ वर्षसम्म पनि अवस्था उस्तै रहनु राम्रो पनि हैन । पहिले पनि घोराहीको सडकको गुणस्तरलाई लिएर आन्दोलनसमेत भएको थियो । अहिले पनि स्थानीयहरू धुलाम्मे सडकको सास्तीमा छन् ।

स्थानीय विकासका लागि तीन तहकै सरकार गम्भीर हुनुपर्छ । सरकारनै गम्भीर नहुने र विकास पनि गुणस्तरहीन हुदा लगानी गर्ने तर त्यसको प्रतिफल नआउने पक्का हुन्छ । दीगो विकास र छिटो विकासको प्रगतिका लागि सरकार बढी चनाखो हुनै पर्नेमा लाचारी बन्नुले गति दिदैन । अहिले देश संघीय सरचनामा छ । त्यहि अनुसारको विकासले पनि प्रगति गर्नुपर्छ । नीति फेरिले, ब्यवस्था फेरिने, तर काम गर्ने तौरतरिका पहिलोभन्दा पनि कमजोर हुने अवस्था ल्याउनु हुदैन । कार्यालयको कार्य सञ्चालन र विकासमा पुरानै पद्धतिले छोड्न नसक्नु दुर्भाग्य नै हो । संघीय संरचनामा देश गइसकेको छ । तीनैतहको सरकार क्रियाशील छ । तर समन्वय कमजोर देखिएको छ । समन्वय कमजोर रहदा त्यसको असर प्रत्यक्ष रूपमा विकासमा परेको देखिनु राम्रो हुदैैन । आब समाप्तीको अघिल्लो महिनाभित्र विकास निर्माण सक्ने गरी नीति बनाएर कार्यान्वयनमा लैजान सकेमात्रै विकासको काम गुणस्तर र प्रभावकारी हुनेछ । एउटा कामलाई दशक लाग्ने थिएन ।

विकास हाम्रो लागि हो । एकपटक गुणस्तर कायम गरेर विकास निर्माण गर्नसके त्यो वर्साै टिक्ने छ । तर त्यहि काम आलटालमा सकेमा केही वर्षमा पुनः त्यस क्षेत्रले त्यही विकास खोज्नुपर्ने अवस्था आउन सक्छ । एक किलोमिटर लामो सडकको कालोपत्रे गर्न दशक लाग्ने अवस्था ल्याइराख्ने हो भने जिल्ला सबै विकासबाट पछि नै पर्नेछ । तसर्थ विकासका लागि राज्यका निकाय मात्रै हैन, आम उपभोक्ताहरू पनि यसमा सजक र चनाखो बन्नुपर्छ । विकासमा तोकेको समयभन्दा धेरै समय लगाउनेलाई कारवाहीको भागेदार बनाएर निर्माणलाई छिटोछरितो बनाउनतर्फ लाग्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here