Saturday, October 11, 2025
Homeसम्पादकीययुक्रेन आक्रमणको भय

युक्रेन आक्रमणको भय

- Advertisement -spot_img

एउटा अकल्पनीय घटनाले विश्वभर अहिले तरंगित भएको छ । रूसले गरेको युक्रेनमा गरेको सैन्य आक्रमणले अहिले विश्वलाई नै तरंगित बनाउने नै भयो । शक्तिशाली ठूला राष्ट्रहरूको दमनमा साना छिमेकी देशहरू पर्ने गरेको एउटा उदाहरण पनि यो हो । रूस र युक्रेनको सैन्य भिडन्तले विश्वयुद्धको आकलन हुनु पनि स्वभाविक रहन्छ । तर पनि यो समय र अवस्थाको दुई देशबीचको युद्ध कुनै पनि प्रकारकाले आवश्यकता हैन । शक्तिका नाममा ठूलो राष्ट्र रूसले विश्वकै प्रवाह नगरी सानो र शालीन राष्ट्र युक्रेनमा निरन्तर हमला गरिरहेको छ । युक्रेनले प्रतिरक्षा गरे पनि रूसको आक्रमणको सामु युक्रेनको अहिलेसम्म उपाय लागेको छैन । दुवै देशका लडाकु र युक्रेनका भौतिक संरचनाहरूमा हताहत धेरै छ । तर यथार्थता सार्वजनिक हुन सकेको छैन । रूसका तानाशाह भ्लादिमिर पुटिनले सानो छिमेकी युक्रेनमाथि सैनिक हमला गरिरहेका छन् । युक्रेनी सेना र जनताले ज्यानको बाजी लगाएर प्रतिरोध गरे पनि प्रतिवाद गर्न पक्कै सहज हुनेछैन । न त अरू अवस्थाका नै खोजी हुने सम्भावना छ ।

रूसले युक्रेनमा गरिरहेको सैन्य आक्रमण रोक्न प्रभावकारी रूपमा पहल भएको छैन । सरससर्ती हेर्दा केही देशहरूले रूसको कच्चा तेल आयात नगर्ने, विश्वकपमा रूसका खेलाडीहरूसँग खेल नखेल्ने, अमेरिकालगायत पश्चिमी मुलुकहरूले रूसमाथि आर्थिक प्रतिबन्ध लगाउने घोषणा गर्नुबाहेक युक्रेनको सार्वभौमसत्ता जोगाउनेतर्फ कुनै देश, संयुक्त राष्टसंघ, युरोपियन युनियन र अन्य शक्तिशाली राष्ट्रहरू कुनैले पनि ठोेस कदम चाल्न सकेका छैनन् । अहिलेसम्मको अवस्था हेर्दा युद्ध रोक्ने प्रयाससमेत भएको छैन । सामान्य एक चरणको दुई देशीय वार्ताबाहेक महत्वपूर्ण अन्य कुनै कार्य नहुनुले पनि गम्भीर अवस्था आउने, युक्रेनप्रतिको आक्रमणमा कम चासो होकी भन्ने देखिन्छ । रूसमाथि आर्थिक प्रतिबन्ध लगाउने र नैतिक दबाब दिनेबाहेक अरू सही विकल्प पनि अन्य राष्ट्र र महासंघको देखिदैन । त्यसले पनि केही समस्या पारेको छ । रूसी आक्रमणको संसारभर निन्दा एवं विरोध भइरहेको छ । नागरिक संरचनामा भएको रूसी आक्रमणबाट उत्पन्न मानवीय संकटले विश्वमानव समुदाय चिन्तित मात्रै हैन गम्भीर पनि छ । विश्वको पुकारलाई ध्यानमा राखेर तत्काल आक्रमण बन्द गरी युक्रेनबाट रूसी सेना फिर्ता लैजान पुटिन तयार हुनुपर्छ ।

दोस्रो विश्वयुद्धको समाप्तीपछि रूसले यसरी छिमेकी मुलुकमा सैने आक्रमण गरेको यो पहिलो हो । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आक्रमण रोकेर वार्ता गर्न पुटिनलाई आग्रह गरिरहनुले पनि युक्रेन वार्ताको माध्यमबाट समाधान खोज्ने प्रयासमा देखाउछ । भएका समस्या र विवादलाई वार्ताको माध्यमबाट समाधान गरी युद्धको रणभूमिलाई अन्त्य गर्न र गराउनतर्फ विश्वजगत् लाग्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here