Saturday, October 11, 2025
Homeसम्पादकीयगुणस्तरीय खाजा देऊ

गुणस्तरीय खाजा देऊ

- Advertisement -spot_img

सरकारले प्राथमिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गरेको छ । बालबालिकाको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन र उनीहरूको वृद्धि विकासका लागि सहयोग पुयाउने उद्देश्यले दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको बुझिन्छ । आधारभूत तहसम्मका विद्यार्थीलाई खाजा कार्यक्रमले विद्यालयमा समेत निरन्तरता ल्याउने अपेक्षा थियो भने ड्रप आउट हुने संख्या पनि कम हुने अपेक्षा यथावत छ । विद्यालयमै खाजाको व्यवस्था हुँदा बालबालिकाले जंकफुड खादैनन् भन्ने पनि सरकारको लक्ष्य हो ।

चाउचाउ, बिस्कुटजस्ता जंकफुडले बालबालिकाको बृद्धि विकासमा असर पुग्ने र स्वास्थ्यमा गम्भीर प्रकारको समस्या आउन सक्ने हुन्छ । तसर्थ यो नहोस् भनेर सरकारले विद्यालयमै बालबालिकालाई पोषिलो खाजा खुवाउने कार्यक्रम ल्याएको छ । तर सरकारको उद्देश्यअनुरूप विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन हुन सकेको छैन । खाजाको नीतिविपरीत खाजा कार्यक्रम चलिरहेको छ ।खाजा कार्यक्रमको नीतिका दुई विषय बढी प्राथमिकतामा छन् ।

एउटा घरमै उत्पादन भएको पोषिलो खाजा खाने र त्यसवापत विद्यार्थीको अभिभावकलाई दैनिक १५ रूपैयाँ दिने । अर्काे विद्यालयले आफै उत्पादन गरेर पोषणतत्वयुक्त मात्राअनुसार खाजा खुवाउने । तर अहिले यी दुबै प्रयोगमा नभएर जंकफुट खाजा विद्यालयमा चलेको छ । यसमा न अभिभावकले ध्यान दिएका छन्, न त विद्यालय प्रशासनले नै । दिवा खाजाको नाममा अहिले पनि झारा टार्ने काम मात्र भएको देखिन्छ यो सरासर गलत हो । विद्यार्थीले पोषिलो खाजा खान पाएका छैनन् ।

रकम सिधै अभिभावकको हातमा पुग्दा कतिपय बालबालिकाले त खाजा पनि खान पाउँदैनन् । विद्यालयले पोषिलो खाजाको व्यवस्थापन गर्न नसक्दा धेरै बालबालिकाले बीचमै पढाइ छोडेर घर जाने समस्या पनि छ । बालबालिकालाई विद्यँलयमा नियमित गराउने उद्देश्यको कार्यक्रम कार्यान्वयनमा भने असफल जस्तै बनिसकेको छ । विद्यालय प्रशासनको गैरजिम्मेवारका कारण बालबालिकाले दिवा खाजाको लाभ लिन सकेका छैनन् । राज्यको अरबौं लगानी कार्यक्रममा हुँदा पनि उपलब्धि भने जस्तो नहुनु लापरवाही नै हो ।

प्राथमिक तहका बालबालिकाका लागि सञ्चालन भएको दिवा खाजा कार्यक्रमको प्रभावकारिता ल्याउनका लागि  अभिभावक, स्थानीय सरकार र विद्यालय प्रशासन जिम्मेवारीका साथ लाग्नुपर्ने हुन्छ । सरकारी लगानी बालुवामा पानी भनेझैं बालबालिकाको स्वास्थ्य सुधार र शिक्षामा सहजता ल्याउनका लागि दिवा खाजामा आउने बजेट दुरूपयोग गरिनु हुँदैन । विद्यालयमा दिवा खाजा कार्यक्रम कार्यान्वयनलाई सहजीकरण गर्न आवश्यक पर्ने योजना, प्रणाली, नियम, अनुगमन आदि कामलाई प्रभावकारीरूपमा अघि बढाउन आवश्यक छ । त्यतिमात्रै होइन्, कृषि उत्पादनको प्रवद्र्धन र विदेशी वस्तुको आयातलाई रोक्नका लागि विद्यालयमै विद्यार्थीलाई पौष्टिकजन्य खाजाको व्यवस्थापनमा विद्यालयले अनिवार्यरूपमा कार्यान्वयन गर्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here