नारायणप्रसाद भण्डारी
वर्तमानको विश्व परिवेश फेरि पनि त्रास, बिचल्लित, ध्वंश–विध्वंश, अस्तब्यस्त, रूवाकल्ली, चोरी, डकैती, लुटपाट, महंगी, भ्रष्टचार, अस्थिर राजनीतिको चपेटामा तड्पिरहेको छ । यसको एउटा सानो उदाहरणीय अन्यौल क्षतिग्रस्तको रूप भनेकै स्वास्थ्य, शिक्षा र आर्थिक क्षेत्र हो । यस्तो बन्नमा देशको अस्थिर राजनीति र चरण–चरणको कोरोना बन्यो । वि.सं.२०७६ को जाडो मौसमको समयदेखि विश्वकै धनाढ्य, समृद्धशाली, शक्तिशाली, वैज्ञानिक एवं विज्ञहरूको सूचीमा पर्ने देश चीनको बुहान नामक सहरदेखि उत्पत्ति भयो ।
दुःखको कुरा यो कोरोना नामक खतरनाक भाइरस हो । यो तिब्र गतीमा फैलने र खतरनाक पनि उत्तिकै भएको कुरा र यसको बारेमा कहाँबाट कसरी उत्पत्ति भयो भन्ने बारेमा अनुसन्धान गर्दागर्दै ति महान् व्यक्तिले संसारबाट बिदा लिनुप¥यो । वास्तवमा भन्नुपर्दा तिनी विश्वकै अभिभावक थिए । उनले कोरोनाभाइरस हो भन्ने विषयमा जसरी पत्ता लगाए, त्यसैगरी भाइरसको विरूद्ध औषधी उपचारको पनि पत्ता लगाउन सफल हुन्थे भन्न सकिने आधारहरू थिए । तर त्यसो हुन सकेन । जसको कारण विश्वकै रूवाबासी, बिचल्ली, आपत्ति, बिपत्ति, ध्वशं, विध्वंश, अस्त, ब्यस्त बाँकी केही रहेनन् । विश्वका थुप्रै देशहरूले राष्ट्रका लागि, समाजका लागि सेवा गर्ने ठूला–ठूला महान् व्यक्तिहरू गुमाए । थुप्रै देशहरूको आर्थिक पक्ष टाट नै हुन पुग्यो ।
सकारात्मक र नकारात्मक पक्ष
कुनै वस्तुमा सकारात्मक र नकारात्मक दुबै पक्ष हुन्छन् । कोरोनाका पनि त्यही नियम लागू भयो । मानिसहरूको धारणा त खासै सकारात्मक पक्षभन्दा पनि नकारात्मक बढी देखियो । किनभने जहाँतही क्षति, त्रासको कारण सकारात्मक पक्ष देख्न सकिएको अवस्था रहेन । तर केही पक्ष सकारात्मक छन् । जस्तैः
१. साबुन पानीको अत्यधिक प्रयोग यसले जानेर होस् वा कोरोनाको कारण होस् सरसफाइ गर्नुपर्ने बाध्यताभित्र फाइदा पनि भयो ।
२. मुखमा मास्क लगाउनुपर्ने बाध्यताभित्र फाइदा पनि भयो । मुखमा मास्क लगाउदा धुलो, धुँवा, दुषित हावापानीको सुरक्षा भयो ।
३. सामाजिक दुरी यसले केही नकारात्मक पेसेवरहरूलाई सजक र सतर्क हुन सिकायो । जथाभावी हात मिलाउने, अङ्गालो मार्नेबाट सतर्क बनायो । नजिकमा बस्दा कोरोनाबाहेकका अन्य खतरनाक सरूवा रोगबाट सुरक्ष्ाित हुनमा मद्दत पुग्यो ।
४. मानव जातिले प्राकृतिक, अर्गानिक वस्तुहरू प्रयोग उपयोग गर्न छोडी सकेको अवस्थामा कोरोनासँग भिड्नका लागि जडीबुटी हलेदो, अदुवा, टिमुर प्रशस्त पानी, भिटामिनजन्य पदार्थ सेवन गर्न सिकायो ।
५. शिक्षा क्षेत्रमा अनलाइन कक्षा, भर्चुअल बैठकजस्ता कुराहरूको सर्वसाधारणले पनि उपयोग प्रयोग गर्न सिकायो ।
६. लकडाउनको समयमा थोरै भएपनि पैदल यात्रा गर्न बाध्य बनाउँदा शरीरलाई केही शारीरिक व्यायाम गर्न सिकायो ।
७. लकडाउनको समयमा आफूलाई आवश्यक वस्तुहरूको जोहो गर्न सिकायो । जथाभावी खर्च गर्ने भिडभाडका गर्ने कार्यहरूलाई साँघुरो बनाउन सिकायो ।
नकारात्मक पक्ष
१. कोरोनाको नाम सुन्दा पनि मानव जातिको दिमागमा जहिले पनि डर, त्रास, भय राम्रोभन्दा नराम्रोतर्फ बढी त्रसित बनायो । जसको कारण मानिस आत्महत्या गर्ने, कोरोनाले आक्रमण गर्नु पहिले नै त्रसित भै डिप्रेसन हुने, आत्मबल कमजोर भै अत्यधिक प्रेसरको समस्याले सताउने विभिन्न रोगले आक्रमण गर्नेसम्म बनायो ।
२. कोरोना बिमारीबाट मुक्त हुन दरिलो आत्मबल चाहिन्छ तर सुगर, प्रेसर, छातीको, लिभरसम्बन्धी समस्या, थाइराइड, घाँटीको समस्या भएका दीर्घरोगी दमको रोगीलगायतका रोगीहरू संयोगले मात्र बच्छन् । यो रोग सर्वसाधारणको पहँुचभन्दा धेरै टाढा छ । राज्यले व्यवस्थापन गरेन भने तल्लो कमजोर वर्गले ज्यान गुमाउनेबाहेक कुनै विकल्प हुँदैन । यदि तालमेल मिलेर कोरोनाबाट मुक्त भइहाले पनी जीवनभर राम्रो जीवन प्राप्त गर्न गाह्रो हुन्छ । श्वासप्रश्वास, तागतमा कमी, साधारण रूघाखोकीले पनि ग्रस्त पार्ने जेहोस् अति कमजोर अवस्थामा पुग्नेले अति शरीरको व्यवस्थान गर्नेले मात्र सहज पाउँछ अन्यथा समस्याको जीवनमा बाँच्नुपर्छ ।
३. आर्थिक आज करिब २३ वर्षको कोरोनाले ग्रस्त पारेको अवस्थासम्म आइपुग्दा संसारका ठूला–ठूला देशहरूको आर्थिक अवस्था निकै कमजोर अवस्थामा पुग्यो । झनै गरिब देशहरू त हरिकगांलै बन्न पुगे । कारण कलकारखाना, उद्योग, व्यापार, व्यवसाय, राजस्व संकलनका माध्यमहरू, यातायात, देशमा भित्रिने रेमिटान्सका आधार, आर्थिक प्राप्त गर्ने कुनै पनि कार्यहरू सबै ठप्प हुन पुगेपछि आर्थिकसँग जोडिएका सबै पक्ष अस्तव्यस्त भएपछि विकल्प के ?
ठूला–ठूला कम्पनी, कल–कारखानाको अवस्था ठप्प हुन पुगेपछि मालिकहरूले दिएका रोजगार मजदुरले गुमाउनुपयो ।
एउटा मजदुरसँग जोडिएका सबै पक्षलाई हानी हुँदा मजदुरले जीविका चलाउने बाटो नै अस्तव्यस्त भएपछिका विकल्प के ? कसरी बाँच्ने ? अर्कोतर्फ कम्पनीका ठूला–ठूला कारखाना मेसिनहरू महिनौ थन्किदा लाग्दा अमूल्य सामग्रीसमेत काम नलाग्ने गरी क्षति हुन पुगे । अर्कोतर्फ उत्पादनमै समस्या आएपछि वस्तुमा कठिन सबैखाले उपभोक्ताले सहज तरिकाले पाउन नसक्ने भएपछि वस्तुको मुल्य आकासियो ।त्यहीबाटै अखाद्यको समस्या, भ्रष्टाचार, दलालहरूको बिगबीगी हुन पुग्यो ।
मानिस कोरोनाले मात्र नभै रोग, शोक, भोकले पनि ज्यान गुमाउन बाध्य भए । आर्थिक पक्ष कमजोर भएपछि राष्ट्रले गर्न खोज्ने । विकासका सम्पूर्ण पक्ष सबै ठप्प हुँदा बाटोघाटो, पुलपुलेसा सबैमा क्षति पुग्ने भयो । कोरोनाको समयमा फाइदा सबल भनेको औषधीका पसल मालामाल भए अन्य पक्ष सबै ध्वस्त हुन पुगे ।
४. शैक्षिक पक्ष वास्तवमा संसारका सम्पूर्ण पक्षमध्य सबैभन्दा बढी ध्वस्त दर्जनौ वर्षसम्मको क्षति भनेकै शिक्षा हो । अन्य पक्ष त आज नभए भोलि होला तर शैक्षिक पाटो र भविष्य निर्माण गर्दै गरेका बालबालिका, युवायुवतीले लिन थालेको शिक्षाको समय पर्खदैन समय निरन्तर रूपमा बढिरहेको हुन्छ । समय बित्दै जाँदा जुन उमेर समूहले जुन समयमा गर्नुपर्ने कामहरू हुन सबै तहसनहस हुन पुग्यो । राज्यले शिक्षा क्षेत्रलाई प्रभावित हुन नदिन विभिन्न प्रकारको उपाय तथा विकल्पहरू अघि सा¥यो ।
तिनि सबै तिमाल्लिने, भुल्ने, शिक्षामा छुट्याइएको रकम फ्रिज हुन नदिने मात्र हो किनभने एउटा शिक्षकले भौतिक रूपमा जसरी एउटा विद्यार्थीलाई जति मेहनत गरेर शिक्षा प्रदान गराउँछन्, जति प्रभावकारी ढंगबाट युवा होस् या बालक होस् शिक्षा आर्जन गर्न सक्छन् । अरू सबै मन भुलाउने बाटो मात्र हो । आज संसारका सबै बालबालिकाहरूको भविष्य पूर्णरूपमा ध्वस्त भयो । कोही बीचमै पढ्न छोडेर अलपत्र भए । कोहीका अभिभावक गुमे, कोही अभीभावक–विहीन अनाथ या भिन्न पक्षको भविष्य अति नराम्रोसँग प्रभावित हुनपुग्यो ।
भर्खरका कलिला पलाउँदै गरेका मुनाहरू बीचमै चुडिएजस्तो भविष्यका कर्णधारहरूको जीवन चौपट बन्न पुग्यो । के साँच्चिकै बजारमा फैलिएका हावाजस्तै कोरोनाको चरण ११आंैसम्म हो त ? यदि साँच्चिकै हो भने के प्रकृतिले पुरानो संरचना पूर्णरूपमा सफा गर्न खोजेकै हो त ? जे होस् होला नहोला तर वर्तमान परिवेशमै भविष्यका कर्णधार भनेर चिनिने, गणनामा मानिने वर्गको भविष्य अन्धकार र चौपट हुने सम्भावना अति बढेर गयो ।
कुनै पनि वस्तु भित्र राम्रो होस् या नराम्रो वस्तुमा होस् एउटै पक्ष हुँदैन । नकारात्मक, सकारात्मक दुबै पक्ष हुन्छन् तर कोरोनाको सबैभन्दा खतरनाक पक्ष भनेकै भविष्यका कर्णधार राष्ट्रको भविष्यमा आधारित खम्बाहरूकै भबिष्य चौपट रअन्धकार बन्न पुग्यो । यो अति संवेदनशील एवं चिन्ताको विषय बन्यो । अब एकआपसमा अनमेल, झगडा, दोषारोपण, पन्छिने भन्दा पनि सबै मिलेर सम्बन्धित निकायलाई सुझाव र सरोकारवाला समयमा सकेसम्मको विकल्पतर्फ कत्ति कञ्जुस्याइँ नगरेर लागि परौं ।