Saturday, October 11, 2025
Homeविचारचिन्ता होइन चिन्तन गरौं !

चिन्ता होइन चिन्तन गरौं !

- Advertisement -spot_img

श्रीराम दहित


भौतिक तथा आध्यात्मिकताको द्वन्द्व परापूर्व कालदेखि भोग्दै सुन्दै आएका तीता यथार्थ हुन् । द्वन्द्वका बीचमा मानवीय मूल्यमान्यताको वास्तविक यथार्थ कहिलेसम्म गुमनाम राख्ने त्यो तपाई हाम्रो जिम्मेवारी हो सत्य, अहिंसा, दया, करूणा, सदाचार, स्नेह, प्रेम, सद्भाव, इमानदारिता आदि पेवा वा व्यक्तिगत विषयको रूपमा हेरिने गरिन्छ । कहलिएका शिक्षित विद्वान्हरू समेतले संस्कार संस्कृति मानवीय मुलमन्त्रको विषयमा चर्चा सत्संगसमेत गर्न आँट गर्नसक्ने अवस्था देखिदैन ।

प्रतिकूलतामा अनुकूलता खोज्दै जीवन मूल्यमान्यताको वास्तविकतामा उपस्थिति जनाउँदै आएको छ । यस्तै छ यहाँको चलन । हामी श्रेष्ठ चिन्तन र सत्यलाई त्यागेर दुखद् असत्यसँग प्रेम गर्दछौँ यो भन्दा दुःखद वास्तविकता के होला र ? देख्दा समझदार चिन्तनशैली र व्यवहार ठ्याक्कै विपरीत यो विडम्बना कहिलेसम्म हाम्रा सन्ततिलाई पुस्ताण्तरण के गर्ने चिन्तन मनन् गर्न जरूरी छ । मानवीय मूल्यमान्यता यसरी किन भ्रष्ट हुँदैछ त ? हामी सबैको दुखाई साझा नहुनुको एउटा कारण हो स्वयम्लाई बिर्सनु । जो व्यक्ति आफ्नो मूललाई बिर्सन्छ त्यो व्यक्तिले प्रगतिको शिखर चुम्न धेरै महत्वपूर्ण समय खर्चिनु पर्नेछ ।

सफलताका लागि सकारात्मक सोंच । मनोवैज्ञानिकहरूको मतानुसार हाम्रो दिमागले शरीरलाई नियन्त्रण गर्दछ । सकारात्मकताका लागि हामीले केही चरण पार गर्नुपर्ने हुन्छ । व्यक्तिले आफूले चाहेको कुरा हासिल गर्न आफ्नै दिमागमा योजना बनाउन सक्षम हुन्छ । काम गर्ने तौरतरिका र सोच्ने तरिका फरक हो, छ भने सकारात्मक सोंचको विकास भएको मान्नुपर्छ ।

सकारात्मक मानसिकतासँग जहिले पनि अधिक आनन्द खुसी र स्वास्थमा तुलनात्मक अभिवृद्धि हुन्छ । सकारात्मक सोंचसहितको स्वस्थ जीवनभन्दा आनन्द ठूलो भौतिक वस्तु हुन् सक्दैन । धनले खुसी ल्याउँदैन, तर सामाजिक हितमा कार्य गर्दा भने आनन्द प्राप्ति हुन्छ । आनन्दित व्यक्तिहरूको धार्मिक वा आध्यात्मिक आत्मिक विश्वास अन्य व्यक्तिमा तुलनात्मक रूपमा बढी हुन्छ ।

कसरी हुन्छ सकारात्मक सोंच ?

सकारात्मक सोंच के हो ? प्रायः सबैलाई थाहा छ । तर सकारात्मक सोंच कसरी अभिवृद्धि गर्न सकिन्छ थाहा हुँदैन । सकारात्मक अभिवृद्धि गर्न व्यावहारिक बनौं । गुनासा, अविश्वास, तिरस्कार, घमण्ड, अहंकारजस्ता शब्द विस्तारै स्वयम्बाट टाढा राखौं । आशावादी, रचनात्मक, सधैं खुसी, निस्वार्थ सहयोग, कृतज्ञता, जिन्दगीको लक्ष्य निर्धारण, सत्संग, स्थिर मनस्थिति, सुपाच्य प्राकृतिक आहार, संगीतलाई समेत व्यावहारिक जीवनशैली बनाऔं ।

यसबाट आशावादी चिन्तारहित सकारात्मक चिन्तन गर्नसक्ने शक्ति प्राप्ति हुन्छ । सार्थक जीवनका लागि सकारात्मक चिन्तन मनन् द्वन्द समाधान मुलउद्देश्य हो । तत्काल प्राप्ति गरेको हरेक वस्तु उपलब्धि हानिकारक हुन्छ । भ्रष्टाचार, ठगी,
कालो व्यापारजस्ता गतिविधिलाई तत्काल फाइदा होला तर दीर्घकालका लागि विश्वास, आशावादीता इमानजस्ता कर्म शब्दले खुसी प्राप्ति गराउँदछ ।

चिन्तन गरौं चिन्ता होइन । संस्कारित कुलीन व्यक्तिले विपरीत परिस्थितिमा समेत हरेक असहज परिस्थितिलाई सहजै सामना गरेको देखिन्छ । जुन सहजता त्याग, समर्पण, सकारात्मक सोंच सञ्चित प्रतिफल हो । आफ्नो मूल्य बढी देखाउन अरूको निच देखाउने प्रवृत्ति हाम्रो समाजको सरूवा रोगजस्तै हो । त्यसको परिणाम तत्काल नभए पनि कालान्तरमा सरूवा रोगले प्रभावित गर्दछ । ती व्यक्तिको पुस्तौंसम्मको मूल्य बाँकी होइन अबमूल्यन हुने गर्दछ ।

अरूलाई घटिया देखएर आफू बढिया छु भन्ने प्रवृतिले हाम्रो समाजलाई सकारात्मक परिणाम प्रदान गर्नमा प्राय रोकावट पुगिरहेको देख्दादेख्दै रमिते भइ हेर्नुको साटो चिन्तन मनन् गरौंला । यस्ता प्रवृत्तिलाई सरल तरिकाबाट सकारात्मक सल्लाह, सुझाव प्रदान गरी न्यूनीकरण निरूत्साहित गरौं । चिन्ताले चितासम्मको अन्तिम गन्तव्य पु¥याउनु हो भने श्रेष्ठ चिन्तनले प्रगतिको उच्च शिखरमा एकपछि अर्को परिणाम प्रदान गर्दछ ।
स्वयम्लाई पहिचान गरौं ।
म को हुँ?
धरौटीमा छ जिन्दगी कसैलाई भन्न सक्या छैनौं !
ढल्की सक्यो उमेर अझैं नि निफन्न सक्या छैनौं !

अनाधिकृत रूपमा अनावश्यक विषयमा प्रतिक्रिया दिँदा व्यक्तिको मूल्य अवमूल्यन हुन्छ । सत्यतथ्य नबुझी कुनै पनि विषयमा सहमति समर्थन जनाउने गर्दा स्वयम्को गरिमा घट्ने गर्दछ । आफ्नोअनुकूल बोल्ने गर्ने र त्यसैलाई उचित सत्य मान्ने स्वभाव प्रायः व्यक्तिको हुन्छ । आफू निकट संघसंस्था राजनैतिक सिद्धान्त चलनचल्ती सत्य असत्य नहेरी अन्धभक्तको रूपमा समर्थन गर्ने रोग हाम्रो समाजमा आवश्यकताभन्दा बढी पाइन्छ ।

विवेकशुन्य संस्कार मानवीय मूल्य मान्यतालाई कलंक लगाउने कारण हो । कस्तुरीले जीवनभर बिना खोज्दै गर्दा आफ्नो नाभिमा रहेको सुगन्धित बिना पहिचान नगरी मृत्युमा पुग्ने गरेको कथा हजारौं पटक सुन्यौं सुनायौं तर मानवीय शक्ति पहिचान जागरण गर्न कहिल्यै तत्पर भएनौं ।

लोकदृष्टीमा गलत आचरण हुने व्यक्ति जतिसुकै सुन्दर, उच्चपदस्थ र धनाढ्य होस् आत्मीय रूपमा कहिल्यै आदरणीय हुन सक्दैन । आचरणको प्रभावले उसको कुनै पनि देखिने भौतिक वस्तु वा पद प्रतिष्ठाले सकारात्मक प्रभाव पार्न असमर्थ हुन्छ । हाम्रा आसपासका रहेका हजारौं साना झारपातलाई झारपात मूल्यविहीन रूपमा हेर्ने गर्दछ । झारपातमा अमूल्य अमृत समान गुण हुने भन्ने तबमात्र ज्ञात हुन्छ जब ती झारपातजस्ता लाग्ने अमृततुल्य वस्तुलाई प्रयोग गरिन्छ ।

भौतिक रूपमा आफूलाई सुन्दर सावित गर्दा अरूलाई कुरूप देख्नुपर्दछ ।तर जीवनमुल्य त्यो सद्गुण हो स्वयम्लाई मूल्यवान घोषित गर्न अरूलाई मूल्यविहीन सावित गर्न पर्दैन । व्यक्तिको विचार, व्यक्तित्व, व्यवहार, क्रियाकलाप तथा समग्र आचरणले उसको मूल्य पहिचान गराउँछ । सामान्य बाँसको ढुङ्ग्रो संगीतकारको हातमा पुग्दा सुमधुर संगीत प्रदान गर्दछ ।

खुल्ला आँखाले सामान्य वस्तु देख्न यसरी अनमोल, उत्कृष्ट, विशिष्ट हुने बनाउने विधि नै वास्तविक मूल्य विज्ञान हो । मानवको मूल्यशिक्षा, नैतिकता, सदाचार, सत्यवादिता, सद्गुणका कारण श्रेष्ठ उच्च मानवको रूपमा स्थापित हुन्छ । त्यसैले स्वयम्लाई पहिचान गरी सार्थक मानव जीवन सावित गर्न आजैदेखि सकारात्मक चिन्तन मनन् गरौं ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here