
नारायणप्रसाद भण्डारी
विस २०७६ साल पुस, माघको महिनामा चिसो ठण्डी मौसमको सुरूवात हुँदै थियो । विश्वको अति विकसित, समृद्धशाली, विभिन्न विषयको ज्ञाता, विशेषज्ञ, अनुसन्धानमा निपुण मानिने र विश्वले पनि मान्दै आएको विकसित एवं शक्तिशाली राष्ट्र चीनको बीच बुहान नामक सहरबाट अनौठो तरिकाबाट संसारले नै नपत्याएको कोरोना नामक अति खतरनाक सरूवा रोग, सर्ने तरिका पनि यो सबैभन्दा अनौठो प्रकारको रोग भनौँ वा जीवाणु भाइरसको उत्पत्ति भयो जसले संसारका कुनै पनि राष्ट्रलाई अछुतो राखेन ।
रोग प्रकृतिलाई जसले नमान्ने आफ्नो काबुमा ल्याउन चाहने चाहना राख्नेहरूको धज्जी नै उडायो, होस् हवास नै उडायो । करोडौलाई संक्रमण लाखौको जीवन क्षति, राष्ट्रको ढुकुटी पनि स्वाहा । यस्तो अवस्थामा जाँदासम्म भरपर्दो मानव जातिले कोरोनाविरूद्ध लड्न सक्ने बलियो हतियार फेला पार्न सकेन मात्र कसरी बच्न सकिन्छ ? भन्ने वैकल्पिक उपायहरू मात्र बेसार पानी, तातो पानी, टिमुर, गुर्जो, अधुवा, क्वारेन्टाइन, माक्स, सेनिटाइजर, सामाजिक दुरीजस्ता विकल्पहरू अपनाएरै करिब तीन वर्ष महाविपत्तिमै दिनहरू गुज्रिरहेका छन् ।
हालै थोरै समय अगाडिबाट अमेरिका, भारत, चीन, बेलायत लगायतका धनाढ्य एवं शक्तिशाली देशहरूले कोरोनाविरूद्ध भ्याक्सीन तयारीमा पनि वर्षौको मेहनत पछाडि मात्र मसिनो आशा गर्न सकिन्छ की भन्नेसम्म फेला पर्दै थियो । । हालसम्म करोडौँको संख्याले कोरोना विरूद्धको खोप त लगाउँदैछन तर आम शोषित, पीडित, गरिब निमुखा, गरीखाने वर्गसम्मको विश्वका आम सडकछापदेखि गगनचुम्बी महलसम्मको सरल तरिकाको पालो कहिले आउने ? भन्ने थाहा छैन ।
यो पनि सायद परीक्षणमै केही समय समाजका अगुवा जोखिम क्षेत्रमा खट्नेहरूबाट सुरूवात गरिएको भनाइ कति सत्य, सत्यताको आधार के ? फेरी पनि पहँुचवालाकै हालीमुहाली विश्वभर नै तिब्र भएको समयमा निम्न वर्गले साधारण सिटामोल किन्न सहज भएजस्तो अवस्था सिर्जना हुन सायद केही समय पर्खनु पर्ला जस्तो देखिन्छ । साँच्चिकै भन्नुपर्दा यदि जोखिम क्षेत्रको पहिचान गरेरै जानुपर्दथ्यो भने सबैभन्दा पहिले विद्यालयहरू प्राथमिकतामा पर्नुपर्दथ्यो ति अबोध बालबालिकाहरूबाट सुरू गरिनु पर्दथ्यो ।
किन पछि पारियो ? वास्तवमा यस्ता महाविपत्तिका आपत्तिहरूमा राम्रो नराम्रो आपत्विपत सरूवा होकी ? खतरनाक होकी ? केही थाहा नपाउने भनेकै बालबालिका हुन् । बालबालबालिकाको भिडभाडका हुने क्षेत्र भनेकै पहिलो विद्यालय हो । जबसम्म विद्यालयहरू कुनै पनि पक्षबाट ढुक्कता हुँदैन तबसम्म रोकथाम, भयत्रासबाट विद्यालयहरू मुक्त हँुदैनन् त्यतिबेलासम्म राष्ट्र र समाजले निकास पाउन सक्दैन । आज विश्व कोरोना कहरको पेचिलो आन्दोलन लड्दा लड्दै फेरी अर्को नयाँ भाइरसको नामबाट मानव जातिमाथि त्रासको बीच चौथो चरणको झनै खतरनाक कोरोना थपिएको छ । यो चौथो चरणको विज्ञ वैज्ञानिकहरू पनि स्पष्ट हुन सकेको अवस्था छैन ।
किन यस्तो अवस्था सिर्जना भैरहन्छ ? समस्याको मुल जरो के हो ? कहाँबाट के कारणले मानव जातिले यति धेरै सास्ती किन खेप्नुप¥यो ? यो अनुसन्धान गर्न केही वैज्ञानिकहरू त लागे तर अधिकांश मानवहरूको कृत्रिम दानवीय प्रवृत्तिको कारण महाविपत्तिभन्दा विपत्तिभित्र पीडा थप्ने कुकृत्यले सर्वसाधारणले विपत्तिको व्यवस्थापन गर्न कठिन भयो । यिनै विपत्तिको समयमा भ्रष्टाचार, बिचौलियाको बिगबिगी, कमिसन, हत्याहिंसा, यौनहिंसा, चोरी–डकैती, लुटपाट, ठगी, झन साना अवोध बालिका, युवतीहरूको विभत्स हत्या अनावश्यक भेला, मेला, जुलुसको श्रृंखला, ऋण ब्याजको नाममा मिटर ब्याजका डरलाग्दा घटनाले समाज आक्रान्त बनायो ।
यो कोरोना महविपत्तिको समयमा नेपालमा भएका वास्तविकता के–के हुन् ? अन्य राष्ट्रको भन्दा यो विपत्तिको घडीमा भए गरेका अमानवीय र मानवीय घटना सँगसँगै राजनीतिका घटनाक्रम के–के भए ?
कोरोना कहरको विश्व महाविपत्तिको समयमा नेपालको परिवेश भिन्न तरिकाले गुज्रे । बास्तवमा कोरोनाले जति विश्वका अन्य देशहरूलाई सतायो, क्षति पु¥यायो । त्यति हाम्रो देशलाई क्षति पु¥याउन सकेन तर कोरोना कहरको बहानामा नेपाली नागरिकले जति विपत्ति, सास्ती, विचलित, मानसिक तनाव सायद अरू देशका नागरिकलाई भएन होला ?
किन भने एउटा मास्कको अभाव बनाएर कालोबजारी गर्ने, सेनिटाइजरमा अन्य विषाक्त वस्तु मिसाएर फाइदाभन्दा बेफाइदा बढी गराउने, राहतको नाममा हुने खानेलाई आ–आफ्ना कार्यकर्ताको भरणपोषण गर्ने, क्वारेन्टाइनको नाममा करोडौको घोटाला गर्ने, लकडाउनको समयमा वन जंगल सखाप पारेर काठ तस्कर गर्ने, अखाद्य वस्तुको विक्री वितरण गर्ने, यात्रामा बिजोग, छिमेकी देश भारतको अमानवीय यातना, भएका रोजीरोटीमा समस्या, रोजगारीमा समस्या, महंगी भ्रष्टचारले सीमा नाघ्ने कुकार्य कोरोनाले भेटेकाहरूप्रतिको अमानवीय व्यवहार, बृद्धबृद्धा, अशक्त, रोगी, दीर्घरोगी, बालबालिकाहरूमा जोखिम, हुने खानेहरू भित्रै बसेर रमाइलोको अनुभूति गरे भने दुखी, काम गरी खाने वर्गको बेहालै भयो ।
आवश्यकताका सामान खरिद गर्न पनि तिनै कमजोर वर्गमाथि नै बढी बल प्रयोग हुन पुग्यो । यि र यस्तै कारण तमाम कमजोर सोचाइ भएकाहरूले अनाहकमा जीवनकै क्षति बनाए । यस्तो अवस्थामा राज्यको भूमिका आफ्नो जनताप्रतिको उत्तरदायित्व, राजनीतिक दलहरूको भूमिका कस्तो रह्यो ?
जहिले पनि सुख होस्, दुःख होस् जस्तो अवस्थामा पनि जनताको सुरक्षा गर्ने, विपत्तिबाट जनता बचाउने, आफ्नो नागरिकलाई अभभिावकत्व प्रदान गर्ने काम राज्यको हुने गर्छ । तर नेपालको परिवेश भने राज्य जनताप्रतिको उत्तरदायित्व, अभिभावकत्व प्रदान गर्न सकेन । राज्यका सत्ताधारी पार्टी आफैमा खिचातानी, आफैमा झगडा, अर्कमण्डयता मात्र नभई संसद नै बिघटन गर्ने सिंगो पार्टी फुटाएर टुक्राटुक्रा पार्नेसम्मका कामहरूको कारण न्यायालयहरूमा समेत विवादित मुद्दाले प्रभाव पा¥यो ।
नेपाली जनता कहिले कोरोना, कहिले संसद बिघटन, कहिले प्राकृतिक विपत्ति, कहिले कृत्रिम विपत्ति, कहिले राजनीतिका घटना, सबै घट्नै घटनाले आजीत भएको समयमा फेरी राजनीतिका घटनाक्रम विकसित हुँदै जान थालेको छ । नेपाली जनताले बिगतमा पाउनुसम्मको डरलाग्दा, कहालीलाग्दा, सोच्दा पनि शरीर थरथर कापेर आउने प्रकारका घटनाले आजित भइसकेका थिए । अब फेरी नेपाली जनता बिगतको भन्दा अझ ठूला–ठूला विपत्तिमा दोह¥याइदै छन् ।
अहिले जनताले छुट्याउन मुस्किल छ । बास्तवमा को हो सत्ताधारी ? को हो विद्रोही, को हो जनता पक्ष ? उसले भन्छ हामी आधिकारिक अर्कौले भन्छ सक्कली को हो ? सक्कली को हो ? नक्कली सक्कली सबै सडकमा ओर्लिए । सबैले भाषण गर्छन् । को हो सच्चा को हो कच्चा ? यति ठूलो अन्यौल, यति ठूलो बिडम्बना, यदि वर्तमान अन्यौलताको निकास निकाल्ने देशमा चलिरहेको अन्यौलको अवस्थामा अदालतले जुन फैसला ग¥यो त्यही भयपनी एउटा निकास आयो तर सबैको लागि सहज थिएन ।
फैसला दुबैको पक्षमा त कहिलै हँुदैन । एउटा पक्षले जित, अर्को पक्षले हार स्वीकार्नुको विकल्प हुँदैन । तर वर्तमानको अवस्थालाई हेर्दा चुनाब हुने भए पनि संसद पुनस्र्थापना भए पनि दुबै पक्षबाट देशले सजिलै निकास पाउन सक्ला ? जसरी पनि राष्ट्रको भविष्य, आर्थिक पाटो, राजनीतिको अन्यौलता, तरलता, राजनीतिको नाममा ओरालिने जनता, सबै पक्ष जोखिम बन्यो ।
न्यायालयहरू पनि स्वतन्त्र तरिकाबाट काम गर्ने वातावरण पनि अन्यौलपूर्ण बन्दै जाँदा यस्तै आरोप प्रत्यारोपले देशले जसरी कोरोना कहरको एकपछि अर्को विकराल अवस्थाले विश्व रूवाए झँै नेपाली राजनीतीले नेपाली जनतालाई एकपछि अर्को राजनीति घटनाक्रमको तरलताले बिना निकासको भुमरीभित्र फसाउने फस्ने ठूलो खतराको अवस्थामा फेरी हालसम्मको भन्दा झनै खतरनाक महाविपत्ति हाम्रो अगाडि चुनौतीको रूपमा आउँदै छ ।
यति खतरनाक छ । यो चरणको कोरोना भनी साध्य छैन अब मानव जातिले कसरी फेश गर्ने बास्तवमा प्रकृतिको अगाडि मानव जातिको केही लाग्दो रहेनछ । अब के गर्ने अबका विकल्प के ? यदि अझै पनि मानव जातिले होस पु¥याएन भने लापरबाही गरिरह्यो भने होसमा आएन भने संसार ध्वस्त हुन सक्छ । सबैमा चेतना भयाँ ।