Friday, October 10, 2025
Homeसम्पादकीयधुलो सास्ती

धुलो सास्ती

- Advertisement -spot_img

सम्पादकीय
मानवीय स्वास्थ्यमा कसैले पनि खेलवाड गर्न पाउँदैनन् । विकासका नाममा होस् या अन्य कुनै विषयमा मानवीय स्वास्थ्यमा सबै संवेदनशील हुनुपर्छ । दाङका मुख्य सहरहरूमा सडक निर्माणमा ढिलासुस्ती हुँदा स्थानीयस्तरमा धुलोको समस्या जटिल बन्दै गएको छ । सरोकारवाला निकालले क्रियाशीलता नदेखाउँदा अहिले तुलसीपुर–घोराही बजार क्षेत्र धुलोका कारण पूर्णरूपमा प्रदूषित छ । सवारीको चाप बढ्दै गर्दा सडकको धुलो र निर्माणको सुस्तताका कारण आम नागरिकको स्वास्थ्यमा समेत समस्या देखिएको छ । सडकको धुलोको कारण स्थानीयहरू पीडामा छन् ।

यसलाई सम्बन्धित निकायले चासो दिएको छैन । सरोकारवाला पक्षले निर्माणलाई तिव्रता दिनुको साटो सुस्तता बढाइरहेको छ । यो सुस्तताले मानवीय स्वास्थ्यमा दीर्घकालिन असर पार्छ नै । तोकेको समयमा सडक पूर्वाधार निर्माण पूरा नहुँदा त्यसको असर निरन्तर रूपमा भइरहनु दुखद् हो । विकासका लागि विनास गर्ने तर त्यो विनासलाई विकासमा रूपान्तरण समयमै गर्न नसक्दा वायु प्रदूषण बढेको छ । जिल्लामा मापदण्ड मिचेर निर्माण हुने कलकारखाना र उद्योगहरूका कारण पनि मानवीय स्वास्थ्यमा ठूलो असर देखिन्छ । मापदण्ड मिचेर गरेर कार्यले प्रदूषण बढाएको मात्रै छैन मानवीय जीवनमा समेत असर र क्षति पु¥याइरहेको छ ।

तोकेको समयमा काम पूरा गर्न नसक्दा सहर पूरै र आसपासका क्षेत्र प्रदूषित र धुल्याम्य भइरहनु राम्रो छैन । यसले वातावरणीय प्रदूषण बढेको छ भने मानवीय स्वास्थ्यमा ठूलो लावरवाही भएको छ । कोभिडको पिडा सहिरहेका नागरिकमा धुलोको असर रारिराख्नुले स्वास्थ्यमा थप समस्या निम्त्याउन सक्छ । राज्यको चासो कम र निर्माणको जिम्मा लिनेहरूको लापरवाही, हेलचेक्¥याइ बढाउनुले स्थानीयहरूमा समस्या आउनु दुखद् हो । यसलाई तत्काल निर्मूल गरेर निर्माणको कामलाई पूरा गर्नुपर्छ । निर्माणको काम हुँदासम्म धुलो नियन्त्रणको वैकल्पिक उपायहरू अपनाउनुपर्छ । धुलोले गर्दा सडक आसपासका व्यवसायी, स्थानीयबासी तथा यात्रुहरू मारमा पारिनु हुँदैन ।

सडक निर्माण एकातिर अधुरो रहने र अर्काेतिर त्यो धुलोधुवाँले आम नागरिकहरूको स्वास्थ्यमा गम्भीर असर पर्ने अवस्थालाई सरोकारवाला निकायले रोक्नुपर्छ र चासो दिनुपर्छ । सडक निर्माणको जिम्मा दिएका निर्माण कम्पनी र नियमन गर्ने सरकारी निकाय र स्थानीय तहले अब विभिन्न प्रकारबाट उत्पन्न भइरहेको प्रदूषण रोक्नुपर्छ । सडकको धुलो नियन्त्रण गर्नुपर्छ । निर्माणलाई सामान्यरूपमा हैन गम्भीर रूपमा लिएर कार्यलाई पूर्णता दिनुपर्छ । पूरा नहँुदासम्ममा विकल्पको खोजी गरी धुलो र धुवाँ नियन्त्रणका उपाय खोजिनुपर्छ । वायु प्रदूषण घटाउनुपर्छ । े

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here