Friday, October 10, 2025
Homeसम्पादकीयफोरलेन निर्माण

फोरलेन निर्माण

- Advertisement -spot_img

सम्पादकीय
झण्डै तीन वर्षदेखि चर्चामा आइरहेको दाङको फोरलेन सडक निर्माण योजना पुनः चर्चामा छ । सम्झौता सकिएपछि पुनः निर्माण गर्ने गरी अहिले औपचारिक कार्यक्रम नै गरेर शुभारम्भ भएपछि फोरलेन निर्माणले पुनः चर्चा पाएको छ । निर्माणको जिम्मा लिएको भारतीय कम्पनी तथ्य इन्जिनियरिङले आफै काम गर्ने भनि प्रतिवद्धतासमेत सार्वजनिक गरेको छ । फोरलेन सडक गएको असार महिनामा निर्माण सकि सक्नुपर्ने हो ।

काम सक्नुपर्ने ठाउँमा जम्मा ७ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ । निर्माण सम्झौता मिति सकिएपछि तथ्यले कामको जिम्मा दिएको व्यक्तिबाट फिर्ता लगेर अहिले आफै सुरू गर्न लागेको बताउनुले फोरलेनको काम पूरा हुन्छकी भन्ने विश्वास भने पलाएको छ । त्यहि जिल्लाका राजनीतिक दल, सुरक्षा प्रमुख र स्थानीयहरूहरूलाई राखेर तथ्यको मुख्य कम्पनीले निर्माणका औपचारिक शुभारम्भ गरेको छ । काम हुन्छ भने त्यो राम्रो हो ।

विकास समयमै पूरा हुनुपर्छ । समयमै पूरा नहुने विकासले निर्माण कम्पनीलाई फाइदा बेफाइदा के गर्छ त्यो त थाहा भएन । तर जनता र आमनागरिकलाई भने बेफाइदा नै गर्छ । बढीमा १८ महिनामा सकिनुपर्ने काम ठेकेदारको लापरवाहीले लम्बाइनु र काममा लापरवाही हुनुको पीडा फोरलेनमा पनि देखिएको छ ।

तुलसीपुर–घोराही बबईसम्मको फोरलेन सडकले गति नपाउँदा यो सडक क्षतविक्षत भएको छ भने अकालका १४ जना नागरिकले ज्यानसमेत गुमाउनुपरेको छ । समयका काम नगर्ने र तोकेका मापदण्ड पूरा गर्ने निर्माण कम्पनीलाई राज्यले छुट दिदा पनि अहिले विकास निर्माणले गति लिन नसकेकै हो । समयमा जिम्मेवारी पूरा गर्न नसक्नेलाई तत्काल नीतिअनुसार कारवाही गरिने हो भने कुनै पनि विकासका काम पछि पर्ने थिएन र समयमै पूरा हुने थिएकी भन्न सकिन्छ । सडकको कामको जिम्ममा लिएको तथ्य इन्जिनियररिङको गति पनि अहिले आएर यस्तो हुने थिएन होला ।

तुलसीपुर–घोराही फोरलेन सडक निर्माण कम्पनी तथ्यले स्थानीयको नाममा केही युवालाई पेटठी ठेक्का दिएपछि निर्माणले गति हैन सुस्तता पाएको हो । जसले जिम्मा लिन्छ उसैले काम गरेमा मात्रै पनि राम्रो काम, समयमा काम र गुणस्तरीय काम हुने हो । यस्ता उदाहरण जिल्लामा केही रहेका छन्  । रसुवा कन्स्ट्रक्सनले ग्वार खोलामा निर्माण गरेका पुलहरू यसका उदाहरण हुन् । फोरलेनलाई पनि यसरी लिन सकिन्थ्यो निर्माण कम्पनीकै लापवाहीले म्याद सकिएपछि निर्माण सुरू गर्ने अवस्था आउनु राम्रो हैन । अब यस्तो नहोस् । तोकेको समय एक वर्षमा फोरलेनले निर्माणमा पूर्णता पावस् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here