Friday, October 10, 2025
Homeसम्पादकीयनेतृन्वमा लोकतान्त्रिक विधि

नेतृन्वमा लोकतान्त्रिक विधि

- Advertisement -spot_img

सम्पादकीय
पार्टी र संगठन निर्माण र सञ्चालनका लागि आ–आफनै विधि प्रक्रिया र नीति हुने गर्दछन । संघ सस्थादेखि राजनीतिक दलसम्ममा नेतृत्व छनोटका लागि प्रजातान्त्रिक एवम् लोकतान्त्रिक विधिहरु अपनाइने गरिन्छ । कहि कतै मात्रै एकल निर्णय र प्रक्रियाबाट राजनीतिक पार्टी र सस्था हाक्ने र सञ्चालन गर्ने अवस्था रहिरहेको पनि देखिन्छ । यद्यपी नेतृत्वका लागि विधि जे भए पनि छनोट र सञ्चालन भने लोकतान्त्रिक विधि र प्रक्रिया नै हुन्छ ।

अहिले देशका सबै राजनीतिक दलहरुले वडा तहदेखि केन्द्रीय तहसम्ममा नयाँ नेतृत्व ल्याइरहेका छन् । महाधिवेशनको चटारोमा रहेका राजनीतिक दलहरु कतिले लोकतान्त्रिक विधि पद्धति लागु गरे नेतृत्व छानिरहेका छन् भने कतिले (अधिनायकत्व) डिक्टरसीपको विधि अपनाई रहेका छन् । लोकतान्त्रिक व्यवस्थामा यो विधि स्वीकार्य रहदैन, तर पनि पार्टीको नीति र नेतृत्वमा यसरी नेतृत्व छानिन्छ । आम सदस्यका लागि त्यो गलत हुन जान्छ ।

नेकपा एमालेले तहगत अधिवेशन सकेर महाविधवेशनको अन्तिम संघारमा छ । मंसिर १० गतेदेखि एमालेको महाधिवेशन हुँदैछ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा छ । लामो प्रक्रिया पुरा गरेर अन्तिम साधा केन्द्रिय महाधिवेशनको तयारीमा छ । कांग्रेसले वडा पालिका, प्रदेश सभा, प्रतिनि सभा र केहि जिल्लामा जिल्ला अधिवेशन पनि सकिसकेको छ । नेकपा मालेले गुपचुपमै महाधिवेशन सकेर नयाँ नेतृत्व समेत चुनि सकेको छ भने माओवादी केन्द्र वडा अधिवेशनमा लागेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी पनि महाधिवेशनको तयारीमा छ । यसले प्रदेश अधिवेशन समेत सम्पन्न गरिसकेको छ । देशका राजनीतिक दलहरुले आफ्ना अधिवेशन गर्र्दै गर्दा लोकतान्त्रिक विभि अपनाई रहेका छन् भने कतिले अधिनायकत्वको प्रवृधि देखाएका छन् । देशमा लोकतान्त्रिक विधि स्थापना भए पनि पार्टीहरुमा भने अझै अलोकतान्त्रिक विधि पनि अपनाई रहेका छन् । सबै भन्दा बढी चर्चामा रहेको काँग्रेस महाधिवेशनमा प्रजातान्त्रिक प्रक्रियाका नाममा गुटगत गतिविधि बढी रहेको देखिन्छ । काँग्रेसमा महाधिवेशनका प्रक्रियामा गुटगत गतिविधि अझ बढेको छन् । यो विषयलाई अहिले महत्वका साथ हेरिनु स्वभाविक पनि छ ।

राजनीतिक आस्था विचार र सिद्धान्त आ—आफनै हुन्छन । ती सिद्धान्त विचारलाई सहि रुपमा प्रयोग गर्ने कि गलत रुपमा प्रयोग गर्ने आफैमा भर पर्ने हो । तर राजनीतिक सस्कार, लोकतान्त्रिक प्रक्रिया, व्यवस्था र अवस्थालाई भने सहि रुपमा प्रयोग गर्न सक्नुपर्छ । नेतृत्व छनोटकै लागि हुने गलत क्रियाकलापले राजनीतिक दलमा मात्रै हैन आम नागरिकमा समेत प्रभाव पार्दछ । तसर्थ नेतृत्व लोकतान्त्रिक हुनुपर्छ । अधिनायकत्व हावी भएको नेतृत्वले संगठन बलियो हैन ध्वस्त बनाउन सक्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here