Friday, October 10, 2025
Homeसम्पादकीयस्वास्थ्य बिमा

स्वास्थ्य बिमा

- Advertisement -spot_img

सम्पादकीय
सबै भन्दा बढी चल्तीको शब्द बनेको छ । त्यसमा पनि राज्यले नै अहिले नागरिकका लागि स्वास्थ्य विमाको नीति ल्याएको छ । सरकारले गुणस्तरीय स्वास्थ्य सेवा नागरिकलाई प्रवाह गर्न र स्वास्थ्य सेवाको सुनिश्चितता गर्न स्वास्थ्य बिमा कार्यक्रमलाई अघि सारेको जिल्लामा एक वर्ष हुँदै छ ।

नागरिकले आधारभुत स्वास्थ्य सेवा निशुल्क पाएपनि गम्भिर प्रकृतिको उपचारमा आर्थिक अभावकै कारण समस्या हुने गरेकाले बिमा कार्यक्रममार्फत सरकारले स्वास्थ्य उपचारलाई सहजता बनाउन लागेको छ । सरकारले विस्तारै ७७ वटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम गर्ने नीति अघि सारेपनि अझै पनि सबै जिल्लामा पुग्न सकेको छैन् । विस २०७२ चैत्र २५ देखि शुरु भएको यो कार्यक्रम करिब ५ वर्षपछि दाङमा पनि लागु भएको छ तर प्रभावकारी हुन सकेको छैन ।

स्वास्थ्य बिमा लागु हुने जिल्लामा दाङ देशमैे ६६ औँ जिल्ला हो भने लुम्बिनी प्रदेशमा १० औँ जिल्ला हो । बीमा बापतको रकम कुनै रोग विशेषलाई नभई साधन र स्रोतले भ्याएसम्म सबै प्रकारका रोगलाई दिइन्छ । ओपीडी सेवा, ल्याव, भर्ना, औषधी देखि लिएर फार्मेसी परामर्शलगायत सेवा पाइन्छ । यो योगदानमा र आपसी सम्झदारीमा आधारित कार्यक्रम भएको हुनाले केही पैसा उठाउनुपर्ने हुन्छ । अहिले कार्यक्रमको स्थायित्वका लागि सक्ने परिवारबाट वार्षिक ३ हजार ५ सय लिने गरिएको छ ।

पाँच जनाको परिवारलाई एउटा इकाइ मानिएको छ । ५ जनाभन्दा बढी सदस्य रहेको हकमा प्रति सदस्य अतिरिक्त ७ सय खर्च गरेर वार्षिक १ लाखमा क्रमशः २० हजारका दरले औषधी उपचारको सुविधा थपिँदै जान्छ । जेष्ठ नागरिक छन् भने प्रतिजेष्ठ नागरिकले १ लाखको उपचार सेवा पाउँछन्, त्यसका लागि कुनै योगदान गर्न पर्दैन । यदि कुनै परिवार अति गरिबको सूचीमा छ भने उसले पनि योगदान गर्न पर्दैन, उसको तर्फबाट गर्ने योगदान नेपाल सरकार आफैंले गर्छ ।

स्वास्थ्य उपचारमा सहजता ल्याउन राज्यले बिपन्न र गरिबका लगि छुट्टै प्याकेज दिने प्रयास गरेको हो । यो सामाजिक न्यायमा आधारित कार्यक्रम हो । संविधानले पनि व्यवस्था गरेको छ । आधारभुत स्वास्थ्य सेवा निःशुल्क नै छ । त्यो भन्दा माथिका सेवा दिन यो योजना ल्याइएको हो ।

अहिलेसम्म सहभागिता न्यून नै छ । सरकारले ल्याएको बिमा कार्यक्रमको उद्देश्य राम्रो देखिएको छ । कतिपय नागरिक विपन्नताका कारण बिमा कार्यक्रममा सहभागी हुन सकेका छैनन् । ग्रामिण भेगसम्म बढी प्रचार–प्रसार गर्न जरुरी छ । विमाको महत्वबारे बुझाउन सकियो भनेमात्रै यसको प्रभावकारी रहन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here