Wednesday, October 1, 2025
Homeसम्पादकीयसिकाइ र स्वास्थ्य सावधानी

सिकाइ र स्वास्थ्य सावधानी

- Advertisement -spot_img

सम्पादकीय
कोरोनाका कारण लामो समयदेखि ठप्प विद्यालय भौतिक उपस्थितिमै सञ्चालन हुन थालेका छन् । महामारीका कारण अनलाइनबाट सिकाइलाई निरन्तरता दिएपनि प्रभावकारिता हुन नसकिरहेको अवस्थामा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन भएपछि सिकाइ उपलब्धि हुने अपेक्षा गरिएको छ ।

तर सँगसँगै कोरोना संक्रमणको जोखिम पनि कायमै छ । विद्यालय भौतिक उपस्थितिमै सञ्चालन हुँदा स्वास्थ्य सुरक्षाका लागि तोकिएका न्यूनतम मापदण्ड पालना हुन्छ कि हुँदैन् भन्नेमा विभिन्न शंका उपशंका उब्जिन थालेका छन् । कोरोना कहरकै बीचमा भौतिक उपस्थितिमा शुरू भएको सिकाइलाई प्रभावकारिता बनाउँदा कोरोनाको जोखिम पनि कायमै छ । कोरोनाबाट बच्नुपर्ने र सिकाइलाई पनि छोटो अवधिमा प्रभावकारी बनाउनुपर्ने चुनौति छ । विद्यार्थीको संख्या हेरेर कतिपय विद्यालयले सिफ्ट–सिफ्टमा कक्षा सञ्चालन गरेका छन् । यसले पनि संक्रमणको जोखिम न्यूनीकरण गरेको छ ।

शिक्षण सिकाइलाई प्रभावकारिता बनाउनुपर्ने बाध्यताका बीचमा कोरोनाबाट पनि बच्नुपर्ने छ । यस्तो अवस्थामा विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिलगायतका व्यक्तिहरू बढी जिम्मेवार बन्नुपर्ने स्थिति छ । कोरोनाको तेस्रो लहर आउन नदिनका लागि स्वास्थ्य सुरक्षाका लागि तोकिएका न्यूनतम मापदण्ड पालना गर्न गराउनका सबै जिम्मेवारीका साथ लाग्नुपर्छ ।

विद्यालयमा बालबालिकालाई पठाउँदा अभिभावकले घरबाटै नास्ता पठाउने, मास्क अनिवार्य लगाउने र विद्यालय पुगेपछि साबुन पानीले हात धुने व्यवस्था विद्यालय व्यवस्थापन पक्षले ध्यान दिन नसकेमा कोरोना संक्रमणको जोखिम बढ्न सक्छ । राज्यका सबै क्षेत्र खुल्ला भइसकेको अवस्थामा विद्यालय क्षेत्र पनि पछिल्लो समय सञ्चालनमा आउँदा फेरि संक्रमण जोखिम बढ्यो भन्नेहरू पनि छन् । कोरोनालाई हाउगुजीको रूपमा भन्दा पनि अब बरू यससँगै आफ्ना दैनिक क्रियाकलापलाई नियमित बनाउने विषयमा हामी लाग्न आवश्यक छ ।

कोरोनाबाट बच्नका लागि स्वास्थ्य सुरक्षाका लागि तोकिएका मापदण्ड पालनामा जोड गर्नुपर्छ । विद्यालयमा अझ विषेशगरी साना बालबालिका कोरोना संक्रमणको जोखिममा पर्नसक्ने भएकाले पनि बालबालिकालाई कोरोनाबाट बचाउनका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्छ । अहिलेको लापरबाहीले भोलिका दिनमा स्थिति भयावह बन्न सक्ने अवस्थाको सिर्जना कहिकतैबाट हुनहुँदैन् । कोरोनाले शिक्षा क्षेत्र लामो समयदेखि नियमित बन्न सकिरहेको छैन् ।

अबका दिनमा फेरि कोरोनाको बहानामा शिक्षण सिकाइलाई प्रभावित बनाउन पनि हुँदैन् । त्यसैले कोरोना महामारीको भयावह स्थिति ल्याउन नदिनका लागि सावधानी अपनाउने नै पहिलो कुरा हो । रोग लाग्न दिनुभन्दा रोग नलाग्दै सावधानी अपनाउनुपर्छ भन्ने कुरालाई मनन गर्दै विद्यालय क्षेत्रलाई कोरोना संक्रमणबाट सुरक्षित बनाउनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here