सम्पादकीय
राजनैतिक दलहरू अहिले पार्टीको संगठन विस्तारलाई तिव्रता दिएका छन् । सत्तारूढ दल नेपाली कांग्रेसले १४औं महाधिवेशनमा जुटेको छ । त्यसअन्तर्गत वडा तहको अधिवेशन सम्पन्न गरिसकेको छ । अन्य तहको अधिवेशनको तयारीमा कांग्रेस छ । नेकपा एकीकृत समाजवादी, नेकपा एमाले, एकीकृत माओवादी केन्द्रलगायतका दलहरू पनि संगठन विस्तारलाई तिव्रता दिएका छन् । अझभन्दा दलहरू अहिले तल्लो तहको संगठन विस्तारलाई तिव्रता दिएको देखिन्छ ।
तल्लो तहमा नै आफ्नो नेतृत्व आफै छनौट गर्नका लागि नेतादेखि कार्यकर्ता लागि परेका छन् । नेपालको संविधान २०७२ अनुसार पार्टीले लोकतान्त्रिक पद्धतिलाई अंगाल्दै तल्लो तहबाटै नेतृत्व छनौटमा लागेका छन् । पार्टीलाई बलियो र मजबुत बनाउनका लागि दलहरूले संगठन विस्तारलाई तिव्रता दिएका छन् । तल्लो तहको संगठनमा अझ विषेशगरी नेतृत्व पंक्तिमा आउनका लागि युवाहरू हौसिएका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन–अन्तर्गत सबैभन्दा तल्लो तहको वडा अधिवेशनमा पनि युवा पुस्ताको वर्चश्व देखिएको छ । देश सञ्चालनमा पुरानो पुस्ताको हावी हुँदा परिवर्तनको अनुभूति गर्न नपाएका युवापुस्ता आफै नेतृत्वपंक्तिमा पुग्ने कोशिस गरेका छन् । युवा अहिले पार्टीले निर्माण गरिरहेको संगठनको नेतृत्वमा पुग्नका लागि तछाडमछाड गरिरहेका छन् । लोकतान्त्रिक पद्धति निर्वाचन पक्रियामार्फत जाँदा अझ नागरिकले आफूले चाहेको, देशका लागि केही गर्नसक्ने नेतृत्वलाई नेतृत्व पंक्तिमा पु¥याएका छन् । कांग्रेसमा लोकतान्त्रिक पद्धतिको विकास भएको देखिएको छ ।
अरू पार्टीहरूमा पनि सर्वसम्मत तरिकाबाट भएपनि युवापुस्ता नै नेतृत्वमा पुगेका छन् । वडा, गाउँ, प्रदेश, जिल्ला हुँदै केन्द्र तहसम्मको नेतृत्व छनौटमा युवापुस्ताको चासो देखिएको छ । लामो समयसम्म पनि सोंचेअनुरूपको परिवर्तन पाउन नसकेका युवाहरू आफै नेतृत्वमा पुग्नका लागि हरकोशिस गरिरहेका छन् ।
नेतृत्वको विकासका लागि तल्लो तहमा नै युवाहरूले देखाएको सक्रियताका सही मूल्यांकन गर्नमा दलको मूल नेतृत्वले ध्यान पुग्न आवश्यक छ । पुरानै शैलीमा पार्टीदेखि देश सञ्चालन हुँदैन्, नयाँ ढंगबाट देशमा विकासमा लाग्नका लागि युवापुस्ताको नेतृत्वमा पुग्ने चासो देखिएको छ । युवालाई राजनैतिक नेतृत्वमा स्थान नदिदा पनि नागरिकले परिवर्तनको अनुभूति गर्न पाएका छैनन् ।
राजनैतिक दलले विस्तार गरेको तल्लो तहको संरचनामा युवा पुस्ताको वर्चश्वले पनि परिवर्तनको संवाहक बन्न युवाहरू लागिपरेका छन् । कार्यकर्ता पनि युवालाई माथिल्लो तहसम्म पु¥याउनका लागि अहिले तल्लो तहमा लागि परेका छन् । पुरानो पुस्ताले परिवर्तनको अनुभूति गराउन नसक्दा अहिले नेतृत्व तहमा युवालाई लैजानका लागि कार्यकर्ता लागिपरेका छन् ।