Thursday, October 2, 2025
Homeसम्पादकीयकांग्रेसमा महाधिवेशन चटारो

कांग्रेसमा महाधिवेशन चटारो

- Advertisement -spot_img

सम्पादकीय
नेपाली कांग्रेसका अहिले १४औं महाधिवेशनमा जुटेको छ । कोरोना कहरका कारण स्थगन हँुदै आएको नेपाली कांग्रेसको महाधिवेशन कानुनी बाध्यताले निमोट्र्दै आएपछि भदौ १८ देखि प्रक्रिया सुरू भएको छ । सबैभन्दा तल्लो तह वडातहको अधिवेशनको प्रक्रिया बढाइएको छ । पार्टीको महाउत्सव मानिने महाधिवेशनमा कांग्रेसजनहरू होमिएका छन् ।

भचिन्तकदेखि कार्यकर्ता, नेतासम्मलाई सक्रिय बनाएको छ । वर्षाैसम्म जिल्ला र आफ्नो क्षेत्रमा नआउने नेताहरूलाईसमेत महाधिवेशनले गाउँसम्म बोलाएको छ । भदौ १८ गतेदेखि सुरू भएको कांग्रेसको महाधिवेशन प्रक्रिया मंसिर ९–१२ को केन्द्रीय महाधिवेशनसम्म यही रप्तारमा जानेछ ।

वडा, नगर, क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रमा पुगेर कांग्रेसले आफ्नो १४औं महाधिवेशन पूरा गर्ने तालिका सार्वजनिक भएको छ । तल्लो तहबाट केन्द्रीय तहसम्म पार्टी सञ्चालनका लागि नयाँ नेतृत्व आउनेछ । प्रजातान्त्रिक पद्धतिमा विश्वास राख्ने दलहरूका लागि यो सुनौलो प्रक्रिया पनि हो । जुन प्रक्रियामा अहिले कांग्रेसजनहरू होमिएका छन् ।

आफ्ना कार्यकर्ताहरूलाई सक्रिय बनाउन संघीयतासँगै विधान संशोधन गरेको कांग्रेसले सोहिअनुसार पहिलो महाधिवेशन गर्न लागेको हो । नयाँ संरचनामा हुन लागेको महाधिवेशनले आमकार्यकर्ताको मनोभाव कति समेट्न र बुझन सक्छ ? त्यो हेर्न लायक हुनेछ । केन्द्र, प्रदेश र स्थानीय तह तथा वडासम्म पार्टीको गतिविधि अहिले कांग्रेसले चलाएमान गराएको छ । यद्यपि कांग्रेसमा देखिने नेता, कार्यकर्ताको गुटगत प्रवृत्तिले भने केही असहजता देखिन्छ ।

प्रजातन्त्र र लोकतन्त्रको हिमायती आफूलाई ठान्ने कांगेसभित्र केही वर्षदेखि नै लोकतान्त्रिक चरित्रभन्दा गुटतान्त्रिक चरित्र हावी भएको आरोप लाग्दै आएको छ । पार्टीभित्रको गुटतन्त्रले नेतृत्वलाई त विभाजन गरेको छ नै कार्यकर्ताहरूसमेत विभाजित हुँदै जानुले त्यसभित्रको आचरणले पार्टीको क्रियाशीलता र गतिविधिमा समेत प्रभाव पारेको छ । सुस्ताएको कांग्रेसलाई महाधिवेशन गतिविधिले चलाएमान बनाए पनि आमकांग्रेसजनलाई एक भने बनाउन सकेको छैन ।

आफ्नै संगठनलाई बलियो बनाउन नसक्दा गत निर्वाचनमा नराम्रोसँग हार व्यहोरेको कांग्रेसले अबको संगठन कस्तो बनाउँछ भन्ने पनि छ ? गुट र भूमिकाका कारण विभिन्न समयमा आलोचनासमेत खेप्दै आइरहेको छ । यो अवस्थामा महाधिवेशनले जुरमुराएको कांग्रेसले पार्टीभित्रको एकता बढाउँदै आगामी निर्वाचन केन्द्रित नेतृत्व चुन्नुपर्छ ।

निर्वाचनको बेला मात्रै सक्रिय हुने कार्यकर्ताहरूलाई पाँच वर्ष नै सक्रिय राख्ने नेतृत्व अहिलेको आवश्यकता छ । कांग्रेस नेता कार्यकर्ता सुधारका लागि अहिलेको समय उपयोगी सावित बनाइनुपर्छ । समयलाई चिन्न र बुझ्न सकेमा यो ठूलो अवसर पनि हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here