सम्पादकीय
देशमा कोरोना संक्रमण बढिरहेको समयमा लापरवाही पनि बढी लापरबाही पनि त्यत्तिकै छ । देशैभर लापरवाही भइरहेका बेलामा गम्भीर प्रकृतिको लापरबाही भएको छ । स्थानीय सरकारकै निर्देशनमा भएको लापरबाहीले सारा समुदाय संकटमा पर्ने देखिएको छ ।
स्थानीय सरकारले गरेको कार्यमा अहिले विरोध भएको छ । कोरोना परिक्षणको रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट घर पठाइएका धेरैजनाको रिपोर्ट पोजेटिभ आए पनि स्थानीय सरकारको आलोचनासमेत सुरू भएको छ । घोराहीमा घर गएका १९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय सरकारको ठूलो लापरबाही देखिएको हो ।
यो लापरबाहीले सिंगो वडा र सुमदाय त्रसित भएका छन् । क्वारेन्टाइनमा बसेकाहरूलाई स्वाव परिक्षणको रिपोर्ट आए पनि मात्रै अवस्था अनुसार निर्णय हुने भए पनि गलत रूपमा वडा सरकारले दाङको घोराहीस्थित तीन क्वारेन्टाइनमा बसेका तर घर पुगिसकेका १९ जनामा संक्रमण पुष्टि भएपछि अवस्था गम्भीर बनेको छ ।
भारतबाट आएकाहरूको अहिले ब्यवस्थापन चुनौतीपूर्ण देखिएको छ । दाङमा मात्रै झण्डै ५ हजारजना क्वारेन्टाइनमा छन् । तिनीहरूको पिसिआर परिक्षणमा ढिलाई भइरहेका बेला विना रिपोर्ट क्वारेन्टाइन पनि खाली हुन थाल्नु राम्रो संकेत हैन ।
स्थानीय सरकारले क्वारेन्टाइनमा धान्न धौ भएको बहानामा रिपोर्ट विना घर पठाउने निर्णयले सबैले त्रसिद बनाउनु स्वभाविक हो । यो अवस्थामा स्थानीय सरकारले लापरबाही भन्दा सावधानी र नियन्त्रण प्रमुख कुरा न हुन्छ ।
यसतर्फ चासो दिएर बास्तविक अवस्थाको रिपोर्ट आए पनि मात्रै क्वारेन्टाइनबाट बिदा गर्नुतर्फ लाग्नुपर्छ । एकजनाका कारण सयौंजनालाई जोखिम पु¥याउनेतर्फ स्थानीय सरकारको नीति जानु हँुदैन ।
एकजनालाई एकै जनामा व्यवस्थापन गर्नसकेमा अन्य व्यक्ति मात्रै हैन सिंगो समाज र देश पनि सुरक्षित हुने हुन्छ । सुरक्षित हुने उपाय आफै सुरक्षित हुने नै हो । त्यसका लागि राज्यले नियमन गर्नुपर्छ । घोराहीको जस्तो भयो भने त्यसले समुदायमा स्थानीय सरकारकै जबरजस्ती कोरोना फैलने छ ।
कोरोना महामारीले सबैलाई त्रसित बनाएको छ । त्यति त्रासले विभिन्न देश र क्षेत्रबाट घर फर्कनेहरूको चाप पनि उस्तै छ । लामो समयदेखिको महामारीले बसेको स्थान छोडेर घर फर्कने वातावरण सबैलाई बनाएको छ ।
आन्तरिक बाह्य जुनसुकै कुराले भने पनि अहिले जन्मभूमिमा फर्कनेको लामै सूचि छ । राज्यले पनि त्यस्ता आफ्ना नागरिकहरूको ब्यवस्थापनमा चासो दिएको छ ।
तर त्यहि चासोमा लापरबाही हुँदा थप चिन्ता बढाएको भने अवश्य पनि छ । स्थानीय सरकारले लापरबाही हटाएर व्यवस्थापनलाई अझ चुस्तदुरूस्त बनाउनुपर्छ । लापरबाही दोहो¥याउनु हुँदैन ।