Friday, October 10, 2025
Homeसम्पादकीयसुरक्षाको प्रत्याभूति ?

सुरक्षाको प्रत्याभूति ?

- Advertisement -spot_img

सम्पादकीय

विगतका वर्षदेखि एकपछि अर्को गर्दै विभिन्न अपराधका घटना घटिरहेका छन्। सञ्चार उद्यमी देवीप्रसाद धिताल हत्यादेखि पछिल्लो समय हिरा डाँगीका हत्यासम्मको अपराधिक गतिविधिहरू बढिरहदा पनि समाजमा सुरक्षाको प्रतयाभूति कम हुँदै गएको छ। यस्ता घटनाहरूले आमनागरिकहरूलाई असुरक्षित महसुस गर्नुपर्ने अवस्था आएको छ। विस २०६७ साउन ६ गते सञ्चार उद्यमी देवीप्रसाद धितालको हत्या भयो। त्यसपछि तुलसीपुरकै व्यापारी राजकुमार श्रेष्ठको विस २०७४ जेठ २६ गते अपहरण गरी २९ गते हत्या भयो। सँगै रहेका हापुरका रणबहादुर घर्तीको पनि हत्या भयो। त्यसको करिब एक महिनापछि २०७४ असार २५ गते तुलसीपुरमै ११ वर्षिय बालकको विभत्स् हत्या भयो। २०७४ माघ ७ गते तुलसीपुर–८ दुधेनामा आफ्नै छोराले बाबुको हत्या गरे। विस २०७५ कार्तिक १२ गते तुलसीपुर–६ गोलौरामा ७३ वर्षिय सुकलाल भण्डारीको कुलोपानीको विषयलाई लिएर छिमेकीको कुटाईबाट मृत्यु भयो। २०७६ असार २८ गते तुलसीपुर–१२ का रामबहादुर वलीको हत्या भयो। सोमबारमात्रै तुलसीपुर–५ का हिरा डाँगीको हत्या भयो।
विभिन्न समयमा दाङमा हुने हत्याले नागरिक नै त्रसित बनिरहेका छन्। प्रशासनले सुरक्षाको अनुभूति दिलाउन सकेको छैन। नागरिकको सुरक्षाको लागि पनि राज्य गम्भीर भएको देखिदैन। विभिन्न बहानामा हुने हत्याका घटनाले दाङमा सुरक्षा चुनौती बढेको देखिन्छ। लगातार एकपछि अर्को गर्दै लगातार हत्या, अपहरणका घटनाबाट व्यापारीदेखि सर्वसाधारण नागरिक परेका छन्। तुलसीपुरमा लामो समयदेखि विभिन्न विभत्स घटना हुने गरेपनि सम्बन्धित निकायले गम्भीरतापूर्वक लिन सकेको छैन्। नागरिक सुरक्षित हुने वातावरण कहिलेसम्म ? सम्बन्धित निकायलाई प्रश्नको जवाफ दिन कठिन छ। हत्याको घटनामा संलग्न केही पक्राउ परेपछि केही अझैपनि फरार रहेका छन्। सञ्चार उद्यमी धितालको हत्या भएको झण्डै १० वर्षसम्म पनि हत्यारा को ? भन्ने अनुसन्धानमै सीमित छ। दोषी कानुनको दायरामा आउन नसक्दा हत्याका शृङ्खला रोकिन नसकेको आम नागरिकको बुझाई छ।
सुरक्षित सहर निर्माणका लागि सम्बन्धित निकायले ठोस कदम चाल्न सकेको छैन। हत्यारा अनुसन्धानमै छ भन्ने प्रहरी प्रशासनको जवाफ उहिल्यैदेखिको हो। अनुसन्धान निष्कर्षमा पुगेका केही छिटफुट घटनाबाहेक अधिकांश अनुसन्धानमै छन्। पछिल्लो समय भएको दुई युवकको हत्यामा आफ्नै साथीहरू संलग्न भएको देखिन्छ। हत्याराका मुख्य योजनाकारलाई समाउन प्रहरी नै असफल देखिएको छ। नागरिकलाई सुरक्षाको अनुभूति दिनका लागि दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ। हुन सक्ने यस्ता विभत्स घटना हुन नदिनका लागि प्रहरीले योजना बनाएर लैजानुपर्छ। सकेसम्म घटना घट्नै नदिने र घटना भइहालेमा दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीको भूमिका प्रभावकारी हुन आवश्यक छ। समाजलाई सुरक्षित बनाउन प्रहरीलाई पनि नागरिकले पनि सहयोग गर्नुपर्छ। नागरिक र प्रहरीसँगसँगै मिलेर सुरक्षित सहर निर्माणमा ध्यान दिउँ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here