देशभर लगातार चिसो बढिरहेको छ । तीन दिनदेखि सिमसिम पानी परेको छ । वर्षासँगै पहाडी तथा हिमाली भूभागमा परेको हिमपातले चिसो झनै बढाएको छ । चिसोले जनजीवन प्रभावित बनेको छ ।
लगातारको वर्षातका कारण, बालबालिका, बृद्धबृद्धा, अशक्त महिला, श्रमिकदेखि किसानहरुलाई बढी समस्यामा परेका छन् । जाडो बढेपछि अधिकांश नागरिक घर बाहिर निस्कनसमेत सकस देखिएको छ ।
दाङमा पनि निरन्तर वर्षातका कारण तापक्रम तल झर्ने क्रम जारी रहेको छ । वर्षासँगै बढेको चिसोका कारण बालक र जेष्ठ नागरिक बढी समस्यामा परेका छन् । जाडोमा विभिन्न किसिमका समस्या उत्पन्न हुन थालेका छन् ।
चिसोको अत्याधिक हुन थालेपछि नागरिकहरुलाई दैनिक क्रियाकलाप गर्न कठिन भएको छ । निरन्तरको वर्षातका कारण चिसो झनै बढ्न सक्ने अनुमान गरिएको छ । गरिब तथा विपन्न समुदाय चिसोले झनै प्रभावित भएको छ ।
समयअनुकूल मौसम फरक–फरक हुन्छ । सबै मौसममा त्यही अनुसारको सहजता र सर्तकता आपनाउन जरुरी छ । त्यही अन्तरगत अहिले जाडोको समय हो । अत्यधिक चिसो बढेका कारण यसमा सजकता अपनाउनुपर्ने देखिन्छ ।
निरन्तरको वर्षातका कारण बढेको चिसोले विभिन्न समस्या उत्पन्न हुनसक्ने हुन्छ । चिसोबाट बच्न चिकित्सकहरुले सुझाव दिएका छन् । चिसोबाट बच्न न्यानो कपडा लगाउन र तातो झोलिलो पदार्थ खान चिकित्सकको सुझाव छ ।
निरन्तरको वर्षातका कारण बढेको चिसोबाट बच्न लामो यात्रामा निस्कदा विषेश सावधानी अपनाउनुपर्छ । विषेशगरी शारीरिक श्रम गर्ने श्रमिक, गृहणी, बालबालिका, जेष्ठ नागरिक अझै बढी ख्याल गर्नुपर्छ । वर्षाको अझै नभएपनि चिसो अझै केही दिन हुने भएकाले पनि चिसोबाट बच्न सावधानी अपनाउनुपर्छ ।
वर्षातका कारण जनजीवन प्रभावित बनेको छ । चिसोका कारण जिल्लाका स्थानीय तहहरुले विद्यालयहरुमा समेत बिदा दिएका छन् । दुईदिन विद्यालयहरु चिसोकै कराण बन्द छन ।
बालबालिकाहरुको सुरक्षाका लागि यसो गरिनु राम्रो हो । हिउँदे वर्षातका कारण समस्या भएपनि किसान भने अन्नबाली सप्रने आशामा छन् ।
किसानले लगाएको हिउँदे बाली यसपाली समयमै पानी परेपछि सप्रन्छ कि भन्ने आशा छ । आकासे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यतामा रहेका किसानहरुलाई केही दिनदेखि परेको वर्षाले राहत महशुस गरिएको छ । केही राहत भए पनि यो निरन्तरको हिउँदे झरीले आहात पनि गरिरहेको छ । चिसोको सकस बढिहरेको छ ।
Stay Connected
Must Read