Thursday, October 2, 2025
Homeसम्पादकीयमानवीय सेवामा लगानी

मानवीय सेवामा लगानी

- Advertisement -spot_img

मानवीय सेवाका लागि मानिसहरू त्यति क्रियाशील देखिएको पाइदैन । थोरै मात्रै स्वयम्सेवी रूपमा मानवीय सेवामा मान्छेहरू लागेका छन् । त्यो पनि सेवालाई आत्मसात् गरेर । धेरैलाई सेवाभन्दा पनि स्वार्थ प्यारो लाग्छ त्यो लाग्नु पनि मानवीय गुण हो यसलाई स्वभाविक मान्नुपर्छ । तर अति आवश्यक मानवीय सेवाका लागि भने कोही चुक्नु हँुदैन ।
मानवको शरीरसँग प्रत्यक्ष जोडिएको एउटा सेवा रक्तदान हो । रक्तदानसँग मानिसहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएको हुन्छ । जति जोडिनु पर्ने हो, त्यति जोडिएको पाइदैन । त्यही अवस्था अहिले दाङमा देखिएको छ ।
अहिले जिल्लामा रगतको खपत अत्यधिक बढेको देखिन्छ । त्यसको स्रोत रक्तदान नै हो । तर रगतदान गर्नेको संख्या भने बढ्न नसक्दा खपत अनुसारको आपूर्ति हुन सकेको दैखिएको छैन । रक्तसञ्चार केन्द्रहरूको गुनासो पनि त्यही नै आउने गरेको छ ।
जिल्लामा दुईवटा रक्तसञ्चार केन्द्र सञ्चालनमा छन । ठूला अस्पतालहरूलाई मध्यनजर गरेर घोराही र तुलसीपुरमा नेपाल रेडक्रस सोसाईटी दाङले रक्तसञ्चार केन्द्र सञ्चालन गरेको छ । दुबै केन्द्रहरूमा अहिले रगतको माग बढ्दै गएको छ ।
जिल्लामा दैनिक सरदर १० युनिट रगत खपत हुने गरेको तथ्यांक छ । तर १० युनिट उत्पादन हुन दाताहरू नै कम आउने गरेका छन् । रगतको माग बढ्दै गएपनि रक्तदाता सोचे अनुरूप बढ्न नसकेको अवस्था छ । यो कार्यमा सबैको सहकार्य र सहभागिता भयो भने मात्रै बढ्ने छ ।
नयाँ दाताहरू कम आउने र पुरानाले निश्चित समयमा मात्रै दिनुपर्ने भएकाले जिल्लामा माग अनुसारको रगत व्यवस्थापनमा चुनौती नै देखिएको छ ।
त्यसमा पनि आवश्यकता अनुसारको रगतको रूप पनि सहजकै उत्पादन हुन नसक्ने अवस्था पनि छ । मानवीय सेवासँग जोडिएको रगत भएकाले यसतर्फ धेरैको ध्यान केन्द्रित हुन स्वभाविक छ । तर मानवीय सेवालाई संस्थागत गर्न भने समस्या नै देखिएको छ ।
रक्तसञ्चार केन्द्र सहयोगले नै सञ्चालन भएका छन् । रगतदेखि अन्य सामानसम्म दाताहरूले केन्द्रलाई सौजन्य गरेका छन् । जसका कारण प्रत्यक्ष रूपमा र अप्रत्यक्ष रूपमा मानवीय सेवा गरेको देखिन्छ । बढ्दो रगतको मागलाई सहज व्यवस्थापनका लागि र मानवीय सेवाका लागि हुने यस्ता कार्यले सस्थालाई पनि सुदृढ बनाउने छ ।
सोमबार मात्रै पनि तुलसीपुर रक्तसञ्चार केन्द्रमा रगत सञ्चित गर्ने उपकरण (फ्रिज) सहयोग भएको छ । लाखौ रूपैयाँ पर्ने रगतका लागि महत्वपूर्ण वस्तु केन्द्रमा प्राप्त भएर मात्रै रगतको व्यवस्थापन हुने हैन । त्यो बस्तुलाई उपयोग गर्ने गरी दाताहरूको सक्रियता हुन आवश्यक छ । मानवीय सेवा बढाउन आवश्यक छ । दाताहरू बढाउन आवश्यक छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here