Wednesday, October 1, 2025
Homeसम्पादकीयविकटको पीडा

विकटको पीडा

- Advertisement -spot_img

नेपालको भौगोलिक अवस्था एकै प्रकारको छैन । भौगोलिक विविधताले भरिपूर्ण नेपालमाको सौन्दर्यता आफ्नै खालको छ । प्राकृतिक कला, संस्कृति र सौन्दर्यले मनोरम बनेको स्थान र क्षेत्रलाई राज्यले भने उचित व्यवस्थापन र प्रयोग गर्न अझै सकेको छैन । तराई, पहाड, हिमाल यहाँको विशेषता हुन् ।
यी विशेषतामा आफ्ना–आफ्ना पहिचान पनि रहेका छन् । ती पहिचानलाई चिन्नु नै अहिलेको उत्तमता छ । राज्यलेले तिनै भौगोलिक विशेषताका आधारमा विकासको गति भने दिन सकेको छैन ।
विशेषगरेर विकास सुगममा बढी केन्द्रित हुँदा विकट क्षेत्र र दुर्गमका बस्तीहरू विकासमा पछि परेका छन् । सबै प्रकारको पहुँच सुगममा बढी हुँदा विकास पनि सुगम केन्द्रित हुनुले दुर्गम सधैं पीडामा देखिन्छ । दुर्गमलाई पनि राज्यले विकासको रप्तारमा लैजान सक्नुपर्छ ।
विकट र दुर्गममा विकास नपुग्दा धेरै बस्ती विस्थापन भइरहेका छन् । दाङमा पनि विकट भएकै कारण केही बस्तीहरू विस्थापन भएको र कम हँुदै गएको सार्वजनिक हुनुले राज्यले दुर्गम क्षेत्र र विकटमा विकास लैजानुपर्ने देखाएको छ । दाङजस्तो सुगम जिल्लाका केही बस्ती विकट भएकै कारणले राज्यको विकास नपुग्दा विकसित क्षेत्र सहरतिर बसाईको तयारी थालिनु राज्यकै लागि राम्रो हैन ।
विकासकै अभावका कारण तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ को माथिल्लो मुलकोटको बस्ती पातलिदै जान थालेको छ ।
तुलसीपुर उपमहानगरपालिकाको एउटा बस्ती आधारभूत आवश्यकताहरू नै सहजरूपमा नपाएपछि बसाई सर्ने र बस्ती पातलिदै गएको खबरले विकास विकटमा पनि आवश्यक छ । त्यहाँका नागरिकमा पनि आधारभूत आवश्यकता राज्यस्तरबाट पूरा हुनुपर्छ भन्ने देखाएको छ ।
भौगोलिक विकटताका कारण र आधारभूत आवश्यकताको खोजीका कारण बस्ती पातलिदै जानुले तीनैतहको सरकारलाई एउटा चुनौती थपी दिएको छ  । यसतर्फ पनि राज्य गम्भीर हुन आवश्यक छ ।
जनजीविकाका लागि आवश्यक गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र पानीको समेत व्यवस्थापन नहुनुले दुर्गमका बस्तीलाई सरकारले केन्द्रित गरेर विकास योजना ल्याउन सक्नुपर्छ ।
स्थानीय सरकाले आफ्नो क्षेत्रमा के आवश्यक छ र त्यसलाई कसरी पूरा गर्ने भन्ने तर्फ पनि सोचेर अघि बढ्न सकेमा दुर्गमका बस्तीमा पनि विकास जाने र त्यहाँका नागरिकलाई आवश्यक आधारभूत चिजहरूको पनि व्यवस्था हुने छ ।
दुर्गम भएकै कारण विकास नजाने र सबै दुर्गम क्षेत्र पीडामा बस्ने सस्कार र वातावराण हट्नुपर्छ । नेतृत्व गर्नेहरूले विकटको पीडा बुझेर विकासमा गति दिन सक्नुपर्छ । पहुँच नभएकै कारणले दुर्गम सधै दुर्गम हुनुहुँदैन । समानुपातिक रूपमा भए पनि विकासले प्राथमिकता पाउनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here