Wednesday, October 1, 2025
Homeसम्पादकीयपर्यटन व्यवस्थापनमा सोचौं

पर्यटन व्यवस्थापनमा सोचौं

- Advertisement -spot_img

सन् २०२० शुभारम्भदेखि नै नेपालमा भ्रमण वर्ष मनाउन थालिएको छ । सरकारको २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ महाअभियान नै सुरु गरेको छ । दैनिक औषत ५ हजार ४ सय ८० पर्यटक आउनुपर्छ । अझै पनि शंका छ,
आउलान् र २० लाख पर्यटक ? भ्रमण वर्षलाई सफल बनाउनको लागि यही शैली पर्याप्त छ त ? यसको जवाफ सन् २०२१ जनवरी १ मा तथ्यांकसहित प्राप्त हुनेछ । विगतलाई हेर्ने हो भने सरकारले भ्रमण वर्षको लक्ष्य पूरा गर्न सकेको देखिदैन । पछिल्लो पटक सन् २०११ मा पर्यटन वर्ष मनाउँदा १० लाख पर्यटक भित्र्याउने लक्ष्य थियो ।
त्यो लक्ष्य ७ वर्षपछि सन् २०१८ मा मात्रै भेटियो । भ्रमण वर्षका लागि सरकारले नयाँ गन्तब्य मात्रै हैन, पर्यटकका लागि कुनै विशेष अफर पनि गरेन । देशका धेरै सडक मार्गको अवस्था दयनीय छ । यस्ता सडकमा यात्रा गर्दा विदेशी पर्यटकलाई मस्ती होला कि सास्ती ?
अथिति देव भवः भनिन्छ पाहुना भगवान हुन् । भ्रमणमा आउने पनि पर्यटक पनि हाम्रा पाहुना हुन् । पाहुनाको स्वागत सत्कार गरेजस्तै पर्यटकको पनि स्वागत सत्कार गर्नुपर्छ । आर्थिक लक्ष्य प्राप्तीका लागि भ्रमण वर्षको शुरुवात गरिए पनि पर्यटकको मन जित्न सकिएन भने लक्ष्यमा कसरी पुगिएला र ?
भ्रमण वर्षको शुरुवातमै पर्यटकको स्वागत सम्मान गर्ने परम्परा पनि राम्रो देखिएन । विदेशी पर्यटकलाई स्वागत सत्कारदेखि पर्यटकीय स्थल चिनाउने गाइड समेत नभएको पाइन्छ । प्रचार–प्रसारमा मात्रै बढी ध्यान केन्द्रित गरेर मात्र पुग्दैन, अहिले पनि व्यवस्थापनमा ध्यान दिएको छैन् ।
पर्यटकीय स्थल भएरमात्र हुँदैन् पर्यटकीय स्थलमा स्वागत सम्मानदेखि उनीहरुलाई बस्नका उचित व्यवस्था छैन् ।
सरकारले भ्रमण वर्षको जति प्रचार–प्रसार गरेपनि पर्यटन व्यवसायलाई व्यवस्थापन गर्न सकिएन् भने पर्यटकको संख्या नबढ्ने निश्चित प्राय छ । प्रकृतिले दिएका पर्यटकीय स्थलले मात्रै पर्यटक तान्न मुस्किल पर्छ ।
विदेशी पर्यटकको मन जित्न भौतिक पूर्वाधारदेखि स्वागत सत्कार आवश्यक छ । सामान्य रुपमा त विगतदेखि नै पर्यटक भित्रिरहेका छन् । भ्रमण वर्षमा पर्यटकको संख्या बढाउन सकिएन भने त भ्रमण वर्षको अर्थ रहेन् ।
हामीले जतिसक्दो विदेशी पर्यटक तान्न सक्नुपर्छ त्यति तान्न सक्दैनौं कि भन्ने पर्यटक वर्षको शुरुवातको व्यवस्थापनले देखाएको छ । एक वर्षभरी मनाउने भ्रमण वर्षलाई शुरुकै दिनमा देखिएको व्यवस्थापनले धराप पार्ने देखिन्छ । भ्रमण वर्षलाई सफल बनाउन पर्यटकीय स्थलमा सुरक्षा, खानपान, बस्ने बासको पनि चुस्त व्यवस्थापन हुनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here