Saturday, October 11, 2025
Homeफिचरछैठौँ पटक डिसी नेतृत्वमा घोराही खानेपानी

छैठौँ पटक डिसी नेतृत्वमा घोराही खानेपानी

- Advertisement -spot_img

घोराही, २८ माघ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चुनिएको छ । निर्वाचन प्रक्रियाबाट संस्थाको नयाँ नेतृत्व चुनिएको हो । शनिबार भएको मतदानको आइतबार परिणाम घोषणा भएपछि नयाँ नेतृत्व चुनिएको हो । उनलाई उपभोक्ताहरुले पानी बाको उपाधि दिएका छन् । खानेपानीको नेतृत्व नियमित रुपमा छैठौ कार्यकालसम्म देवी बहादुर डिसी देवि वकिलले लिइरहेका छन् । यो पटक प्रतिद्वन्द्वीलाई दोब्बर मत अन्तरले पछि पार्दै डिसी अध्यक्षमा चुनिएका हुन् । प्रजातान्त्रिक प्यानलबाट निर्वाचनमा गएको डिसीको टिमले खानेपानीका जित हात पारेको हो । कहिले सहमतिबाट, कहिले स्वतन्त्र उम्मेदवार बनेर त कहिले राजनीतिक धारबाट निर्वाचनमा होमिदै जित्दै आएका डिसीले लगातार घोराही खानेपानीका १८ वर्षदेखि नेतृत्वमा छन् । घोराही खानेपानी ब्यवस्थापनमा सफल भएका डिसीलाई उपभोक्ताहरुले चुनिरहेका छन् । यो कार्यकालमा पनि उपभोक्ताहरुले डिसीलाई नै नेतृतव दिएका हुन् ।
उनले १ हजार ९ सय ९६ मत प्राप्त गरी विजयी भएको निर्वाचित अधिकृत रेवतीरमण भट्टराईले जानकारी दिए । प्रगतिशील प्यानलका अध्यक्षका उम्मेदवार गणेशप्रसाद श्रेष्ठले ९ सय ७६ मत प्राप्त गरेका छन् । त्यस्तै संस्थाको उपाध्यक्षमा भरतमणि पाण्डे निर्वाचित भए । उनले १ हजार ७ सय ७१ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी मधुसुदन शर्मा अर्यालले ९ सय ७६ मत ल्याए । सचिवमा १ हजार सात सय २५ मत प्राप्त गरी सुमन शर्मा विजयी भएका छन् । सचिवमा प्रगतिशील प्यानलका निर्मल गौतमले नौ सय ९० मत ल्याए । कोषाध्यक्षमा धुव केसी एक हजार नौ सय सात मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्धन्द्धी नरबहादुर बुढाथोकीले ८ सय दुई मत प्राप्त गरेका थिए । सचिव शर्मा र कोषाध्यक्ष केसी अघिल्लो अधिवेशनमा स्वतन्त्र उम्मेदवार भनेर एक कार्यकालका लागि निर्वाचित भएका थिए । उनीहरुको यो दोस्रो कार्यकाल हो ।

प्रजातान्त्रिक प्यानलबाट निर्वाचनमा गएको डिसीको टिमले खानेपानीका जित हात पारेको हो । कहिले सहमतिबाट, कहिले स्वतन्त्र उम्मेदवार बनेर त कहिले राजनीतिक धारबाट निर्वाचनमा होमिदै जित्दै आएका डिसीले लगातार घोराही खानेपानीका १८ वर्षदेखि नेतृत्वमा छन् ।

त्यस्तै संस्थाको सदस्यहरूमा प्रजातान्त्रिक प्यानलबाट एक हजार तीन सय ७१ मत ल्याएर धर्मेन्द्र श्रेष्ठ, एक हजार तीन सय २० मत ल्याएर नारायण भण्डारी, एक हजार छ सय १८ मत ल्याएर खुमा खड्का थापामगर, एक हजार पाँच सय २१ मत ल्याई यशोदादेवी पाण्डेय र एक हजार तीन सय ३६ मत ल्याएर लक्ष्मीसिंह ठकुरी निर्वाचित भएको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए । प्रजातान्त्रिक प्यानललाई नेपाली काँग्रेस र राप्रपाको सहयोग रहेको थियो भने प्रगतिशील प्यानललाई नेकपाको सहयोग रहेको थियो । निर्वाचन जितेपछि प्रतिक्रिया दिदै अध्यक्ष डिसीले खानेपानीको ब्यवस्थापनलाई अझ प्रभावकारी बनाएर लैजाने र निर्वाचनमा गरिएका प्रतिवद्धता पूरा गर्ने बताए । उनले निर्वाचनमा सहयोग गर्ने, मतदान गर्ने सबैलाई धन्यवाद दिदै आभारसमेत ब्यक्त गरेका छन् ।
यसैबीच घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका नवनिर्वाचित पदाधिकारीलाई नेपाली काँग्रेस क्षेत्र नम्बर ३ ले स्वागत एवं बधाई ज्ञापन गरेको छ । काँग्रेस क्षेत्र नम्बर ३ ले आइतबार पार्टी कार्यालयमा कार्यक्रमको आयोजना गरेर नवनिर्वाचित समितिलाई बधाई ज्ञापन एवं सम्मान गरेको हो । क्षेत्रीय सभापति भूपबहादुर डाँगीको अध्यक्षता तथा जिल्ला सभापति कृतिबहादुर खड्काको प्रमुख आतिथ्यतामा नवनिर्वाचित समितिका पदाधिकारीलाई स्वागत एवं बधाई ज्ञापन गरिएको हो । कार्यक्रममा समितिका अध्यक्ष देविबहादुर डिसीसहित सम्पूर्ण पदाधिकारीलाई अविर र फुलमाला लगाएर सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । कार्यक्रममा पूर्व सभापति विरकेश्वरी गौतम, प्रदेश सांसद अर्जुनकुमार श्रेष्ठलगायतले निर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे । स्वागत एवं बधाई ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष डिसीले छैठौँ पटक पनि आफू लगायत सम्पूर्ण पदाधिकारीलाई मत दिने सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममको सहजीकरण क्षेत्रिय सचिव बद्रिकुमार खड्काले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here