Saturday, October 11, 2025
Homeफिचरहिंसा त्याग्न विप्लवलाई पहाडीको आग्रह

हिंसा त्याग्न विप्लवलाई पहाडीको आग्रह

- Advertisement -spot_img

तुलसीपुर, २७ माघ । हिंसाको आन्दोलनले कहि कसैलाई फाइदा नगर्ने भन्दै मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले विप्लव नेतृत्वको नेकपालाई हिंसाका आदोलनमा नजान अपिल गरेका छन् । मानवअधिकार तथा शान्ति समाज दाङले शनिबार तुलसीपुरमा आयोजना गरिएको मानवअधिकार र सुशासन बिषयक अन्तरक्रिया कार्यक्रममा पहाडीले यस्तो बताएका हुन् । ‘म दाङबाटै गतल बाटोलाई त्यागि शान्ति प्रक्रियामा आउन विप्लव नेतृत्वको नेकपालाई आह्वान गर्दछु’ उनले भने, ‘पुरानो दलदलको हिंसाको मागतिर नजान र शान्तिपूर्ण र रचनात्मक मार्गमा आनुहोस् ।’
इतिहासबाट पाठ सिक्नुपर्छ, विपी नेतृत्वको नेपाली काँग्रेसले पनि पनि हिंसात्मक आन्दोलन गरेको र त्यो असफल भएको, त्यसपछि तत्कालिन माले पनि हिंसात्मक आन्दोलनमा गएको, त्यसपछि माअ‍ोवादी हिंसात्मक आन्दोलनमा गएको भए पनि अन्तिममा शान्ति प्रक्रियाबाट नै परिवर्तन भएको भन्दै हिंसाको बाटो छोडेर शान्ति प्रक्रियाबाट जाँदा सबैको हित हुन्छ । पुरानो दलदलको हिंसाको मागतिर नजान विप्लवलाई आग्रह गर्दै पहाडीले शान्तिपूर्ण र रचनात्मक मार्गमा जान सुझाए । बिगतमा गरेको हिंसाको अनुमोदन होइन, शान्तिपूर्ण मार्गमा आएका कारण नागरिकले मतदान गरी मुलुक सञ्चालन गर्न स्वागत गरे । त्यसैले राजनीतिक रिक्ततालाई भर्नका लागि हिंसाको दलदलमा नजान दाङबाट फेरी पनि विप्लव नेतृत्वको नेकपालाई आग्रह गर्छु, उनले भने । मलाई नै बम हानेर उडाउनेसम्मको धम्की आयो उनले भने त्यसलाई मैले गलत लिइन ।

‘म दाङबाटै गतल बाटोलाई त्यागि शान्ति प्रक्रियामा आउन विप्लव नेतृत्वको नेकपालाई आह्वान गर्दछु’ उनले भने, ‘पुरानो दलदलको हिंसाको मागतिर नजान र शान्तिपूर्ण र रचनात्मक मार्गमा आनुहोस् ।’

अर्को प्रसंगमा पहाडीले सरकारमा सहिष्णुता हुनुपर्ने बताए । सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ, खराब अभिभावकले गलत आचरण प्रदर्शन गर्छ, त्यसकारण सकारात्मक आचरणको भूमिका खेल्न सरकारलाई आग्रह गर्दछु उनले भने । समाजवादी सरकारले उठाउने स्वास्थ्यसम्बन्धी सवाल सत्याग्रही डाक्टर गोविन्द केसीले उठाएका छन् । नेपालको स्वास्थ्य सेवा अत्यन्त खर्चिला भएकाले गरिव जनतालाई ठूलो रोग लाग्यो भने घर जग्गा बेच्नुपर्छ कि मृत्युको मुख बाहेक अरु कुरै छैन् । जनमुखी जनतामुखी स्वास्थ्यको कार्यक्रम ल्याउनुपर्ने हो तर ल्याईदैन । नागरिक समाज पछिल्ला दिनमा सरकारका यस्ता क्रियाकलापका कारण त्रसित भएको बताए । अराजकवादी आन्दोलन नेपालमा तराईलाई केन्द्र विन्दु बनाई उठ्यो भने नियन्त्रण बाहिर जान सक्ने आशंकासमेत उनले गरे । वाईडवडी प्रकरणमा जनतालाई तीन–तीन पटक झुठो बोल्ने मन्त्री रवीन्द्र अधिकारले राजीनामा दिनुपर्छ होइन भने प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनको बताए । शान्ति समाज दाङका सभापति शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डले तुलसीपुरमा मानवअधिकार र शान्ति सम्मेलन गर्न आह्वान गरे । नगर प्रमुख पाण्डेले सुशासन र पारदर्शीता आफ्नो प्रमुख अभियान रहेको भन्दै त्यसमा सबै नगरबासीहरुलाई सहयोग गर्न आह्वानसमेत गरे । उनले शान्ति समाजको अभियानमा आफू सधैंभरि सहयोगीको भूमिकामा रहनेसमेत प्रष्ट पारे ।
उक्त अवसरमा नेकपा दाङका नेता टीकाराम खड्का, नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, नेपाली काँग्रेस सल्यानका पूर्व सभापति ध्रुवराज पुरी, मानव अधिकार तथा शान्ति समाजका बरिष्ठ उपसभापति गोविन्द खनाल, केन्द्रीय महासचिव सुशील बस्नेत, बरिष्ठ अधिवक्ता डिल्लीराज धिताल, शान्ति समाजका पूर्व केन्द्रीय उपसभापति मोहन धिताल, नागरिक समाज दाङका सल्लाहकार टीकाराम रेग्मी, नेपाल रेडक्रस सोसाईटी दाङका सभापति नारायण आचार्य, थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य चूर्णबहादुर चौधरी, महिला मानव अधिकार रक्षक सञ्जालका निवर्तमान अध्यक्ष सुष्मा गिरी, तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बिमल रिजाल, तुलसीपुर नगर जेसीजका प्रवक्ता नारायण भट्टराई, अपांग समाज सुधार केन्द्रका अध्यक्ष हुमाकान्त कँडेललगायतले मानवअधिकार र सुशासनका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा विषय प्रवेश शाखाका पूर्व सभापति निर्मल नेपालीले गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य उपसभापति तुलसीराम सुनार र सहजीकरण सचिव निर्मला डिसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here