Saturday, October 11, 2025
Homeमुख्य खबरअत्याधुनिक प्रयोगशाला सञ्चालनमा

अत्याधुनिक प्रयोगशाला सञ्चालनमा

- Advertisement -spot_img

तुलसीपुर, २७ माघ । तुलसीपुर दाङमा भर्खरैमात्र खुलेको अत्याधुनिक प्रयोगशाला सञ्चालनमा आएको छ । शनिबार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी जेनोमेटिक ल्यावरेटोरी प्रालि सञ्चालनमा ल्याईएको जानकारी दिइएको हो । प्रालिका अध्यक्ष सुरज ज्ञवालीको अध्यक्षता एवं सांसद हिराचन्द्र केसीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले स्वास्थ क्षेत्रमा ठूलो उपलब्धि भएको भन्दै अबदेखि ल्यावको कुनैपनि समस्या पश्चिम दाङबासीले भोग्नु नपर्ने बताएका छन् । उनीहरुले तुलसीपुरमै आधुनिक प्रयोगशाला खुलेकोमा सञ्चालकहरुलाई बधाई दिदै हरेक सेवालाई गुणस्तरीय र पारदर्शीताको माध्यमबाट अगाडि बढाउन सुझाव दिएका छन् । कार्यक्रममा विशिष्ट अतिथि डाक्टर विनोद सिंह, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतलगायतले शुभकामना ब्यक्त गरेका थिए ।
प्रयोगशालाबाट विभिन्न रुटिन परीक्षणहरु, सामुदायिक स्वास्थ्य परीक्षण, विशेष अवसरमा निःशुल्क प्रयोगशाला जाँच सेवा, परामर्श सेवालगायतको सेवा दिने एमडि सन्तोष धौलाकोटीले जानकारी दिए । राप्ती अञ्चल अस्पताल परिसर नजिकै रहेको उक्त जिनोमिक डायग्योष्टिक ल्याबोरेटरी प्रालि बुटवलदेखि पश्चिममा सबैभन्दा ठूलो र स्तरीय ल्याव रहको बताइएको छ । उक्त प्रयोगशाला नेपाल सरकारबाट मान्यता प्राप्त रहेको छ । करिव दुई करोडको लगानीमा सुरुभएको प्रयोगशालामा होलबडी चेक अप, थाईराईड, मृगौला, कलेजो, आईरन, कल्चरलगायतका उपचार सेवाहरु उपलव्ध भएको समेत बताइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here