Saturday, October 11, 2025
Homeमुख्य खबरप्रतिष्ठान र कर्मचारीबीच सहमति

प्रतिष्ठान र कर्मचारीबीच सहमति

- Advertisement -spot_img

घोराही, २६ माघ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र आन्दोलनरत साविक उपक्षेत्रीय अस्पताल विकास समितिका कर्मचारीहरुबीच ११ बँुदे सहमति भएको छ । कर्मचारी आन्दोलन निकै लामो बन्दै गएपछि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादवको नेतृत्वमा विबाद समाधानका लागि टोली बिहीबार घोराहीमा आएको थियो । आन्दोलनरत कर्मचारी, प्रतिष्ठान, स्थानीय सरकार, जिल्ला प्रशासन, नागरिक समाज र प्रतिष्ठान सरोकार समितिका पदाधिकारीसँग छलफलपछि राज्यमन्त्री यादव सहितको टोली कर्मचारी र प्रतिष्ठानबीच ११ बुँदे सहमति गराएपछि कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका छन् । साविक राप्ती उपक्षेत्रीय अस्पताल विकास समितिका सबै कर्मचारीहरुलाई प्रतिष्ठानको समानस्तर र तहको पदमा शर्त, बन्देज र सेवा सुविधा लागू हुने गरी प्रतिष्ठानमा समायोजन गर्ने पहिलो बुँदामा सहमति भएको छ ।
त्यसैगरी, प्रतिष्ठानकै ऐन नियम अनुसार करार सम्झौता हुने, हालसम्म भुक्तानी हुन बाँकी तलब भत्ता यथाशिघ्र प्रतिष्ठानले भुक्तानी गर्ने, प्रतिष्ठानको लोक सेवा आयोगबाट स्थायी पदपूर्तिपश्चात् श्रेणीविहीन कर्मचारी बाहेकका अवकाश हुने कर्मचारीले कुनै माग र आन्दोलन गर्न नपाउने सहमति भएको छ । साथै श्रेणीविहीन र ज्यालीदारी कर्मचारीहरुको सेवा अवधि तेस्रो पक्षबाट नल्याएसम्म र ल्याउनुपर्ने देखिए हालकै कर्मचारीहरुलाई राख्ने, प्रतिष्ठानले आगामी असार मसान्तसम्म स्थायी पदपूर्तिको प्रक्रिया अघि बढाउने र हाल कार्यरत कर्मचारीहरुलाई एक महिनाको सूचना दिई प्रतिष्ठानले अवकाश दिने सहमति पत्रका उल्लेख छ ।
त्यसैगरी प्रतिष्ठानले करार तथा ज्यालादारी कर्मचारीलाई आवश्यकता अनुसार काममा खटाउने, सेवाबाट बर्खास्तमा परेका हिमराज गौतमलाई हाल तीन महिना र ठगुराम भण्डारीलाई एक महिनाको करार म्याद थप गर्ने र ज्यालादारी कर्मचारीको हकमा मासिक ज्यालादारीको सम्झौता गर्ने सहमति भएको छ । प्रतिष्ठान र कर्मचारीहरु बीच सहमति भएपछि शुक्रबारदेखि कर्मचारी काममा फर्किएका छन् । तर गएको पुस मसान्तमा करार सम्झौता सकिएका नेपाल सरकारका विभिन्न तहका २४ कर्मचारीहरुको माग भने केन्द्रबाट सम्बोधन हुने भएकाले कुनै सहमति भएको छैन् । सहमति पत्रमा प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारी, आन्दोलनरत कर्मचारीहरुका तर्फबाट संघर्ष समितिका संयोजक हिमलाल गौतम, रोहवरमा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र कानून मन्त्रालयका उपसचिव विनोदकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । प्रतिष्ठानमा साविक उपक्षेत्रीय अस्पताल विकास समितिका ६२ बढी कर्मचारीहरुले पेशागत सुरक्षा र तलब भत्ताको माग गर्दै पुस ३० गतेदेखि काम रोकेर आन्दोलनमा उत्रिदा उपचार सेवा प्रभावित भएको थियो । कर्मचारीको आन्दोलन लम्बिदै जाँदा उपचार सेवा अवरुद्ध भएपछि राज्यमन्त्री यादवको नेतृत्वमा विशिष्ट श्रेणीका प्रमुख विशेषज्ञ डा. सुशील प्याकुरेल, सहसचिव मधुसूदन बुर्लाकोटी र कानून मन्त्रालयका उपसचिव विनोदकुमार भट्टराई दाङ आएका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here