Saturday, October 11, 2025
Homeराजनीतिनेतृत्व सबैलाई समेट्ने खालकोः खड्का

नेतृत्व सबैलाई समेट्ने खालकोः खड्का

- Advertisement -spot_img

देउखुरी, २५ माघ । अबको नेतृत्व सबैलाई समेटेर लैजान सक्ने, सबै कार्यकर्तालाई बराबर देख्ने क्षमता भएको हुनुपर्ने नेपाली काँग्रेस दाङ जिल्ला सभापति कीर्ति बहादुर खड्काले बताएका छन् । नेपाली काँग्रेसको भातृ संगठन नेपाल दलित संघ क्षेत्र नं.१ ले बिहीबार लमहीमा आयोजना गरेको एकदिने क्षमता अभिवृद्घि तथा नेतृत्व विकास तालिममा सभापति खड्काले यस्तो बताएका हुन् । दलित संघका क्षेत्रीय सभापति प्रवल रसाइलीको सभापतित्व एवं नेपाली काँग्रेस दाङका जिल्ला सभापति कीर्ति बहादुर खड्काको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन भएको हो । तालिमको उद्घाटन गर्दै काँग्रेस जिल्ला सभापति खड्काले संगठनमा भएका कमीकमजोरीलाई खुलेर राख्न र समाधानको उपाय खोजिनुपर्ने बताए । तालिममा उपस्थित भएर मात्र नहुने भन्दै सभापति खड्काले तालिममा आफूले सिकेका कुराहरुले समाजमा परिवर्तनको भूमिका खेल्नु नै महत्वपूर्ण भएको बताए ।
त्यस्तै महासमिति सदस्य जानकी लाल बस्नेतले अब काँग्रेस एक भएर मजबुत हुनुपर्ने भन्दै अब पनि हामी नसच्चिए अझै काँग्रेस पछि पर्ने बताए । अझै पनि नेपाली काँग्रेस संगठनात्मक हिसावले कमजोर भएको भन्दै पार्टीका सबै भातृ संगठन, शुभेच्छुक संस्थाहरु चलाएमान बनाउन आवश्यक रहेको बस्नेतल बताए । बिहीबार लमहीमा सम्पन्न भएको एकदिने क्षमता अभिवृद्घि तथा नेतृत्व विकास तालिममा महासमिति प्रतिनिधि तारा प्रसाद नेपाली, जिल्ला सदस्य कुमार घिमिरे, गिरिजादेवी न्यौपाने, कर्ण बहादुर बुढाथोकी, नेपाल दलित संघ जिल्ला अध्यक्ष बाबुराम विक, नेपाल दलित संघ क्षेत्र नं. ३ का सभापति शरद विक, क्षेत्र नं. १ का सभापति भेषराज पाण्डे, वडा सदस्य कमला परियारलगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । सपना विकको स्वागत मन्तब्यबाट शुरु भएको तालिमको सञ्चालन पत्रकार प्रिया स्मृती गजमेरले गरेका थिए । तालिममा २० जनाको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा बम बहादुर डिसी र यज्ञ नारायण आचार्य रहेका थिए

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here